एमजी एस्टरलाई नेपाल ल्याउँदै पारामाउन्ट मोटर्स, यस्ता छन् फिचर, पावर र पर्फमेन्स
आयात प्रतिवन्धका कारण नेपाल आउन रोकिएको एमजी एस्टर अव छिट्टै आउने भएको छ ।...
काठमाडौं – मोरिस ग्यारेज (एमजी) को आधिकारिक वितरक पारामाउन्ट मोटर्सले नेपाली बजारमा बहुप्रतीक्षित हेक्टर एसयूभ सार्वजनिक गरेको छ । कम्पनीको नक्सालस्थित सोरुममा एक कार्यक्रमका बीच गाडी र यसको मूल्य सार्वजनिक गरिनुका साथै गाडी डेलिभरी समेत गरिएको छ ।
१.५ लिटरको टर्बोचार्ज्ड इन्टरकुल इन्जिनयुक्त हेक्टर एमटी र सीभीटी दुवै भेरिएन्टमा उपलब्ध छ । यसमा रहेको १.५ लिटर टर्बो पेट्रोल इन्जिनले १४३ एचपीको पावर र २५० एनएमको टर्क जेनेरेट गर्छ । इन्जिनमा ६ स्पिड म्यानुअल गियरबक्स स्ट्यान्डर्ड समावेश गरिएको छ ।
हेक्टर साइन एमटीको मूल्य ५९ लाख ९९ हजार, स्मार्ट एमटीको मूल्य ६७ लाख ९९ हजार र सार्प एमटीको मूल्य ७३ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । त्यसैगरी हेक्टर साइन सीभीटीको मूल्य ६४ लाख ९९ हजार, स्मार्ट सीभीटीको मूल्य ६७ लाख ६० हजार र सार्प सीभीटीको मूल्य ७८ लाख २५ हजार रुपैयाँ तोकिएको छ ।
फरक शैली र कार्यका लागि हेक्टर भारतमा निकै नै रुचाइएको एसयूभी हो । यसमा एसयूभी क्याटागोरीमै पहिलो पटक बोल्ड फ्रन्ट क्रोम ग्रिल, प्रोजेक्टर हेडल्याम्प, स्टाइलिस आर १७ सिल्भर एलोइज, इलेक्ट्रिक सनरुफ, पुस बटन स्टार्ट, इलेक्ट्रिक पार्किङ ब्रेक, २६.४ सेमीको एचडी टचस्क्रिन सिस्टम र अन्य धेरै विशेषता छन् ।
त्यसैगरी एमजी हेक्टर एसयूभीमा ड्युअल फ्रन्ट एयरब्याग्स, ईबीडीको साथमा एबीएस, ईएसपी, ट्रयाक्सन कन्ट्रोल, रियर पार्किङ सेन्सर र चारै ह्विलमा डिस्क ब्रेक जस्ता फिचर रहेको छ ।
नेपाली बजारमा एमजी हेक्टर एसयूभीले एउटा नयाँ बेन्चमार्क कायम गर्ने र एसयूभी पारखीको ध्यान खिच्ने विश्वास लिएको कम्पनीको भनाइ छ ।
आयात प्रतिवन्धका कारण नेपाल आउन रोकिएको एमजी एस्टर अव छिट्टै आउने भएको छ ।...
प्रतिष्ठित चाइनिज ब्रान्ड बीवाईडीको नयाँ इलेक्ट्रिक कार एट्टो३ भारतमा आज...
एमजी गाडीको नेपालका लागी आधिकारिक वितरक पारामाउन्ट मोटर्सले देशका ८...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...