मारुती सुजुकीले इलेक्ट्रिक सवारी साधनका लागि सस्तो ब्याट्री निर्माण गर्ने

इलेक्ट्रिक सवारी साधनको मूल्य त्यसमा जडान गरिने ब्याट्रीबाट निर्धारण हुन्छ । अन्य सवारी साधन भन्दा इलेक्ट्रिक सवारी साधन महँगो हुन्छ, जसले गर्दा यसको पहुँच सबैमा पुग्न सकेको छैन । यही कुरालाई ध्यानमा राख्दै मारुती सुजुकीले इलेक्ट्रिक सवारी साधनका लागि सस्तो ब्याट्री निर्माण गर्ने भएको छ ।

मारुतीका मार्केटिङ हेड सशांक श्रीवास्तवले इलेक्ट्रिक गाडीको मूल्य निकै उच्च रहेको र सामान्य कारको भाडा भन्दा ईभीको भाडा महँगो भएको जानकारी दिएका छन् । मारुतीले महँगो ब्याट्रीलाई कम मूल्यमा ल्याउने प्रयास गरिरहेको पनि जानकारी दिएका छन् ।

श्रीवास्तवले इलेक्ट्रिक सवारी साधनका लागि सस्तो ब्याट्री बनाउने तर कहिले बन्ने हो भन्न नसकिने बताए । साथै, २०३० सम्ममा मारुतीसँग विभिन्न सेगमेन्टमा ६ वटा ईभी हुनेछ । हाल एक प्रतिशत रहेको यो बजार २०२४–२५ मा करिब ३ प्रतिशत र २०३० मा १७ प्रतिशतले बढेर जाने कम्पनीको अनुमान छ ।

मारुतीले हालसम्म कुनै पनि इलेक्ट्रिक सवारी लन्च गरेको छैन । यद्यपि कम्पनीले जनवरी २०२३ मा भएको अटो एक्सपोमा पहिलो पटक इलेक्ट्रिक कारको कन्सेप्ट भर्सन सार्वजनिक गरेको थियो ।

सम्बन्धित समाचारहरू

यसो भए ईभी तपाईका लागि उपयुक्त नहुन सक्छ

यसो भए ईभी तपाईका लागि उपयुक्त नहुन सक्छ

आजको समयमा इलेक्ट्रिक कारप्रति आकर्षण तीव्र रूपमा बढिरहेको छ। कम सञ्चालन...

वीरगञ्ज नाकाबाट आयात हुने विद्युतीय सवारीसाधनमा शतप्रतिशत बृद्धि

वीरगञ्ज नाकाबाट आयात हुने विद्युतीय सवारीसाधनमा शतप्रतिशत बृद्धि

पर्सा–चालु आर्थिक वर्षको नौ महिनामा वीरगञ्ज नाका हुँदै दुई अर्ब ९८ करोड...

फ्युचरिस्टिक लुक र टप क्लास फिचरमा आयो हुन्डाई आयोनिक ५ ईभी

फ्युचरिस्टिक लुक र टप क्लास फिचरमा आयो हुन्डाई आयोनिक ५ ईभी

हुन्डाईले आफ्नो प्रिमियम इलेक्ट्रिक एसयूभी आयोनिक ५ को नयाँ फेसलिफ्ट...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...