नेपाल भित्रियो ओमोडा ई५ लङ रेन्ज ईभी, अर्को साता लन्च हुने, मूल्य ५९ लाख ४९ हजार

काठमाडौं – नेपाली बजारमा उपलब्ध हुने भनेर केही समय देखि चर्चामा रहेको ओमोडा ई५ इलेक्ट्रिक एसयूभी वीरगन्ज भन्सार हुँदै नेपाल प्रवेश गरेको छ । नेपालका लागि चेरीको आधिकारिक वितरक एसपीजी अटोमोबाइल्सले सो गाडी भित्र्याएको हो ।

कम्पनी स्रोतका अनुसार सो गाडी आगामी साता नेपाली बजारमा औपचारिक रुपमा लन्च हुनेछ । यसको मूल्य ५९ लाख ४९ हजार रुपैयाँ हुने बताइएको छ ।

ओमोडा ई५ लङ रेन्ज भर्सन नेपाली बजारमा उपलब्ध हुने भएको हो । यसमा ६१ किलोवाट आवर ब्याट्री क्षमता, ९९ किलोवाट मोटर पावरको मोटर हुनेछ, जसले सिंगल चार्जमा ४३० किलोमिटर रेन्ज दिनेछ ।

यो नेपाली बजारमा उपलब्ध हुने सबैभन्दा सुरक्षित ईभी हुने कम्पनीको दावी छ । यसमा २.५ एडास सेफ्टी फिचर उपलब्ध हुनेछ । १८० एमएम ग्राउन्ड क्लियरेन्स भएको सो इलेक्ट्रिक एसयूभीले फाइभ स्टार सेफ्टी रेटिङ प्राप्त गरेको छ ।

एसयूभीको एक्स्टेरियर डिजाइन ‘लाइट अफ मुभमेन्ट’ नामक आधुनिक डिजाइन–दर्शनमा आधारित रहेको कम्पनीले जनाएको छ । एक्सटेरियर फिचर अन्तर्गत यसमा एक्स आकारको फ्रन्ट फेस, डायनामिक फास्टब्याक आकार, स्ट्यागर्ड–मेट्रिक्स–टेललाइट र टी आकारको डेटाइम–रनिङ–हेडलाइट पाउन सकिन्छ ।

ओमोडा ई५ को इन्टेरियरमा २४.६ इन्चको डुअल स्क्रिन, २५६ रङको एम्बियन्ट लाइट, प्रिमियम ८ सोनी स्पिकरसहितको क्रोम डोर ह्याण्डल, विद्युतीय सनरुफ, ५० किलोवाटको वायरलेस चार्जर, भेन्टिलेटेड सिटहरू रहनेछन् ।

यसमा ब्लाइन्ड स्पट डिटेक्सन, लेन चेन्ज असिस्ट डिपार्चर रिमाइन्डर, एडप्टिभ क्रुज कन्ट्रोल, फ्रन्ट कोलिजन वार्निङ, लेन किपिङ असिस्ट, ट्राफिक जाम अभोइडेन्स असिस्टेन्ट, ६ वटाएयरब्याग लगायत १७ भन्दा बढी प्रकारका एडास फिचर दिइएको छ ।

यसमा ८ वर्ष वा १ लाख ६० हजार किलोमिटर गुड्दा सम्मको ब्याट्री वारेन्टी उपलब्ध हुनेछ ।

सम्बन्धित समाचारहरू

महिन्द्राको नयाँ इलेक्ट्रिक एसयूभी थार सार्वजनिक, यस्तो छ कम्पनीको भविष्यको योजना यस्तो छ

महिन्द्राको नयाँ इलेक्ट्रिक एसयूभी थार सार्वजनिक, यस्तो छ कम्पनीको भविष्यको योजना यस्तो छ

अन्ततः लामो समयदेखि बहुप्रतीक्षित महिन्द्राको नयाँ इलेक्ट्रिक एसयूभी...

ईभी, हाइब्रिड र सोलारपछि अब फ्लेक्स फ्युल कारको चर्चा : के हो फ्लेक्स फ्युल ?

ईभी, हाइब्रिड र सोलारपछि अब फ्लेक्स फ्युल कारको चर्चा : के हो फ्लेक्स फ्युल ?

इलेक्ट्रिक भेइकल, हाइब्रिड कार र सोलार कार पछि अब नयाँ फ्युलको चर्चा चलेको...

५० वर्ष पछि नयाँ इलेक्ट्रिक अवतारमा आउदै काइनेटिक लुना

५० वर्ष पछि नयाँ इलेक्ट्रिक अवतारमा आउदै काइनेटिक लुना

सन् १९७२ मा लन्च गरिएको काइनेटिक ग्रुपको लोकप्रिय मोडल लुना मोपेड...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...