८ लाख ५० हजारले सस्तो भयो टाटा एस ईभी, अब २१ लाखमै किन्न पाइने

काठमाडौं– सिप्रदीले नेपाल ल्याएको मिनी ईलेक्ट्रिक ट्रक टाटा एस एकैपटक ८ लाख ५० हजारले सस्तो भएको छ । गत असोजमा नेपाल आएको एस ईभीले अपेक्षाकृत बजार लिन नसकेपछि सिप्रदीले भारी रकम छुट दिएर यसको स्टक सल्टाउन लागेको हो ।

यसअघि २९ लाख ५० हजार रुपैयाँ तोकिएको एस ईभीलाई ग्राहकले अब २० लाख ९९ हजारमै खरिद गर्न पाउनेछन् । सिप्रदी स्रोतका अनुसार छुट सिमित अबधीका लागीमात्र लागु हुनेछ ।

५ महिनाअघि लन्च हुँदा एस ईभीको मूल्य २९ लाख ५० हजार रुपैयाँ कायम गरिएको थियो । उक्त मूल्यमा फेस्टिभ डिस्काउन्ट भनेर कम्पनीले २ लाख ५० हजार छुटपछि बिक्री मूल्य २७ लाख तोकेको थियो ।

मूल्य महंगो भएको र नेपाली सडकका लागी उपयुक्त नभएको भन्दै ग्राहकले खरिदमा रुची नदेखाएपछि यो मिनी इलेक्ट्रिक ट्रकले बजार लिन सकिरहेको छैन ।

एस ईभीमा २१.३ किलोवाट आवरको ब्याट्री र २७ किलोवाट क्षमताको मोटर जडान गरिएको छ । यसलाई एकपटक फुल चार्ज गर्दा १६० किलोमिटर रेन्ज पाउन सकिने कम्पनी दाबी छ ।

एस ईभीको टप स्पिड ८० किलोमिटर प्रतिघण्टा र ग्राउन्ड क्लिरियन्स १६० एमएम छ । साथै यसको भार बोक्ने क्षमता ६०० केजी मात्रै छ ।

सम्बन्धित समाचारहरू

देशैभरी गाडीका नक्कली पार्टपुर्जाको कारोबार, टाटाका नक्कली पार्ट्स विक्रेतालाई गराइयो सचेत

देशैभरी गाडीका नक्कली पार्टपुर्जाको कारोबार, टाटाका नक्कली पार्ट्स विक्रेतालाई गराइयो सचेत

काठमाडौं – विभिन्न नाकाहरुबाट अवैध रुपमा गाडीका नक्कली पार्टपुर्जाहरु...

५६ लाख ९९ हजार मूल्यका साथ टाटा कर्भ ईभी नेपालमा

५६ लाख ९९ हजार मूल्यका साथ टाटा कर्भ ईभी नेपालमा

काठमाडौं – टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ...

पार्किङ लिफ्ट खसे पनि टाटा नेक्सन सुरक्षित, जसले प्रमाणित गर्‍यो टाटाको मजबुती

पार्किङ लिफ्ट खसे पनि टाटा नेक्सन सुरक्षित, जसले प्रमाणित गर्‍यो टाटाको मजबुती

बलियो र टिकाउ कार बनाउने ब्रान्डको रूपमा परिचित टाटा मोटर्सको प्रतिष्ठा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...