प्रिमियम कार सहित ५ नयाँ मोडल ल्याउँदै एमजी मोटर इन्डिया
एमजी मोटर इन्डियाले २०२५ को अन्त्यसम्ममा ५ नयाँ मोडल लन्च गर्ने घोषणा...
काठमाडौं– एमजि गाडीको नेपालका लागि आधिकारिक वितरक पारामाउन्ट मोटर्सले पारामाउन्ट चार्जिङ सोलुसन एप सार्वजनिक गरेको छ । एपले एमजिको विद्युतीय गाडी चलाउने नेपाली ग्राहकका लागि सुविधाजनक र प्रभावकारी चार्जिङ समाधान प्रदान गर्ने कम्पनीले जनाएको छ ।
एप स्टोर र प्ले स्टोर दुवैमा निःशुल्क रूपमा उपलब्ध उक्त एप डाउनलोड गरेर ग्राहकले सजिलैसँग आफ्नो विवरणहरू भरेर साइन अप प्रोसेस पूरा गर्न सक्नेछन् । चार्जिङ शुल्कलाई खल्ती एपमार्फत मात्र भुक्तानी गर्न मिल्ने ब्यवस्था मिलाइएको छ ।
कम्पनीका अनुसार पारामाउन्ट चार्जिङ सोलुसन एपले देशभर रहेका ३० किलोवाट डिसी चार्जिङ स्टेसनका लाईभ अपडेटको साथै चार्जिङ भुक्तानीमा सहजता पु-याउने छ । एपले ३० किलोवाट चार्जर मात्र सपोर्ट गर्ने भएकोले एमजी जेडएस इभी र एमजी–४ इभीका ग्राहकलाई विशेष फाइदा गर्नेछ । हालसम्म देशभरमा एमजीका ११ वटा चार्जिङ स्टेसन छन् भने यो संख्या बढाउँदै जाने कम्पनीले जानकारी दिएको छ ।
साथै एप अन्तर्गतको आर.एफ.आइ.डी कार्ड मार्फत ग्राहकहरूले देशभरिका कुनैपनि एमजिका ३० किलोवाट चार्जिङ स्टेसनमा आफ्नो सवारी साधन चार्ज गर्न सक्नेछन् । ग्राहकहरूले आर.एफ.आइ.डी कार्ड कम्पनिबाट लिनको लागि भ्याट सहित ५०० रुपैयाँ वार्षिक सदस्यता शुल्क तिर्नुपर्नेछ ।
उक्त शुल्क चार्जिङ मसिनहरु र स्टेसनहरूको मर्मतमा खर्च गरिने र प्रभावकारिता र दक्षता बढाउने कम्पनीले जनाएको छ । साथै यो एपले २४ घन्टा चार्जिङ सोलुसनहरु उपलब्ध गराइ ग्राहकहरुको चार्जिङ सम्बन्धी समस्यालाई सम्बोधन गर्नेछ । एमजीआर.एफ.आइ.डी कार्ड रिक्वेस्ट गर्न ग्राहकहरुले अनलाइन र अफलाइन दुवै तरिकाले फारम भर्न सक्ने बताइएको छ ।
आर।एफ।आइ।डी फारम भर्दा ग्राहकहरुले आफ्नो सुविधा अनुसार कार्ड डेलिभरीका लागि नजिकैको शोरूम रोज्न सक्नेछन् । नेपालमा हाल एमजिको २१ वटा शोरूमहरु रहेका छन् । पारामाउन्ट मोटर्सले नेपाल विद्युत प्राधिकरणले तोकेको दरमा प्रति युनिट दरमा थप २० प्रतिशत शुल्क लागू गर्नेछ । प्रति युनिट शुल्क पिक र अफ–पिक आवरमा फरक हुनसक्ने कम्पनीले जनाएको छ ।
एमजी मोटर इन्डियाले २०२५ को अन्त्यसम्ममा ५ नयाँ मोडल लन्च गर्ने घोषणा...
एमजी मोटर्सले भारतीय बजारका लागि सस्तो इलेक्ट्रिक कार ई२३० सार्वजनिक...
काठमाडौं – नेपाल भित्रिने तयारीमा रहेको एमजीको नयाँ एसयूभी एस्टरको मूल्य...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...