एमजी एस्टरलाई नेपाल ल्याउँदै पारामाउन्ट मोटर्स, यस्ता छन् फिचर, पावर र पर्फमेन्स

आयात प्रतिवन्धका कारण नेपाल आउन रोकिएको एमजी एस्टर अव छिट्टै आउने भएको छ । नेपालका लागी आधिकारिक विक्रेता पारामाउन्ट मोटर्सले एस्टरलाई नेपाल ल्याउन तयारी थालेको हो । यो नयाँ एसयूभी अवको केही समयपछि नेपाल आउने कम्पनी स्रोतले नेपाल अटोलाई वताएको छ ।

आधुनिक डिजाइनमा तयार पारिएको एस्टर हाई–टेक फिचरका कारण लोकिप्रय वनिरहेको छ । यो एसयूभीमा एमजीले आर्टिफिसियल इन्टेलिजेन्स र स्मार्ट कनेक्टिभिटी फिचर दिएको छ । १.५ लिटर पेट्रोल इन्जिन जडित एस्टको पावर ११० पिएस र टर्क १४४ एनएम छ । यसमा ५ स्पिड म्यानुल र सीभीटी ट्रान्समिसनको विकल्प पाउन सकिन्छ । एस्टरलाई १६५ किलोमिटर प्रतिघन्टाको उच्च गतीमा हाँक्न सकिने कम्पनीको दावी छ । साथै यसको ग्राउन्ड क्लिरियन्स २०५ एमएम रहेको छ ।

फिचरको कुरा गर्नुपर्दा यसमा एलइडी डिआरएल सहितको एलइडी हेडल्याम्प, एलइडी टेल ल्याम्प, निकै नै आकर्षक र वोल्ड लुक्स भएको ग्रिल, १७.८ सेन्टिमिटरको एलसीडी क्लस्टर, २५.७ सेन्टिमिटरको एचडी टचस्क्रिन इन्फोटेन्मेन्ट सिस्टम, पानारोमिक सनरुफ र अटोमेटिक एसी लगायत पाउन सकिन्छ ।

क्र्यास टेष्टमा ५ स्टार रेटिङ पाएको एस्टर सुरक्षाको मामलमा समेत निकै मजवुत रहेको छ । सेफ्टि फिचर अन्तर्गत यसमा ६ वटा एयरव्याग, एविएस, इविडी, व्रेक एसिस्ट, हिल कन्ट्रोल, ट्रयाक्सन कन्ट्रोल, १४ प्रकारका अटोनोमस फिचर सामेल अटोनोमस ड्राइभिङ लेभल २ र ३६० डिग्री क्यामेरा दिइएको छ ।

एस्टरको प्रतिस्पर्धी मोडलका रुपमा हुन्डाई क्रेटा, कीया सेल्टोस, फक्सवागन टाइगुन र स्कोडा कुसाक रहेका छन् । भारतमा यो स्टाइल, सुपर, स्मार्ट र सार्प गरी कुल ४ भेरिएन्टमा बिक्री हुँदै आइरहेको छ । नेपाल आउँदा यसको मूल्य ५० देखी ७० लाख रुपैयाँसम्म पर्ने अनुमान गरिएको छ ।

सम्बन्धित समाचारहरू

एमजीले ल्यायो १३.५ मिटर लामो लक्जरी इन्टरसिटी कोच, के छ विशेषता ?

एमजीले ल्यायो १३.५ मिटर लामो लक्जरी इन्टरसिटी कोच, के छ विशेषता ?

बस र कोच निर्माता एमजी समूहले आफ्नो नयाँ टिग्रा प्रिमियम इन्टरसिटी कोच...

लन्च भयाे एमजी एस५, मूल्य ४३ लाख ९९ हजार

लन्च भयाे एमजी एस५, मूल्य ४३ लाख ९९ हजार

काठमाडाैं – एमजीको बहुप्रतिक्षित विद्युतीय एसयूभी एस५ नेपाली बजारमा...

‘कस्टमर सेल्स स्याटिस्फेक्सन इन्डेक्स’मा एमजीले पछि पार्यो टोयोटा र हुन्डाइलाई

‘कस्टमर सेल्स स्याटिस्फेक्सन इन्डेक्स’मा एमजीले पछि पार्यो टोयोटा र हुन्डाइलाई

जेडी पावरले भारतामा अघिल्लो बर्षका लागी गरेको ‘कस्टमर सेल्स...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...