देशका १९ स्थानमा एमजीको चार्जिङ स्टेशन, यी स्थानमा हुँदैछन् थप विस्तार

काठमाडौं– सडकमा एमजी ब्रान्डका इलेक्ट्रिक कारको उपस्थिती बढेसंगै नेपालमा यसको आधिकारिक वितरक पारामाउन्ट मोटर्सले चार्जिङ पूर्बाधारको विस्तारमा जोड दिँदै लगेको छ । कम्पनीले हाल नेपालभर एसि र डिसी गरेर १९ वटा चार्जिङ स्टेसन संचालनमा ल्याएको छ । यो वर्षको अन्त्य सम्ममा कम्पनीले यस्तो पूर्बाधारलाई बढाएर ५० सम्म पु¥याउने लक्ष्य राखेको छ ।

आफ्ना सेवाग्राहीहरुको सहज यात्राको लागि देशका मुख्य स्थानहरु मुलकोट, चितवन, कुरिनटार, बुटवल र ढल्केबरमा डिसि चार्जिङ स्टेशनहरु स्थापना गरेको कम्पनीले जनाएको छ । यी स्टेशनबाट गाडीको ब्याट्रीलाई आधा घण्टामै ८०% सम्म चार्ज गर्न सकिने हुँदा एमजी गाडीमा यात्रा गर्न ग्राहकलाई सहज बन्दै गएको उसको भनाई छ ।

कम्पनीले एमजीको नयाँ सर्भिस सेन्टर कुसुन्ती तथा इटहरी, बिर्तामोड, बर्दिबास, वीरगन्ज, पोखरा, हेटौँडा, नौबिसे, नेपालगन्ज, धनगढी, गाईघाट र दाङको लमहीमा पनि चाँडै डिसि चार्जिङ स्टेसन स्थापना गर्न लागिएको जनकारी दिएको छ ।

एसी चार्जिङ स्टेशनको कुरा गर्नुपर्दा कम्पनीले काठमाडौं, विर्तामोड, विराटनगर, चितवन, बर्दिबास, सिन्धुली, पोखरा, कुरिनटार, मुलकोट, बुटवल, वीरगन्ज, इटहरी, जनकपुर र ढल्केबरबाट सेवा दिँदै आएको छ ।

सम्बन्धित समाचारहरू

बीएमडब्ल्युको इलेक्ट्रिक कार आईएक्स ३ भोलि नेपाली बजारमा सार्वजनिक हुँदै

बीएमडब्ल्युको इलेक्ट्रिक कार आईएक्स ३ भोलि नेपाली बजारमा सार्वजनिक हुँदै

काठमाडौं – बीएमडब्ल्युको इलेक्ट्रिक कार पहिलो पटक नेपाली बजारमा भित्रिने...

सन्दर्भ विश्व श्रमिक दिवस : विद्युतीय सवारीका कारण लाखौ मेकानिक्स बन्दै छन् कामविहीन

सन्दर्भ विश्व श्रमिक दिवस : विद्युतीय सवारीका कारण लाखौ मेकानिक्स बन्दै छन् कामविहीन

विश्व अटो उद्योगको भविष्य विद्युतीय सवारीमा छ। अमेरिकी राष्ट्रपति जो...

ह्विलवेस के हो ? यसको फाइदा र वेफाइदा के के छन् ?

ह्विलवेस के हो ? यसको फाइदा र वेफाइदा के के छन् ?

कारमा ह्विलवेस निकै महत्वपूर्ण छ । कार भित्र आरामसँग बस्न सकिन्छ कि सकिदैन...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...