मूल्य बढे पनि करोड पर्ने एसयूभीकै सरह फिचर भएको एमजी आईएम६

काठमाडौं – एमजीको प्रिमियम ब्रान्ड आईएमको नेपाली बजारमा उपलब्ध लक्जरी ईभी एसयूभी एमजी आईएम६ को मूल्य अब ८१ लाख ९९ हजार रुपैयाँ पुगेको छ । यो भन्दा पहिले उक्त एसयूभीको मूल्य ७८ लाख ९९ हजार रुपैयाँ थियो । यस अनुसार सो एसयूभीको मूल्यमा ३ लाख रुपैयाँ वृद्धि भएको हो ।

नेपाल सरकारले हालै सार्वजनिक गरेको नयाँ बजेट अनुसार विद्युतीय कारमा सीआईएफ अर्थात कस्ट, इन्स्योरेन्स र फ्रेड चार्ज अनुसारको मूल्यमा कर लगाउने निर्णय गरेसँगै लक्जरी ईभीको मूल्यमा वृद्धि हुने भएको हो । यस अनुसार एमजी आईएम६ को मूल्य पनि बढेको नेपालका लागि एमजीको आधिकारिक वितरक पारामाउन्ट मोटर्सको भनाइ छ ।

गत वर्षको साउन महिनामा नेपालकै पहिलो इन्टेलिजेन्ट प्रिमियम इलेक्ट्रिक अर्बन एसयूभीको रुपमा एमजी आईएम६ सार्वजनिक गरेको थियो । त्यो समयमा यसको प्रारम्भिक मूल्य ७४ लाख ९९ हजार रुपैयाँ थियो ।

हाल यसको मूल्य बढेर ८१ लाख ९९ हजार पुगे पनि यसमा पाइने विशेषता र यही सेगमेन्टका अन्य इलेक्ट्रिक एसयूभीको मूल्य हेर्दा कम मूल्यमै लक्जरी स्टाइल र फिचर उपलब्ध हुने एसयूभीको रुपमा यसलाई पाउन सकिन्छ । अन्य एसयूभीको मूल्य करोड हाराहारी हुँदा एमजी आईएम६ को मूल्य भने यति मात्र छ ।

यसमा भएको ७५ किलोवाट आवरको एलएफपी ब्याट्री रहेको छ, जसले सिंगल चार्जमा एनईडीसी अनुसार ५०५ किलोमिटर र डब्लुएलटीपी अनुसार ४५० किलोमिटर रेन्ज दिन्छ ।

यो गाडीको उच्चतम गति २०० किलोमिटर प्रतिघण्टा छ । यसमा १०९ किलोवाटको हेरिकेन मोटर रहेको छ । यसको टर्क ४५० एनएम छ ।

एमजी आईएम६ मा आईएम डिजिटल च्यासिस रहेको छ । यो उद्योगकै अग्रणी कम्पोनेन्टहरूद्वारा निर्मित छ । यसको भीएमसी अर्थात भेइकल मोसन कन्ट्रोल प्रणालीले सवारीलाई समयानुकूल बनाउँछ।

त्यसैगरी यसमा फ्युचरिस्टिक एआई क्याबिन रहेको छ । उच्च स्तरीय हार्डवेयर, रेनी नाइट मोड र वान–टच आईएडी जस्ता बुद्धिमान सुविधाहरूले सुसज्जित, यो क्याबिन स्मार्ट, थप सहज ड्राइभको लागि परिवर्तनशील अवस्थाहरूमा निर्बाध रूपमा चलाउन अनुकूल छ ।

यसमा भएको एड्भान्स्ड इलेक्ट्रिफिकेसन अर्को विशेषता हो । ४०० भोल्ट प्लेटफर्ममा आधारित आईएम ६ ले उच्च प्रदर्शन, उच्च–स्तरीय हार्डवेयर र रेनी नाइट मोड र वान टच क्ष्ब्म् जस्ता इन्टेलिजेन्ट विशेषताहरुले सुरक्षित यात्रा सुनिश्चित गर्छ ।

सबमरिनबाट प्रेरित संरचना, उच्च शक्ति सामग्री र बौद्धिक सुरक्षात्मक प्रणालीहरू प्रयोग गरी यात्रुहरूको सुरक्षालाई उच्च प्राथमिकतामा राखिएको छ ।

यसमा पिरेली न्यु स्कोर्पियो टायर सहितको २० इन्च एयरोडाइनामिक ह्विल्सका साथै अल्ट्रा–सफ्ट सिन्थेटिक लेदर सिट, भेन्टिलेटेड वायरलेस चार्जिङ प्याड, नी नाइट मोड लगायतका फिचर रहेका छन् ।

यसमा भएको रेनी नाइट मोडले ए–पिलर र पछाडिको भाग वरिपरि ब्लाइन्ड स्पटहरू देखाउन बाह्य क्यामेराहरू प्रयोग गरेर भिजिबिलिटी बढाउँछ।

आईएम६ मा एडेप्टिभ क्रुज कन्ट्रोल, अटोमेटिक इमर्जेन्सी ब्रेकिङ, लेन चेन्ज असिस्ट, ब्लाइन्ड स्पट डिटेक्सन, फर्वार्ड कोलिजन वार्निङ, लेन डिपार्चर वार्निङ र अन्य बौद्धिक सुरक्षा प्रणालीहरू रहेका छन् । यी प्रणालीहरूले वातावरणमैत्री प्रविधिका साथ सुरक्षित, थप आत्मविश्वासी ड्राइभ सुनिश्चित गर्ने बताइएको छ ।

यसमा भएको आईस्मार्ट एपको साथ स्मार्ट कन्ट्रोल गर्न सकिन्छ । गाडी बाहिरबाटै सो एपले जुनसुकै बेला, जहाँसुकै पनि आफ्नो आईएम६ सँग कनेक्टेड राक्छ । गर्मी मौसममा क्याबिनलाई प्रि–कुलिङ गर्नेदेखि जाडोमा सिट तताउनेसम्म, ब्याट्रीको स्तर जाँच गर्नेदेखि भीडभाड भएको ठाउँमा कार पत्ता लगाउनेसम्म सबै यही एपबाट गर्न सकिन्छ ।

सम्बन्धित समाचारहरू

बीएमडब्ल्युले टीभीएससँगको सहकार्यमा इलेक्ट्रिक बाइक लन्च गर्ने

बीएमडब्ल्युले टीभीएससँगको सहकार्यमा इलेक्ट्रिक बाइक लन्च गर्ने

बीएमडब्ल्युले टीभीएससँगको सहकार्यमा इलेक्ट्रिक बाइक निर्माण गर्ने योजना...

एनआईयू इलेक्ट्रिक स्कुटरका लागि बैंकले सस्तो दरमा लोन दिने

एनआईयू इलेक्ट्रिक स्कुटरका लागि बैंकले सस्तो दरमा लोन दिने

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक र एनआईयू इलेक्ट्रिक स्कुटरको नेपालका लागि...

इलेक्ट्रिक कारमा प्रयोग हुने ३ उत्कृष्ट मोटर, कुनको विशेषता के ?

इलेक्ट्रिक कारमा प्रयोग हुने ३ उत्कृष्ट मोटर, कुनको विशेषता के ?

इलेक्ट्रिक कारमा प्रयोग हुने ब्याट्रीले इन्धन र मोटरले इन्जिनको काम गर्ने...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...