काठमाडौंको सोरुम आइपुग्यो एमजी एचएस एसयूभी

काठमाडौं – लामो समय यता नेपाली बजारमा आउने चर्चा भए पनि हालै मात्र एमजीको एसयूभी एचएस नेपाल आइपुगेको छ । एमजीको सोरुममा सो एसयूभी हालै आइपुगेको हो । नेपालका लागि एमजीको आधिकारिक वितरक पारामाउन्ट मोटर्सले सो एसयूभी नेपाली बजारमा ल्याएको हो । यद्यपि कम्पनीले औपचारिक रुपमा सो एसयूभी सार्वजनिक गर्न भने बाँकी नै छ । अल न्यु स्टाइलिस एसयूभीको रुपमा बजारमा आउन लागेको एमजी एचएस निकै सुरक्षित एसयूभी हुने छ । विशेषत सुरक्षाको लागि आवश्यक सबै मापदण्ड पुरा गरेको एचएसमा अगाडि ड्युअल र साइड कटन एयरव्याग दिइएको छ । कारलाई चालकमैत्री बनाउन लेड डिपार्चर वार्निङ सिस्टम, ब्लाइन्ड स्पट डिटेक्सन, ३६० डिग्री क्यामेरा, अटो होल्ड, इलेक्ट्रिक पार्किङ ब्रेक, अगाडि र पछाडि चारै चक्कामा डिस्क ब्रेक, एन्टी ट्रायाप सहितको पानारोमिक सनरुफ, ६ तरिकाबाट आफू अनुकूल बनाउन सकिने ड्राइभिङ सिट, ४ तरिकाले मिलाउन मिल्ने यात्रु सिट, अगाडिका दुबै सिट तातो बनाउन मिल्ने, अटोमेटिक फोल्ड हुने र चिसोमा तातो बनाउन मिल्ने आउट साइड रियर भ्यु मिरर जस्ता फिचर यसमा उपलब्ध रहेका छन् । साथै, १०.१ इन्चको इन्फोटेनमेन्ट सिस्टम यसमा रहेको छ । जसमा एप्पल कारप्ले र एन्ड्रोइड अटो सपोर्ट हुन्छ । यसमा रहेको १८ इन्चको अलोय ह्विल र पूर्णत लेदर सिटले गाडीको इन्टेरियर र एक्सटेरियर दुबैलाई प्रिमियम बनाएको छ । एमजी एचएसमा १.५ लिटर टर्बो इन्जिन उपलब्ध रहेको छ । उक्त इन्जिनले अधिकतम ५६०० आरपीएममा १५२ पीएस पावर र १७०० देखि ४४०० आरपीएममा २५० एनएमपिक टर्क प्रदान गर्छ । यसमा ७ स्पिड डिसिटी गियरबक्स उपलब्ध रहेको छ । यसलाई नेपाल ल्याएको अवसर पारेर केही समयको लागि कम्पनीले ७९ लाख ९९ हजार रुपैयाँ मूल्य तोकेर विक्री सुरु गर्न लागेको हो । विभिन्न तीन कलर भेरिएन्टमा सो गाडी उपलब्ध हुने बताइएको छ । जसमा कालो, सेतो र रातो कलर भेरिएन्ट रहेका छन् । नेपाली बजारका लागि पारामाउन्ट मोटर्सले गत माघ अन्तिम साता देखि नै यसको बुकिङ खुल्ला गरेको थियो ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...