देशका यी १४ स्थानमा ओकाया इलेक्ट्रिक स्कुटरको डिलर आह्वान
ओकाया इलेक्ट्रिक स्कुटरको नेपालका लागि आधिकारिक वितरक वृद्धि शशिला...
मनाङ - नेपालमै पहिलो पटक उच्च भू–भागमा लक्जरी इलेक्ट्रिक फोरह्विल ‘म्याक्सस ईटेराेन ९ पिकअप’ सार्वजनिक भएको छ ।
अटोमोबाइल व्यवसायी आकाश गोल्छा, कम्पनीका प्रवन्ध निर्देशक सौरब थापा लगायतले एक कार्यक्रमबीच पिकअप सार्वजनिक गरेका हुन् । पिकअप सार्वजनिकसँगै ‘एयर सस्पेन्सन’को सफल प्रदर्शन पनि गरिएको प्रबन्ध निर्देशक सौरब थापाले बताए ।
यसबाट नेपालको विद्युतीय सवारी साधन यात्रामा नविनतम आयाम थप भएको छ । नेपालको अटोमोबाइल बजारमा अग्रणी पहिचान बनाउन सफल हिमालय अर्गनाइजेसन अन्तर्गतको हिमालय मोट्रक्स प्रालिले नेपालमै पहिलो पटक हिमालको काखमा पिकअप सार्वजनिक गरेको छ ।
‘म्याक्सस ईटेराेन ९ पिकअप’लाई काठमाडौंदेखि मनाङसम्मको यात्रासहित मनाङमा भव्य कार्यक्रमबीच सार्वजनिक गरिएको छ । ३,५१९ मिटर (११,५४५ फिट) उचाइमा अवस्थित मनाङ जिल्लामा आयोजित कार्यक्रमले नेपालको जस्तोसुकै विकट भौगोलिक संरचनामा पनि यो विद्युतीय सवारीसाधन उपयुक्त छ भन्ने कुरा प्रमाणित गरेको छ ।

नेपालको इतिहासमै पहिलो पटक यस्तो उचाइमा लक्जरी इलेक्ट्रिक पिकअपको आधिकारिक रुपमा सार्वजनिक भएको हो । एग्रेसिभ लुक भएको यो पिकअप नेपालमा आयात हुने कुनै पनि अन्य पिकअप भन्दा हरेक कुरामा अब्बल रहेको कम्पनीको दाबी छ।
किन मनाङमा गरियो सार्वजनिक ?
हिमालय मोट्रक्सले म्याक्सस ईटेराेन ९ को लन्चिङका लागि मनाङ छानेको हो । मनाङमा म्याक्सस पिकअप सार्वजनिक गर्ने निर्णय केवल एक स्थल चयन मात्र नभई विद्युतीय सवारीका क्षेत्रमा भएको नविनतम आयामको प्रदर्शनका लागि यो एक सन्देश पनि हो । कठोर हिमाली भूभाग, चट्टानी बाटो र उच्च उचाइका कारण मनाङ नेपालकै चुनौतीपूर्ण अफरोड क्षेत्रमध्ये एक हो । यस्तो स्थानमा सफल परीक्षण र प्रदर्शन गरेर, कम्पनीले यो विद्युतीय पिकअपको डुअल मोटर फोरह्विल प्रणाली, एडप्टिभ एअर सस्पेन्सन र सम्पूर्ण भू–भागमा सहज संचालन क्षमताको प्रमाण प्रस्तुत गरेको छ ।
म्याक्सस ईटेराेन ९,नवप्रवर्तन र शक्तिसँगको समायोजन:
शहरी सडकदेखि हिमाली बाटासम्म सहजै संचालन गर्न डिजाइन गरिएको म्याक्सस ईटेराेन ९, नेपालकै पहिलो लक्जरी इलेक्ट्रिक पिकअप हो । जसमा एडजस्टेबल एयर सस्पेन्सन समावेश छ । चाहे शहर होस् वा हिमाल, यसले शक्ति, दायरा र आरामको नयाँ परिभाषा दिएको छ ।
ओकाया इलेक्ट्रिक स्कुटरको नेपालका लागि आधिकारिक वितरक वृद्धि शशिला...
आकर्षक कारका लागि चर्चित मिनीले आफ्नो सबैभन्दा लोकप्रिय कार कुपरको...
कमर्सियल सवारी साधनका लागि आवश्यक लिथियम आइरन फस्फेट (एलएफपी) ब्लेड...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...