म्याक्ससका डबल क्याब पिकअप नेपालमा, यस्तो छ मूल्य र फिचर

पारामाउन्ट मोटर्सले नेपाली बजारमा म्याक्सस ब्रान्डका दुई मोडलका पिकअप बिक्री प्रारम्भ गरेको छ । टी६० र टी७० मोडलका यी दुई पिकअप कमर्सियल र प्यासेन्जर दुवै कार्यका लागि उपयोग गर्न सकिन्छ ।

चिनिय सवारी निर्माता कम्पनी एसएआईसीले उत्पादन गरेको यो ब्रान्ड अन्तर्गत म्याक्सस टी६० २.८ लिटर र टी७० २.० लिटर ट्रबो डिजेल इन्जिनमा उपलब्ध छन्। टी६० ले १४८ एचपी पावर र ३६० एनएम टर्क जेनेरेट गर्छ भने टी७० ले १४८ एचपी पावर र ३७५ एनएम टर्क जेनेरेट गर्छ। यसमा ६– स्पिड गियर बक्स उपलब्ध छ। यो पिकअप फोर ह्वील ड्राइभ सुविधा भएको गाडी हो।

दुवै पिकअपमा इको, नर्मल र पावर गरी तीन ड्राइभिङ मोडहरु छन्। यसमा ३१५५ एमएमको ह्वीलबेस छ भने ग्राउन्ड क्लियरेन्स २१५ एमएम रहेको छ।

टी६० मा २७७६ सीसी र टी७० मा १९९५ सीसी इन्जिन उपलब्ध छ। जसमा युरो ४ सट्यान्डर्डको शुन्य कार्वन उत्सर्जन प्रविधि पनि राखिएको छ। यस्तै यसमा ७५ लिटर स्टोरेज क्षमता भएको फ्युअल ट्यांकको व्यवस्था गरिएको छ। यो ५ सिटर पिकअप हो।

टी७० डिलक्स भर्सनमा र टी६० लक्जरियस भर्सनमा उपलब्ध छ। गाडीमा हाइड्रोलिक पावर स्टेयरिङ, टिल्ट एडजस्डेबल स्टेयरिङ छ । यसमा क्रुज कन्ट्रोल पनि छ।

सुरक्षाका लागि यसले ५ स्टार एनक्याप रेटिङ प्राप्त गरेको छ। दुबैमा डिस्क ब्रेक उपलब्ध छ। यस्तै ह्यान्ड पार्किङ ब्रेक र थ्री प्वाइन्ट सेफ्टी बेल्ट उपलब्ध रहेको छ। एलईडी हेडलाइट, फ्रन्ट र रियर फगल्याम्प, डे–टाइम रनिङ ल्याम्प, अटोमेटिक फ्रन्ट वाइपर जस्ता फिचरहरुको सुविधा छन्।

म्याक्सस टी७० को मूल्य ६८ लाख ४९ हजार र टी६० को मूल्य ७७ लाख ९९ हजार रुपैयाँ छ ।

सम्बन्धित समाचारहरू

एमजी जेडएस ईभीको मूल्यमा भारी कटौती, ४७ लाखमै पाइने

एमजी जेडएस ईभीको मूल्यमा भारी कटौती, ४७ लाखमै पाइने

काठमाडौं– एमजी गाडीको नेपालका लागि आधिकारिक वितरक पारामाउन्ट मोटर्सले...

एमजी एस्टरलाई नेपाल ल्याउँदै पारामाउन्ट मोटर्स, यस्ता छन् फिचर, पावर र पर्फमेन्स

एमजी एस्टरलाई नेपाल ल्याउँदै पारामाउन्ट मोटर्स, यस्ता छन् फिचर, पावर र पर्फमेन्स

आयात प्रतिवन्धका कारण नेपाल आउन रोकिएको एमजी एस्टर अव छिट्टै आउने भएको छ ।...

लगातार ४ महिनासम्म ३ हजार भन्दा बढी युनिट बिक्री भयो एमजी विन्डसर

लगातार ४ महिनासम्म ३ हजार भन्दा बढी युनिट बिक्री भयो एमजी विन्डसर

एमजीले हालै भारतमा एमजी विन्डसर इलेक्ट्रिक कार लन्च गरेको थियो । सो कारले...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...