सन् २०२१ : सबैभन्दा मूल्यवान कम्पनी टोयोटा र तीव्र गतिमा बढिरहेको कार ब्रान्ड बन्यो बीवाईडी
सन् २०२१ को अटोमोबाइल ब्रान्ड सम्बन्धी नयाँ तथ्य सार्वजनिक भएको छ । यो वर्ष...
एमएडब्लु वृद्धिले केही साताअघि दिपल एस०७ आईसीएमा लागू गरेको बाईब्याक ग्यारेन्टी र पाँच वर्षका लागि शुन्य खर्चको योजनाले नेपाली ईभी बजारमा सकारात्मक प्रभाव देखिन थालेको छ । यो योजनाले शोरुम भिजिट, इन्क्वायरी र बुकिङमा उल्लेखनीय वृद्धि ल्याउँदै ग्राहकको ईभीप्रतिको विश्वास बलियो बनाएको एमएडब्लु वृद्धि स्रोतले बताएको छ ।
दीर्घकालिन खर्च र पुनः बिक्री मूल्यप्रति हुने चिन्ताका कारण धेरै ग्राहकहरु ईभी किन्न ढिलाई गरिरहेका थिए । तर यो योजनाले ती दुई मुख्य अवरोधहरु मूल्य घट्ने डर र अनिश्चित अपरेसन कस्टलाई प्रभावकारी रुपमा समाधान गरेको बताइएको छ ।
यो योजना सुरु भएपछि ग्राहकहरुको सोचमा स्पष्ट परिवर्तन आएको छ । अब ग्राहकहरु शोरुममा बढी समय बिताइरहेका छन्, गहिरो जानकारी लिँदैछन् र दिपल एस०७ लाई केबल लक्जरी ईभी मात्र नभई आर्थिक रुपमा सुरक्षित विकल्पको रुपमा हेर्न थालेका छन् ।
बाइब्याक ग्यारेन्टी अन्तर्गत ग्राहकहरुले आफ्नो दिपल एस०७ आईसीए दोस्रो वर्षदेखि पाँच वर्षभित्र एमएडब्लुलाई पूर्वनिर्धारित मूल्यमा पुनः बिक्री गर्न सक्ने सुविधा पाउँछन् । यसले ईभीको पुनः बिक्री मूल्यबारेको अनिश्चितता हटाएर पहिलो पटक ईभी किन्न चाहने ग्राहकलाई विशेष भरोसा दिएको छ ।
खर्चको चिन्ताविना ईभी अनुभव
यस योजनाको अर्को बलियो पक्ष हो पाँच वर्षका लागि शून्य खर्च । यस अन्तर्गत ग्राहकले पाँच वर्षसम्म अटो प्लस इन्स्योरेन्स, नियमित मर्मत सम्भार, चार्जिङ खर्च र रोड ट्याक्स कम्पनीले नै बेहोरिदिनेछ । यसले ग्राहकलाई कुनै लुकेको खर्च विना ईभी स्वामित्वको अनुभव दिन्छ र दीर्घकालीन विश्वसनियताको भावना सिर्जना गर्छ ।
दिपल एस०७ आईसीएले आफ्नो स्मार्ट प्रविधिबाट यो योजनालाई अझ मूल्यवान् बनाएको छ । दिपल एप मार्फत ग्राहकले एसी, सिसा खोल्ने बन्द गर्ने, चार्जिङ स्थिति तथा गाडीको लोकेसन नियन्त्रण गर्न सक्छन् । साथै इन्टरनेट केनक्टिभिटी, स्मार्ट एप इन्टिग्रेसन, म्युजिक स्ट्रिमिङ र लाइभ नेभिगेसन सुविधाले यसको प्रयोग अनुभवलाई अझ बलियो बनाएको छ ।
ईभी स्वामित्वमा नयाँ मानक
दिपलको यो योजनाको प्रारम्भिक सफलताले नेपाली उपभोक्ताको सोच परिवर्तन भइरहेको देखाउँछ, जहाँ अहिले गाडीको डिजाइन र पर्फर्मेन्ससँग मनको शान्ति (पिस अफ माइन्ड) पनि उत्तिकै महत्वपूर्ण बनेको छ ।
दीर्घकालीन भरोस र लागत सुरक्षा दिने यस्तो योजनाले एमएडब्लु वृद्धिलाई केबल ईभी विक्रेता मात्र नभई दीर्घकालिन मोबिलिटी पार्टनरको रुपमा स्थापित गरिरहेको छ । दिपल एस०७ आईसीए आज नेपालकै सबैभन्दा भरोसायोग्य ईभी स्वामित्व विकल्पहरुमध्ये एक बन्दै गएको कम्पनीको दावी छ ।
सन् २०२१ को अटोमोबाइल ब्रान्ड सम्बन्धी नयाँ तथ्य सार्वजनिक भएको छ । यो वर्ष...
विश्वभर तीव्र गतिमा फैलिँदै गएको विद्युतीय सवारी अर्थात ईभीको प्रयोगले...
काठमाडौं–हेनरी ईभीको नेपालका लागि आधिकारिक वितरक एसक्यूव...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...