माघ २५ देखि निसान र ड्याटसनको एक्सचेन्ज विक हुने

काठमाडौं – निसान र ड्याटसन गाडीको नेपालका लागि आधिकारिक वितरक पायोनियर मोटोकर्प अन्तर्गत काठमाडौं र ललितपुरको आधिकारिक बिक्रेता मेगा मोटर्सले ‘मेगा एक्सचेन्ज विक’ आयोजना गर्ने भएको छ ।

आगामी माघ २५ देखि शुरु हुने सो एक्सचेन्ज विक आगामी माघ ३० गते सम्म हुनेछ । मेगा मोटर्सको महाराजगन्ज र बालकुमारी दुवै शोरुममा उक्त मेगा एक्सचेन्ज विक आयोजना गरिने सञ्चालक महेश पालले जानकारी दिए ।

मेगा एक्सचेन्ज विकमा सहभागी भइ ग्राहकले आफूले चढ्ने पुरानो गाडी एक्सचेन्ज गरी निसान र ड्याटसनका २०२१ कै मोडल गाडी चढ्न सक्नेछन् । एक्सचेन्स विकमा गाडी साटफेर गर्ने ग्राहकले विशेष छुटसहितको अफर प्राप्त गर्ने पालले जानकारी दिए ।

एक्सचेन्ज विकको अवसरमा गाडी एक्सचेन्ज गर्दा ५ लाख रुपैयाँसम्म नगद छुट, एक्सचेन्ज बोनस ३ लाख रुपैयाँसम्म, ५० हजार रुपैयाँसम्म क्यास ब्याक लगायतको अफर ग्राहकले प्राप्त गर्ने छन् ।

लक्की ड्रका आधारमा एक जनालाई आइफोन १२ प्रदान गरिनेछ । एक वर्षका लागि सडक कर र इन्स्योरेन्स निःशुल्क हुनेछ ।

मेगा एक्सचेन्ज विकका अवसरमा दुवै शोरुमबाट स्पट फाइनान्सको सुविधा उपलब्ध हुने उनले जानकारी दिए ।

निसान र ड्याटसन गाडीका लागि नविल बैंकले ७.९९ प्रतिशत ब्याजदरमा सरल फाइनान्सको व्यवस्था गरेको छ । पुरानो गाडीको उचित मूल्यांकन गरी नयाँ गाडी सोही ब्याजदरमा फाइनान्समार्फत खरिद गर्न सकिने छ ।

 

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...