मर्सिडिज बेन्जले ल्यायो फ्युचरिस्टिक कन्सेप्ट सुपरकार, कारको उचाइ ११६८ एमएम मात्र

जर्मन लक्जरी कार निर्माता कम्पनी मर्सिडिज बेन्जले मर्सिडिज भिजन वान इलेभेन फ्युचरिस्टिक कन्सेप्ट सुपर कार सार्वजनिक गरेको छ । सो कन्सेप्ट सुपर कारलाई कम्पनीले क्यालिफोर्नियाको इन्टरनेसनल डिजाइन सेन्टरमा डिजाइन र विकास गरेको हो ।

मर्सिडिज बेन्ज भिजन वान इलेभेन २ सिटको इलेक्ट्रिक हाइपरकार कन्सेप्ट मोडल हो । यो सन् १९७० को दशकमा ल्याएको मर्सिडिज सी१११ कन्सेप्ट कारको अपडेट भर्सन हो ।

कम्पनीले सो कारको उचाई ११६८ एमएम मात्र छ । यसको ग्राउन्ड क्लियरेन्स एकदम कम छ, जसका कारण यो पूर्णतया जमिनमा टाँसिएको देखिन्छ ।

कम्पनीले कारको इन्टेरियरलाई पनि फ्युचरिस्टिक बनाएको छ । कारको क्याबिनमा कम्पनीले निकै ठूलो स्क्रिन दिएको छ । कारको इन्टेरियरमा सेतो, सुन्तला र सिल्भर कलर प्रयोग गरिएको छ । कारमा २ वटा ढोका पनि दिइएको छ ।

कम्पनीले यो कन्सेप्ट कार कहिले लन्च गर्ने भन्ने बारे आधिकारिक जानकारी दिइएको छैन । रिपोर्टका अनुसार कम्पनीले यस कारको डिजाइन र फिचर एएमजी इलेक्ट्रिक मोडलमा प्रयोग गर्ने सम्भावना छ ।

सम्बन्धित समाचारहरू

९९ हजारमै याडियाको स्मार्ट र सुबिधासम्पन्न इलेक्ट्रिक साइकल, यस्तो छ विशेषता

९९ हजारमै याडियाको स्मार्ट र सुबिधासम्पन्न इलेक्ट्रिक साइकल, यस्तो छ विशेषता

काठमाडौं–याडिया इलेक्ट्रिक स्कुटरको नेपालका लागि आधिकारिक वितरक कुजु...

नेपाली बजारमा समेत लोकप्रिय बने चिनियाँ ईभी, थपिदै ब्रान्ड

नेपाली बजारमा समेत लोकप्रिय बने चिनियाँ ईभी, थपिदै ब्रान्ड

विश्वमै तहल्का मच्चाउने गरी अगाडि बढिरहेको इलेक्ट्रिक भेइकल बजारमा...

दाइहात्सुले सार्वजनिक ग-यो दुई नयाँ इलेक्ट्रिक मिनी कमर्सियल भ्यान, २५७ किमी रेन्जको दाबी

दाइहात्सुले सार्वजनिक ग-यो दुई नयाँ इलेक्ट्रिक मिनी कमर्सियल भ्यान, २५७ किमी रेन्जको दाबी

जापानी अटोमोबाइल निर्माता कम्पनी दाइहात्सु मोटरले आफ्ना दुई लोकप्रिय...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...