यस्तो छ नेपालमा बिक्री शुरु हुन लागेको इलेक्ट्रिक क्रसओभर एमजी–४ (मूल्य र फिचर सहित)

एमजी मोटर्सको नेपालका लागि आधिकारिक वितरक पारामाउन्ट मोटर्सले अर्को नयाँ इलेक्ट्रिक कार बिक्री शुरु गर्न लागेको छ । सो ब्रान्डको चर्चित क्रसओभर एमजी–४ अहिले नेपाल आउने क्रममा रहेको र अवको केहीदिन पछि सोरुममा उपलब्ध हुने कम्पनी स्रोतले बताएको छ । पारमामाउन्टले हाल एमजी जेडएस ईभी बिक्री गर्दै आएको छ ।

एमजी–४ ५१ र ६४ किलोवाट आवर ब्याट्री प्याकमा नेपाल आउन लागेको हो । जसमध्ये ५१ किलोवाटको ४८ लाख र ६४ किलोवाटको ५६ लाख रुपैयाँ निर्धारण हुनसक्ने कम्पनी स्रोतको भनाई छ । यी कारको रेन्ज क्रमशः ३५० र ४५२ किलोमिटर दावी गरिएको छ । दुवै भेरिएन्टमा ९९ किलोवाट क्षमताको मोटर जडान गरिएको छ । २५० किलोवाट सम्मको डीसी चार्जर सपोर्ट गर्नसक्ने यसको टर्क २५० एनएम रहेको छ ।

सो इलेक्ट्रिक क्रसओभरको वाहिरी लुक्स निकै नै आकर्षक र स्पोर्टी रहेको छ । यसमा दिइएको डुअल–विंग स्पोइलर र फुल–वाइड एलइडी टेल ल्याम्पको साथै एङ्गुलर हेड ल्याम्प र डुअल टोन बम्परको साथमा स्लोपीङ बोनेटले कारको वाहिरी लुक्समा निखार दिएको छ ।

एमजी–४ को ड्यासवोर्ड स्लिक रहेको छ, जहाँ दुईवटा फ्लोटिङ स्क्रिन पाउन सकिन्छ । सो कारमा वायरलेस चार्जिङ प्याड, ३६० डिग्री क्यामेरा, भेन्टिलेटेड फ्रन्ट सीट र एडिएसएस फिचर लगायत पाउन सकिन्छ ।

२०२२ को जुलाईमा ग्लोवल लन्च गरिएको एमजी–४ ठिक एक वर्षपछि नेपाल आउन लागेको हो । सो कारको सिधा प्रतिस्पर्धा टाटा नेक्सन र बीवाइडी एट्टो–३ को एड्भान्स भेरिएन्टसंग हुने देखिएको छ ।

सम्बन्धित समाचारहरू

नेपालमा सार्वजनिक हुने तयारीमा रहेको दिपल एस०५ ले जित्यो चर्चित आईएफ डिजाइन अवार्ड

नेपालमा सार्वजनिक हुने तयारीमा रहेको दिपल एस०५ ले जित्यो चर्चित आईएफ डिजाइन अवार्ड

केही समयपछि नेपालमा सार्वजनिक हुन लागेको चांगानको नयाँ ईभी दिपल एस०५ ले...

आज र भोलि अतिरिक्त रेल सेवा सञ्चालन हुँदै

आज र भोलि अतिरिक्त रेल सेवा सञ्चालन हुँदै

जनकपुरधाम – जयनगर-जनकपुरधाम-कुर्था रेल सेवा आज र भोलि अतिरिक्त समयमा पनि...

विद्युतीय सवारीका लागि कस्तो आउला बजेट ? पहिलेकै दर कायम गर्न नाडाको माग

विद्युतीय सवारीका लागि कस्तो आउला बजेट ? पहिलेकै दर कायम गर्न नाडाको माग

काठमाडौं – सरकारले आगामी शनिबार आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...