अब २६ किलोमिटर भन्दा बढीको माइलेज दिने मारुती सुजुकी अर्टिगा

मारुती सुजुकी अर्टिगा अपडेट सहित लन्च गरिएको छ । यसको प्रारम्भिक मूल्य ८ लाख ३५ हजार भारु राखिएको छ, जबकि टप भेरिएन्ट जेडएक्सआई प्लसको मूल्य १२ लाख ७९ हजार भारु राखिएको छ । मारुती अर्टिगाको टप भेरिएन्टमा सीएनजीको विकल्प पनि दिइनेछ ।

अर्टिगा भारतमा पहिलो पटक सन् २०१२ मा लन्च गरिएको थियो । कम्पनीले हालसम्म अर्टिगाको ७ लाखभन्दा बढी युनिट बिक्री गरिसकेको छ । यस एमपीभीको लागि प्रि–बुकिङ यस महिनाको सुरुमा ११ हजार भारुमा सुरु भएको थियो ।

नयाँ अर्टिगा ४ ट्रिम र ११ ब्रान्ड भेरिएन्टमा उपलब्ध छ । भीएक्सआई, जेडएक्सआई र जेडएक्सआई प्लसमा ३ वटा अटोमेटिक विकल्प दिइएको छ, जबकि सीएनजी विकल्प पनि २ भेरिएन्टमा उपलब्ध छ ।

नयाँ मारुती सुजुकी अर्टिगामा म्यानुअल ट्रान्समिसन सहितको पेट्रोल इन्जिनले २०.५१ किलोमिटर प्रति लिटरको माइलेज प्रदान गर्छ । अटोमेटिक ट्रान्समिसनको साथ २०.३० किलोमिटर प्रति लिटरको माइलेज र सीएनजी मोडलमा २६.११ किलोमिटर प्रति लिटरको माइलेज प्रदान गर्छ । सीएनजी भेरिएन्ट म्यानुअल गियरबक्समा मात्र उपलब्ध छ ।

मारुती सुजुकी अर्टिगामा नयाँ ग्रिल, ७ इन्चको स्मार्टप्ले प्रो टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, अटोमेटिक क्लाइमेट कन्ट्रोल, इन्जिन स्टार्ट–स्टप बटन, हाइट एडजस्टेबल ड्राइभर सिट र सुजुकी कनेक्ट टेलिमेटिक्स जस्ता फिचर समावेश गरिएको छ । सो कार ६ रङमा उपलब्ध छ ।

नयाँ मारुती सुजुकी अर्टिगामा के–सिरिज १.५ लिटर ड्युअल भीभीटी इन्जिन जडान गरिएको छ । यसको पेट्रोल इन्जिनलाई ५ स्पिड म्यानुअल युनिट र नयाँ ६ स्पिड टर्क कन्भर्टर अटोमेटिक युनिटमा जोडिएको छ । अटोमेटिक गियरबक्समा प्याडल सिफ्टर पनि उपलब्ध छ ।

सम्बन्धित समाचारहरू

व्रेजामा थप भयो यी फिचर्स, छिट्टै नेपाल आउने

व्रेजामा थप भयो यी फिचर्स, छिट्टै नेपाल आउने

मारुती सजुकीकले आफ्नो सव कम्प्याक्ट एसयूभी व्रेजामा नयाँ फिचर्स थप गरेको...

नयाँ मारुती सुजुकी भिटारा एसयूभी आउदै, क्रेटा र सेल्टोससँग प्रतिस्पर्धा गर्ने

नयाँ मारुती सुजुकी भिटारा एसयूभी आउदै, क्रेटा र सेल्टोससँग प्रतिस्पर्धा गर्ने

मिड साइज एसयूभीको बिक्री बढ्दै गएको छ, लगभग सबै अटोमोबाइल कम्पनीले सो...

औपचारिक रुपमा बीएस६ सुजुकी एक्सेस १२५ स्कुटर नेपाली बजारमा

औपचारिक रुपमा बीएस६ सुजुकी एक्सेस १२५ स्कुटर नेपाली बजारमा

काठमाडौं – सुजुकी मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारिक आयातकर्ता...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...