मारुतीको नयाँ वागनआर फेसलिफ्ट परीक्षणको क्रममा, नयाँ १.२ लिटर इन्जिन आउने सम्भावना

मारुती सुजुकीले ह्याचब्याक वागनआरको फेसलिफ्ट भर्सन ल्याउने तयारी गरिरहेको छ। सो एसयूभी सडकमा परीक्षणका क्रममा देखिएको छ।

हाल भारतमा बिक्री भइरहेको वागनआर पेट्रोल र फ्याक्ट्री फिटेड सीएनजी विकल्पमा उपलब्ध छ भने म्यानुअल र एएमटी गियरबक्सको विकल्प पनि दिइएको छ। नयाँ फेसलिफ्ट संस्करणमा पनि पेट्रोल र सीएनजी पावरट्रेनलाई निरन्तरता दिने अपेक्षा गरिएको छ।

रिपोर्टका अनुसार नयाँ वागनआर परीक्षणका क्रममा लगभग पूर्ण रूपमा क्यामोफ्लाजले ढाकिएको छ। यद्यपि, हालको वागनआरको डिजाइन र समग्र बडी आकारमा पुरानो मोडलको जस्तो देखिन्छ । फ्रन्टको हेडलाइटको स्थान पनि हालको मोडलसँग मिल्दोजुल्दो देखिन्छ। तर यसको ग्रिल र अगाडिको बम्परमा परिवर्तन गरिएको हुन सक्नेछ ।

यसको साइड प्रोफाइलमा पनि खासै कुनै परिवर्तन देखिएको छैन। परीक्षणमा देखिएको कार मिड साइज भेरियन्ट हुन सक्ने अनुमान गरिएको छ, जसमा स्टिल ह्विल प्रयोग गरिएको छ भने पछाडिको वाइपर र फग ल्याम्प देखिँदैन । यसमा टर्न इन्डिकेटर ओआरभीएममा नभई अगाडिको फेन्डरमा राखिएको देखिन्छ।

नयाँ वागनआरमा सबैभन्दा ठुलो परिवर्तन पावरट्रेनमा हुन सक्ने अनुमान गरिएको छ। मारुती सुजुकीले आफ्नो पुरानो १.२ लिटर ४ सिलिन्डर पेट्रोल इन्जिनलाई क्रमशः नयाँ जेड१२ई १.२ लिटर ३ सिलिन्डर इन्जिनले प्रतिस्थापन गरिरहेको छ। यदि सोही इन्जिन नयाँ वागनआरमा प्रयोग गरियो भने यसको पावर र माइलेजमा पनि हालको मोडलभन्दा फरक हुनेछ । यद्यपि, वागनआर फेसलिफ्टका लागि मारुती सुजुकीले अहिलेसम्म आधिकारिक इन्जिन स्पेसिफिकेसन सार्वजनिक गरेको छैन।हालको वागनआरमा १.० लिटर र १.२ लिटर पेट्रोल इन्जिन उपलब्ध छ ।

साथै कम्पनीले नयाँ वागनआरको सीएनजी भर्सन पनि लन्च गर्ने तयारी गरिरहेको छ । मारुतीले ब्रेजा सीएनजीमा प्रयोग गरेको अन्डरबडी सीएनजी ट्याङ्क प्रविधि वागनआरमा पनि जडान गर्न सक्ने सम्भावना रहेको छ। नयाँ वागनआर २०२६ को अन्त्यतिर लन्च हुने सम्भावना रहेको छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...