२०२१ का लागि एमजी एस्टर सोल्ड आउट, यस्तो छ फिचर
बेलायती अटोमोबाइल कम्पनी एमजी मोटरले नयाँ मिड साइज एसयूभी एमजी एस्टरलाई...
काठमाडौं– नेपाली बजारमा प्रवेश गरेको थोरै समयमै नेपालीहरुको मन जित्न सफल एमजी कारले विश्व बजारमा पनि एक पछि अर्काे सफलता हात पार्दै आएको छ । यहि क्रममा एमजी४ ईभीले हालै २०२४ को उत्कृष्ट कारको उपाधि हात पारेको हो ।
न्युजिल्याण्डको प्रख्यात संचार कम्पनी स्टफद्वारा आयोजित ‘टप कार २०२४’ नामक अवार्ड समारोहमा निर्णायक मण्डलको मन जित्दै एमजी४ ईभीले शिर्ष उपाधि जित्न सफल भएको छ । गत वर्ष नेपाली बजारमा प्रवेश गरेको इलेक्ट्रिक कार एमजी४ ईभी सहज यात्रा तथा किफायती मूल्यको लागि प्रसिद्ध छ ।
२०२२ मा बजारमा आएको यो ईभीले ‘बेष्ट भ्यालू इलेक्ट्रिक कार २०२३’, ‘कार अफ द यर २०२३’, ‘बेष्ट भ्यालू इलेक्ट्रिक कार २०२२’, र टप गिएर अवार्ड २०२२ मा ‘बार्गेन अफ द इयर’ जस्ता विभिन्न उपाधि हासिल गरिसकेको छ ।
सय वर्ष लामो इतिहास बोकेको विश्वव्यापी रुपमा चर्चा कमाउन सफल बेलायति ब्राण्ड एमजिले नेपालमा पनि अत्याधुनिक प्रविधि, किफायति मूल्य, सहजयात्रा र वातावरण मैत्री विशेषताहरुले गर्दा लोकप्रियता कमाउँदै आएको छ ।
३०० भन्दा धेरै दक्ष इन्जिनियरहरुले युरोपेली ईन्जिनियरिङ्ग प्राविधिक केन्द्रमा परिक्षण गरेर निर्माण गरेको एमजिका सवारी साधनहरु यूरोपेली कानून र ग्राहकहरुको मागको उचित सम्बोधन गर्नमा प्रसिद्ध छ । यसका साथै एमजि सवारी साधनका सम्पूर्ण भित्री तथा बाहिरी डिजाईनहरु बेलायतका प्रख्यात डिजाईनर तथा इन्जिनियरहरुले गर्छन् ।
एमजिको नेपालको लागि आधिकारिक वितरक एवम् आयातकर्ता पारामाउन्ट मोटर्सले हाल नेपालमा एमजी४ ईभी, एमजी जेडएस ईभी, एमजी कोमेट ईभी गरी ३ वटा मोडलका विद्युतीय र एमजी हेक्टर, एमजी एचएस र एमजी एसटर गरी ३ वटा मोडलका इन्धन गाडी बिक्री गर्दै आएको छ ।
बेलायती अटोमोबाइल कम्पनी एमजी मोटरले नयाँ मिड साइज एसयूभी एमजी एस्टरलाई...
काठमाडौं– एमजीको नयाँ विद्युतीय एसयूभी एमजी एस५ बुटवल र भैरहवामा...
एमजी मोटर इन्डियाले भारतमा एमजी हेक्टर फेसलिफ्ट एसयूभी लन्च गरेको छ । नयाँ...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...