२०१४ मा लन्च भएको मिड साइज सेडान कार सियाजले पार ग-यो ३ लाख बिक्री आँकडा
मारुती सुजुकीको मिड साइज सेडान कार सियाजले घरेलु बजारमा ३ लाख बिक्रीको...
मारुती सुजुकीले आफ्नो पहिलो इलेक्ट्रिक कार ‘ई भिटारा’ सेप्टेम्बर ३ मा भारतमा लन्च गर्ने तयारी गरेको छ। यसअघि यस कारलाई कम्पनीले जनवरीमा सम्पन्न अटो एक्स्पोमा पहिलो पटक सार्वजनिक गरेको थियो। सुरुमा यसलाई २०२५ को सुरुवातमा लन्च गर्ने योजना बनाइएको थियो, तर कम्पनीले यस वर्षको सेप्टेम्बरमै लन्च गर्ने निर्णय गर्दै मिडिया हाउसलाई ‘ब्लक योर डेट’ निमन्त्रणा पठाइसकेको छ।
मेड-इन-इन्डिया मारुती सुजुकी ई भिटाराले हालै बेलायतमा पनि आफ्नो औपचारिक सुरुवात गरिसकेको छ। भारतीय बजारमा भने यो इलेक्ट्रिक एसयूभी पछिल्ला केही महिनादेखि परीक्षणको क्रममा देखिँदै आएको छ। सो मोडल सुजुकीको नयाँ डिजाइन हाई टेक एन्ड एडभेन्चरमा आधारित छ ।
ई भिटाराको इन्टेरियरमा अत्याधुनिक फिचर समावेश गरिएको छ। यसमा १०.२५ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम र १०.१ इन्चको पूर्ण डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर छ। अगाडिका सिटहरू भेन्टिलेटेड छन् भने चालकका लागि १०-तर्फी इलेक्ट्रिकली एडजस्टेबल ड्राइभर सिट उपलब्ध छ।
सेफ्टीका लागि यसमा लेभल २ एडभान्स ड्राइभर असिस्टेन्स सिस्टम दिइनेछ। साथै, यसमा ७ वटा एयरब्याग, टायर प्रेसर मोनिटरिङ सिस्टम, अगाडि र पछाडि पार्किङ सेन्सर, ३६० डिग्री क्यामेरा लगायतका थुप्रै सेफ्टी फिचर उपलब्ध हुनेछ।
मारुतीले सो एसयूभीलाई दुई विभिन्न ब्याट्री विकल्पमा प्रस्तुत गर्नेछ। पहिलो ४९ किलोवाट-घण्टाको ब्याट्री भएको संस्करण हो, जुन विशेष रूपमा २ ह्विल ड्राइभ सेटअपमा आउनेछ र यसले १४२ बीएचपी पावर र १८९ एनएम टर्क उत्पादन गर्नेछ। दोस्रो ६१ किलोवाट-घण्टाको ब्याट्री भएको संस्करण हो, जसमा दुई फरक कन्फिगरेसन हुनेछ । एक एकल मोटर भएको २ ह्विल ड्राइभ संस्करणले १७२ बीएचपी पावर र १८९ एनएम टर्क उत्पादन गर्नेछ, भने ड्युअल मोटर भएको अल ह्विल ड्राइभ संस्करण, जसले १८१ बीएचपी पावर र ३०० एनएमको टर्क उत्पन्न गर्नेछ।
मारुती सुजुकीको मिड साइज सेडान कार सियाजले घरेलु बजारमा ३ लाख बिक्रीको...
सेप्टेम्बर २०२२ को कम्प्याक्ट एसयूभी सेगमेन्टको बिक्री तथ्याङ्क अनुसार...
सुजुकीले ठूलो इन्जिन भएको एड्भेन्चर टुरिङ बाइक भारतीय बजारमा ल्याउने...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...