मारुती सुजुकीले इलेक्ट्रिक सवारी साधनका लागि सस्तो ब्याट्री निर्माण गर्ने

इलेक्ट्रिक सवारी साधनको मूल्य त्यसमा जडान गरिने ब्याट्रीबाट निर्धारण हुन्छ । अन्य सवारी साधन भन्दा इलेक्ट्रिक सवारी साधन महँगो हुन्छ, जसले गर्दा यसको पहुँच सबैमा पुग्न सकेको छैन । यही कुरालाई ध्यानमा राख्दै मारुती सुजुकीले इलेक्ट्रिक सवारी साधनका लागि सस्तो ब्याट्री निर्माण गर्ने भएको छ ।

मारुतीका मार्केटिङ हेड सशांक श्रीवास्तवले इलेक्ट्रिक गाडीको मूल्य निकै उच्च रहेको र सामान्य कारको भाडा भन्दा ईभीको भाडा महँगो भएको जानकारी दिएका छन् । मारुतीले महँगो ब्याट्रीलाई कम मूल्यमा ल्याउने प्रयास गरिरहेको पनि जानकारी दिएका छन् ।

श्रीवास्तवले इलेक्ट्रिक सवारी साधनका लागि सस्तो ब्याट्री बनाउने तर कहिले बन्ने हो भन्न नसकिने बताए । साथै, २०३० सम्ममा मारुतीसँग विभिन्न सेगमेन्टमा ६ वटा ईभी हुनेछ । हाल एक प्रतिशत रहेको यो बजार २०२४–२५ मा करिब ३ प्रतिशत र २०३० मा १७ प्रतिशतले बढेर जाने कम्पनीको अनुमान छ ।

मारुतीले हालसम्म कुनै पनि इलेक्ट्रिक सवारी लन्च गरेको छैन । यद्यपि कम्पनीले जनवरी २०२३ मा भएको अटो एक्सपोमा पहिलो पटक इलेक्ट्रिक कारको कन्सेप्ट भर्सन सार्वजनिक गरेको थियो ।

सम्बन्धित समाचारहरू

६५० रुपैयाँ खर्चमा इलेक्ट्रिक स्कुटरमार्फत श्रेष्ठले सम्पन्न गरे पूर्व पश्चिम यात्रा

६५० रुपैयाँ खर्चमा इलेक्ट्रिक स्कुटरमार्फत श्रेष्ठले सम्पन्न गरे पूर्व पश्चिम यात्रा

कठमाडौं – सेगवेको इलेक्ट्रिक स्कुटर ई१०० मार्फत धीरेनमान श्रेष्ठले...

नेपाली युवाहरुले बनाएको दुई इलेक्ट्रिक बाइक मूल्य सहित आज सार्वजनिक हुँदै

नेपाली युवाहरुले बनाएको दुई इलेक्ट्रिक बाइक मूल्य सहित आज सार्वजनिक हुँदै

काठमाडौं – असिम पाण्डे नेतृत्वको युवा समूहले तयार गरेका दुई मोडलका...

थाइल्याण्ड इन्टरनेसनल मोटर एक्सपोमा चर्चित बन्यो चांगनको नयाँ ईभी, प्रतीक्षामा नेपाल

थाइल्याण्ड इन्टरनेसनल मोटर एक्सपोमा चर्चित बन्यो चांगनको नयाँ ईभी, प्रतीक्षामा नेपाल

थाइल्याण्ड इन्टरनेसनल मोटर एक्सपो २०२३ मा एउटै मोडलका लागि सबैभन्दा बढी...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...