बुधबार लन्च हुँदै एमजीको कोमेट इलेक्ट्रिक कार

एमजी मोटरले आफ्नो सानो इलेक्ट्रिक कार कोमेट ईभी पेश गरेको छ । यो हाल सबैभन्दा सानो इलेक्ट्रिक कार हो । एमजी कोमेट भारतीय बजारमा २६ अप्रिलमा लन्च हुनेछ र सोही दिनदेखि बुकिङ सुरु हुने अनुमान गरिएको छ ।

सो ईभीको मूल्य मे २०२३ मा घोषणा गरिने छ । यसको उत्पादन सुरु भइसकेको छ र आउँदो महिनादेखि नै डेलिभरी सुरु हुनेछ । यसमा १७.३ केडब्ल्युएच क्षमताको ब्याट्री दिइएको छ, जसले ४२ एचपीको पावर र ११० एनएमको टर्क जेनेरेट गर्छ । यसको ब्याट्री १० देखि ८० प्रतिशत चार्ज गर्न ७ घण्टा लाग्छ ।

सो कारले सिंगल चार्जमा २३० किलोमिटरको रेन्ज प्रदान गर्नेछ । यसमा ब्रेकिङको लागि फ्रन्टमा डिस्क र रियरमा ड्रम छ । सस्पेन्सनको लागि फ्रन्टको भागमा म्याकफर्सन स्ट्रट र रियरमा मल्टि–लिंकिङ क्वाइल सस्पेन्सन रहेको छ ।

एमजी कोमेट ईभी जीएसईभी प्लेटफर्ममा तयार पारिएको हो । यसमा सानो फ्रन्ट ग्रिल, ठूलो एलईडी स्ट्रिप, पातलो हेडलाइट दिइएको छ । साथै ठूला ढोका, स्पोर्टी अलोय ह्विल र फ्ल्याट राखिएको छ ।

फिचरको लागि यसमा २ वटा १०.२५ इन्च स्क्रिन दिइएको छ जसमा टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम र डिजिटल क्लस्टर रहेको छ । सो इलेक्ट्रिक कार ४ रङमा उपलब्ध छ ।

सम्बन्धित समाचारहरू

एक मिटर चौडाई भएको सानो सिटी इलेक्ट्रिक कार आउँदै

एक मिटर चौडाई भएको सानो सिटी इलेक्ट्रिक कार आउँदै

सवारीसाधनको खपत वढेसंगै सडकदेखी पार्किङ स्थलसम्मै यस्ता साधनको...

नासा नेपालद्वारा चितवनमा ईभीसम्बन्धी एक दिने ओरिन्टेसन कार्यक्रम सञ्चालन

नासा नेपालद्वारा चितवनमा ईभीसम्बन्धी एक दिने ओरिन्टेसन कार्यक्रम सञ्चालन

काठमाडौं – नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा नेपाल)ले चितवनका...

ओमोडा मेगा मनसुन अपग्रेड सुरु : १ वर्षका लागि ब्याज नलाग्ने

ओमोडा मेगा मनसुन अपग्रेड सुरु : १ वर्षका लागि ब्याज नलाग्ने

काठमाडौँ – ओमोडा एन्ड जेइकोको लागि नेपालमा आधिकारिक वितरक, एसपीजी...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...