मारुती सुजुकीले आफ्नो ईभी उत्पादन दुई तिहाईले घटाउने, यस्तो छ कारण

अमेरिकासंग व्यापार युद्ध सुरु भएपछि चीनले लिएको एक निर्णयले विश्वका ठूला अटो उद्योगलाई चिन्ता थपिदिएको छ । दुर्लभ खनिजको निर्यातमा प्रतिबन्ध लगाउने चीनको निर्णयले विश्वव्यापी अटोमेकरहरूमा चिन्ता बढाएको हो ।

चीनको यस निर्णयको असर अमेरिकामा मात्र नभई भारतीय अटो क्षेत्रमा समेत पर्न थालिसकेको छ ।

रेयर अर्थ समेत भनिने यस प्रकारका खनिज पदार्थको निर्यातमा चीनले कडाई गरेपछि भारतको सबैभन्दा ठूलो अटो निर्माता मारुती सुजुकीले विद्युतीय सवारी साधन उत्पादनको लक्ष्य दुई तिहाइले घटाउने निर्णय गरेको छ ।

मारुती सुजुकीले यस वर्षको अन्त्यमा आफ्नो पहिलो विद्युतीय एसयुभी ई–भिटारा लन्च गर्ने योजना बनाएको छ । कार निर्माताले सुरुमा अप्रिल–सेप्टेम्बर अवधिका लागि २६ हजार ५०० युनिटको उत्पादन लक्ष्य राखिएकोमा अव यसलाई घटाएर ८ हजार २०० युनिटमा झार्ने निर्णय लिएको छ ।

आपूर्ति अवरोधका बाबजुद मारुतीले अझै पनि मार्च २०२६ सम्ममा ६७ हजार युनिट विद्युतीय सवारी साधन उत्पादन गर्ने लक्ष्य लिएको छ ।

यसैबीच, भारत सरकारले नयाँ सप्लाई चेनको विकास गर्ने रणनिती लिएको छ भने उसले यस विषयमा चिनियाँ अधिकारीहरूसँग पनि छलफल गरिरहेको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ ।

सम्बन्धित समाचारहरू

पहिलो इलेक्ट्रिक स्कुटर ई-एक्सेस लन्च गर्ने तयारीमा सुजुकी, अन्य ब्रान्डलाई कडा चुनौती दिने अनुमान

पहिलो इलेक्ट्रिक स्कुटर ई-एक्सेस लन्च गर्ने तयारीमा सुजुकी, अन्य ब्रान्डलाई कडा चुनौती दिने अनुमान

सुजुकी मोटरसाइकल इन्डिया आफ्नो पहिलो इलेक्ट्रिक स्कुटर “सुजुकी ई-एक्सेस”...

नेपालभरका शोरुमबाट सुजुकीले शुरु ग-यो जिम्नीको डेलिभरी

नेपालभरका शोरुमबाट सुजुकीले शुरु ग-यो जिम्नीको डेलिभरी

काठमाडौं – नेपालका लागि सुजुकी ब्रान्डका चार पाङ्ग्रे सवारी साधनको...

सुजुकीले धुवाँरहित बाइक र स्कुटर ल्याउँदै

सुजुकीले धुवाँरहित बाइक र स्कुटर ल्याउँदै

जापानी कम्पनी सुजुकीले आफ्नो पहिलो इलेक्ट्रिक टु ह्विल लन्च गर्ने घोषणा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...