मारुती सुजुकीले देखायो इलेक्ट्रिक एसयूभी इभीएक्सको कन्सेप्ट

मारुती सुजुकीले आज आफ्नो पहिलो इलेक्ट्रिक एसयूभी इभिएक्सको कन्सेप्ट सार्वजनिक गरेको छ । आजबाट शुरु भएको अटो एक्सपो २०२३ को अवसार पारेर सुजुकीले यो नयाँ एसयूभीको ग्लोवल प्रियिमर गरेको हो । टोयोटासंगको सहकार्यमा निर्माण हुने यो एसयूभीलाई उसले सन् २०२५ देखी वजारमा ल्याउने जनाएको छ ।

यो कन्सेप्ट इभीलाई सुजुकीले ४८ किलोवाट आवर र ५९ किलोवाट आवर व्याट्री प्याकमा उपलब्ध गराउने अनुमान गरिएको छ । जसको रेन्ज ४०० किलोमिटर र ५०० किलोमिटर रहने दावी छ । सुजुकीले यसमा विवाइडीको व्लेड व्याट्री प्रयोग गर्नेछ ।

टु ह्विल र फोर ह्विल दुवै ड्राइभ अप्सनमा आउने अनुमान गरिएको यसको पावर १७० एचपी रहने आँकलन गरिएको छ । यसको मूल्य टोयोटा, टाटा, हुन्डाई र महिन्द्राका यहि सेग्मेन्टका इभी सरह रहने कम्पनीको भनाई छ । यो एसयूभीको डिजाइन र विकास सुजुकी मोटर कर्पोरेशन जापानले गरेको हो ।

यो नयाँ इभीको डिजाइन भविष्यमा आधारित पूर्ण आधुनिक रहेको छ । यसको वडी लाइन, ह्विल, रुफलाइन र अगाडीको विन्ड सिल्ड आकर्षक र आधुनिक देखिएको छ । अटो एक्सपोमा सुजुकीले यो नयाँ इभीको कन्सेप्ट सहित अन्य १६ मोडललाई प्रदर्शनीमा राखेको छ ।

सम्बन्धित समाचारहरू

सिजी मोटर्सको तीन नयाँ स्थानमा शोरुम विस्तार

सिजी मोटर्सको तीन नयाँ स्थानमा शोरुम विस्तार

काठमाडौं– नेटा भी लगायत विभिन्न ब्रान्डका इलेक्ट्रिक भेइकल आयत गरी बिक्री...

यस्तो छ नेपाली बजारमा भोलि सार्वजनिक हुने इलेक्ट्रिक कार निसान लिफका १० तथ्य

यस्तो छ नेपाली बजारमा भोलि सार्वजनिक हुने इलेक्ट्रिक कार निसान लिफका १० तथ्य

प्रख्यात इलेक्ट्रिक कार निसान लिफ भोलि नेपाली बजारमा सार्वजनिक हुँदैछ ।...

नेपाल भित्रियो ओमोडा ई५ लङ रेन्ज ईभी, अर्को साता लन्च हुने, मूल्य ५९ लाख ४९ हजार

नेपाल भित्रियो ओमोडा ई५ लङ रेन्ज ईभी, अर्को साता लन्च हुने, मूल्य ५९ लाख ४९ हजार

काठमाडौं – नेपाली बजारमा उपलब्ध हुने भनेर केही समय देखि चर्चामा रहेको...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...