टाटा मोटर्सले कर्भको इलेक्ट्रिक संस्करण लन्च गर्ने, टिजर रिलिज
टाटा मोटर्सले भारतमा कर्भको इलेक्ट्रिक संस्करण लन्च गर्ने भएको छ ।...
काठमाडौं– सिप्रदीले नेपाल ल्याएको मिनी ईलेक्ट्रिक ट्रक टाटा एस एकैपटक ८ लाख ५० हजारले सस्तो भएको छ । गत असोजमा नेपाल आएको एस ईभीले अपेक्षाकृत बजार लिन नसकेपछि सिप्रदीले भारी रकम छुट दिएर यसको स्टक सल्टाउन लागेको हो ।
यसअघि २९ लाख ५० हजार रुपैयाँ तोकिएको एस ईभीलाई ग्राहकले अब २० लाख ९९ हजारमै खरिद गर्न पाउनेछन् । सिप्रदी स्रोतका अनुसार छुट सिमित अबधीका लागीमात्र लागु हुनेछ ।
५ महिनाअघि लन्च हुँदा एस ईभीको मूल्य २९ लाख ५० हजार रुपैयाँ कायम गरिएको थियो । उक्त मूल्यमा फेस्टिभ डिस्काउन्ट भनेर कम्पनीले २ लाख ५० हजार छुटपछि बिक्री मूल्य २७ लाख तोकेको थियो ।
मूल्य महंगो भएको र नेपाली सडकका लागी उपयुक्त नभएको भन्दै ग्राहकले खरिदमा रुची नदेखाएपछि यो मिनी इलेक्ट्रिक ट्रकले बजार लिन सकिरहेको छैन ।
एस ईभीमा २१.३ किलोवाट आवरको ब्याट्री र २७ किलोवाट क्षमताको मोटर जडान गरिएको छ । यसलाई एकपटक फुल चार्ज गर्दा १६० किलोमिटर रेन्ज पाउन सकिने कम्पनी दाबी छ ।
एस ईभीको टप स्पिड ८० किलोमिटर प्रतिघण्टा र ग्राउन्ड क्लिरियन्स १६० एमएम छ । साथै यसको भार बोक्ने क्षमता ६०० केजी मात्रै छ ।
टाटा मोटर्सले भारतमा कर्भको इलेक्ट्रिक संस्करण लन्च गर्ने भएको छ ।...
काठमाडाैं – नेपालका लागि टाटा माेटर्सकाे आधिकारिक वितरक सिप्रदी ट्रेडिङ...
भारतमा टाटा ईभीको ग्राहक २ लाख बढि पुगेको छ । २०१९ को अन्तिमतिर नेक्सन ईभी...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...