यस्तो छ नेपाली बजारमा भोलि सार्वजनिक हुने इलेक्ट्रिक कार निसान लिफका १० तथ्य

प्रख्यात इलेक्ट्रिक कार निसान लिफ भोलि नेपाली बजारमा सार्वजनिक हुँदैछ । एक बर्षअघि नेपाली बजारमा सार्वजनिक हुने चर्चा बटुलेको यो कारको तत्कालीन अर्थमन्त्री डा. युवराज खतिवडाले भारी मात्रामा कर वृद्धि गरेका कारण एकाएक सेलाएको थियो ।

अहिले कर घटाएका कारण नयाँ नयाँ इलेक्ट्रिक कार भित्रिने क्रममा निसान लिफ समेत नेपाल आउन लागेको हो । नेपालस्थित आधिकारिक बितरक पायोनियर मोटोकर्पले भोलि यसको भर्चुअल लन्च गर्ने जनाएको छ ।

नेपाल भित्रिन लागेको र विश्व बजारमा सर्बाधिक बिक्री हुने निसान लिफबारे केही तथ्यहरु यस प्रकार रहेका छन् :
१. विगत १० वर्षयता ५ लाख निसान लिफ उत्पादन भइसकेका छन् । ५औ लाख लिफ नर्वेकी मारिया जेनसेनले खरिद गरेकी थिइन् ।

२ निसान लिफका प्रयोगकर्ताहरुले १० वर्षको अवधिमा करिब १० अर्ब माइलको प्रदूषणविहीन दुरी पार गरेका छन् । यो भनेको विश्वमा ४ लाख ट्रिप गरे बराबर हो ।

३. निसान लिफ प्रयोगकर्ताहरुले यसबाट विश्वमा करिब २५ लाख टन कार्बन डाइअक्साइड उत्सर्जन हुनबाट बचाएका छन् ।

४. इलेक्ट्रिक पावर बाहेक निसान लिफमा प्रो–पाइलट र ई–पेडल टेक्नोलोजी समेत छ, जसले ड्राइभिङलाई थप सहज बनाउँछ ।

५. प्रतिबर्ष एउटा निसान लिफ प्रयोगकर्ताले करिब ११ हजार माइल दुरी पार गर्दा ७४४ किलोवाट आवर शक्ति पुनःउत्पादन गर्छ, जसको सहयोगले एउटा मोबाइल फोनलाई ३७२ वर्ष सम्म चार्ज गर्न सकिन्छ ।

६. निसान लिफमा प्रयोग गरिएको ब्याट्रीको क्षमता पहिलेको तुलनामा दोब्बर भन्दा धेरैले वृद्धि गरिएको छ । शुरुमा २४ किलोवाट आवर भएकोमा हालको ई प्लस मोडलको क्षमता ६२ किलोवाट आवर भन्दा धेरै छ ।

७. निसान लिफ प्रयोगकर्ता मध्ये ९२ प्रतिशत भन्दा धेरैले आफ्नो साथीभाई र परिवारलाई यही गाडी प्रयोग गर्न सिफारिस गरेको पाइएको छ ।

८. अन्तर्राष्ट्रिय बजारमा निसान लिफ कति विश्वसनिय छ भने कम्पनीले यसको ब्याट्रीमा ८ वर्ष वा १ लाख माइल वारेन्टी दिएको छ ।

९. नेदरल्यान्डको आर्मस्टर्डमा सन् २०१८ मा इन्नोभेटिभ इनर्जी स्टोरेज सिस्टम बनाउनका लागि रिसाइकल गरिएका १४८ निसान लिफ ब्याट्री प्रयोग गरिएको थियो ।

१०. सन् २०२३ बाट प्रतिवर्ष १० लाख इलेक्ट्रिक गाडी बिक्री गर्ने लक्ष्यका साथ निसानको अल–इलेक्ट्रिक रेन्ज विकसित गर्नका लागि निसान अरियासँग निसान लिफ जोडिने भएको छ ।

सम्बन्धित समाचारहरू

अल्ट्राभाइलेटको वहुप्रतिक्षित इलेक्ट्रिक मोटरसाइकल सार्वजनिक, रेन्ज ३०७ किलोमिटरसम्म

अल्ट्राभाइलेटको वहुप्रतिक्षित इलेक्ट्रिक मोटरसाइकल सार्वजनिक, रेन्ज ३०७ किलोमिटरसम्म

भारतमा हिँजो नयाँ व्रान्डको इलेक्ट्रिक मोटरसाइल लन्च गरिएको छ ।...

शनिबार र आइतबार केई गाडी टेष्ट ड्राइभ गर्दा आकर्षक उपहार पाइने

शनिबार र आइतबार केई गाडी टेष्ट ड्राइभ गर्दा आकर्षक उपहार पाइने

काठमाडौं – नेपालका लागि केई अटोमोबाइल्सको आधिकारिक विक्रेता लक्ष्मी...

नेपाल भित्रिएका याडियाका सबै इलेक्ट्रिक स्कुटर सोल्ड आउट, पायो उत्कृष्ट मार्केटिङ अवार्ड

नेपाल भित्रिएका याडियाका सबै इलेक्ट्रिक स्कुटर सोल्ड आउट, पायो उत्कृष्ट मार्केटिङ अवार्ड

काठमाडौं – याडिया ब्रान्डको इलेक्ट्रिक स्कुटरको नेपालका लागि आधिकारिक...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...