गाडीको ब्याट्री वा अन्य आन्तरिक कारणले एट्टो ३ मा आगलागी नभएको बीवाईडी नेपालको स्पष्टोक्ति
काठमाडौं – बीवाईडीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंकले केही समय...
चीनको साङघाई अटो शोमा एमजीले सार्वजनिक गरेकाे नयाँ इलेक्ट्रिक एसयूभी ‘साइबर एक्स’ अहिले चर्चामा छ ।
यसको बक्सी बडी डिजाइन, म्याट ब्ल्याक एक्सटेरियर र प्रयोगमा हुँदा बाहिर निस्कने र नचल्दा गाडी भित्रै हुने पप-अप हेडलाइटले यसलाई अन्य एसयूभी भन्दा फरक देखाएको छ ।
यो कम्पनीको ‘साइबर’ श्रृंखलाको दोस्रो मोडल हो, जसको पहिलो मोडेल ‘साइबरस्टर’ नोभेम्बर २०२३ मा लन्च भएको थियो ।
गाडीमा स्मोक्ड ब्ल्याक ए र बी पिलरहरू छन्, जसले साइडबाट हेर्दा गाडीको छानो तैरिएको जस्तो देखिन्छ । यसमा सिल्भर र ब्ल्याक टु-टोन फाइभ-स्पोक ह्विल छन् । गाडीको इन्टेरियर र कनेक्टिभिटी फिचरहरू स्मार्टफोन निर्माता ओप्पोको सहकार्यमा तयार पारिएको हो ।
यो एसयूभी एसएआइसीको नयाँ मोडुलर इलेक्ट्रिक प्लेट फर्म ई३ आर्किटेक्चरमा बनेको हो । यो लाइफ स्टाइल एसयूभी सेल टु बडी डिजाइनमा बनेकोले गाडीको तौल कम भई इफिसियन्सी बढाउँछ ।
यसको फ्रन्ट र रियरमा दिएको कनेक्टेड एलईडी लाइट बारले यो एसयूभीलाई मोर्डन लुक्स दिएको छ ।
साइबर एक्सको अन्य प्राविधिक विवरण वा मूल्य सार्वजनिक गरिएको छैन, तर सन् २०२५ मा यसको लन्च हुने बताइएको छ ।
साइबर एक्स नेपाली बजारमा पनि आउने छ । नेपालका लागि एमजीको आधिकारिक बिक्रेता पारामोन्ट मोटर्सले साइबर एक्स सन् २०२५ भित्रै नेपाल ल्याउने सम्भावना छ ।
काठमाडौं – बीवाईडीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंकले केही समय...
नेपाली बजारमा निकै लोकप्रिय बनेको ईभी ब्रान्ड दिपललाई पोखरामा हिमयल...
काठमाडौं – नेपालका लागि दिपलको आधिकारिक वितरक एमएडब्लू वृद्धिले आफ्नो सफल...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...