साना विद्युतीय यातायात व्यवसायीलाई मेगा बैंकले कर्जा दिने

काठमाडौं – मेगा बैंक नेपाल लिमिटेडले लघु तथा साना उद्यमीहरुलाई प्रवर्द्धन गर्ने उद्देश्यले नेको इनर्जी सोलुसन कम्पनी प्राइभेट लिमिटेडसँग सम्झौता गरेको छ ।

एक समारोहका बीच मेगा बैंककी नायब प्रमुख कार्यकारी अधिकृत रविना देशराज श्रेष्ठ र नेको इनर्जी सोलुसनका व्यवस्थापकीय निर्देशक मिलनकुमार पौडेलले सम्झौता पत्रमा हस्ताक्षर गरे ।

उक्त सम्झौताअनुसार नेको इनर्जी सोलुसनसँग आबद्ध साना विद्युतीय यातायात व्यवसायीहरुलाई स्वरोजगार तथा व्यवसाय संचालनका लागि मेगा बैंकले नेपाल राष्ट्र बैंकको सहुलियतपूर्ण ब्याज अनुदान कर्जा निर्देशिका र बैंकको सहुलियतपूर्ण ब्याज अनुदान कर्जा कार्यविधिको अधिनमा रही सहुलियतपूर्ण कर्जा प्रदान गर्नेछ । कर्जाका लागि नेको इनर्जी सोलुसनले मेगा बैंकलाई सिफारिस गर्ने सम्झौता भएको छ ।

सोही अवसरमा मेगा बैंककी नायब प्रमुख कार्यकारी अधिकृत रविना देशराज श्रेष्ठले साना विद्युतीय यातायात व्यवसायीहरुलाई मेगा बैंकका देशभरका शाखाबाट छिटो तथा छरितो ढंगले सहुलियतपूर्ण कर्जा प्रदान गरिने भएकाले आफूलाई पायक पर्ने शाखा कार्यालयहरुमा सम्पर्क गर्न आग्रह गरिन् ।

मेगा बैंकले स्थापनाकालदेखि नै ‘हलोदेखि हाइड्रोसम्म’ भन्ने नाराका साथ विपन्न वर्गलाई प्राथमिकतामा राखी बैंकिङ्ग सेवा सर्वसुलभ गराउँदै आइरहेको उनले बताइन् । विपन्न वर्गका ग्राहकहरुलाई वित्तीय साक्षरताका साथै बैंकिङ्ग सेवामा आधुनिकीकरण गर्दै नगदरहित कारोबारमा समेत संलग्न गराउने उद्देश्यका साथ मेगा बैंकले साना विद्युतीय यातायात व्यवसायीहरुलाई ‘क्यूआर कोड पेमेन्ट सिस्टम’मार्फत बैंकिङ्ग कारोबारमा पनि आबद्ध गराउने नायब प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले जानकारी दिइन् ।

यसैगरी, नेको इनर्जी सोलुसनका ब्यवस्थाकीय निर्देशक पौडेलले मेगा बैंकले महिला तथा विपन्न वर्गका समुदायलाई प्राथमिकताका साथ लघु तथा साना कर्जा एवं सहुलियतपूर्ण ब्याज अनुदानसहितको कर्जा प्रवाह गर्दै आएकोले आफूहरुले सहकार्य गरेको बताए ।

मेगा बैंकको सहुलियतपूर्ण कर्जा सहायताले साना विद्युतीय यातायात व्यवसायीहरुलाई थप आत्मबल प्रदान गर्नुका साथै व्यवसाय सञ्चालनमा मद्दत मिल्ने उनले बताए ।

सम्बन्धित समाचारहरू

आयो राष्ट्र बैंकको निर्देशन, महिनै पिच्छे ब्याजदर परिवर्तन हुने

आयो राष्ट्र बैंकको निर्देशन, महिनै पिच्छे ब्याजदर परिवर्तन हुने

काठमाडौं – बैंक तथा वित्तीय संस्थाहरुले अब महिनैपिच्छे कर्जाको ब्याजदर...

७ वर्षसम्म स्थिर रहने ब्याजमा नविल बैंकको अटो लोन, ब्याज दर कति ?

७ वर्षसम्म स्थिर रहने ब्याजमा नविल बैंकको अटो लोन, ब्याज दर कति ?

काठमार्डौं– नबिल बैंकले ७ वर्षसम्म स्थिर रहने दरमा अटोलोन दिने भएको छ ।...

अशोक लेल्यान्डका सवारी साधन किन्न नबिल बैंकले कर्जा दिने

अशोक लेल्यान्डका सवारी साधन किन्न नबिल बैंकले कर्जा दिने

काठमाडौं – कमर्सियल भेइकलको क्षेत्रमा प्रतिष्ठित कम्पनी अशोक...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...