प्रत्येक ५ मिनेटमा एउटा क्रेटा बिक्री !
हुन्डाई इण्डियाले क्रेटाको कुल बिक्री १० लाख युनिट नाघेको घोषणा गरेको छ ।...
इलेक्ट्रिक कारको वढ्दो लोकप्रियताले कम्वसन इन्जिनयुक्त नयाँ कार ओझेलमा पर्न थालेका छन् । पुष १ गतेबाट आयत खुल्ला भएपछि नेपाल आएका आधा दर्जन वढी मोडलका यस्ता कार अहिले गुमनाम अवस्थामा छन् । जवकी करको दरमा फेरवदल भएर मूल्य अस्थिर वनेपनि इलेक्ट्रिक कारको खपत भने वढिरहेको छ ।
इलेक्ट्रिक कारमा उपभोक्ताको वढ्दो क्रेजले पुष १ यता नेपाल आएका विभिन्न व्रान्डका आधा दर्जन वढी मोडलका नयाँ कार ओझेलमा परेका हुन् । हुन्डाई मोटर्सको नेपालका लागि आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले ल्याएको भेन्यू र ग्रान्ड आई १० नियोस फेसलिफ्ट नयाँ लुक्स र फिचर थप भएर आएपनि यी नयाँ कारले बजारमा खासै राम्रो प्रतिक्रिया पाउन सकिरहेका छैनन् । कम्पनीले भेन्यू फेसलिफ्टको मूल्य ४० लाख ९६ हजारदेखी ५७ लाख ९६ हजारसम्म र नियोस फेसलिफ्टको २९ लाख ९६ हजारदेखी ३७ लाख ५६ हजार रुपैयाँसम्म कायम गरेर बिक्री गर्दै आएको छ ।
यसैगरी महिन्द्राको वहुप्रतिक्षित प्रिमियम एसयूभी एक्सयूभी ७०० र अर्को एक्सयूभी ३०० टर्बो स्पोर्ट ले पनि राम्रो व्यापार गर्न सकिरहेको छैन । महिन्द्राको प्यासेन्जर कार पोर्टफोलियोमा सवैभन्दा महंगो एसयूभीका रुपमा परिचित एक्सयूभी ७०० को टप भेरिएन्टको मूल्य १ करोड १० लाख र वेस भेरिएन्टलाई ७४ लाख रुपैयाँ निर्धारण गरेर आधिकारिक वितरक अग्नी इन्कपोरेटेड प्रालिले यसको बिक्री गर्दै आएको छ । साथै एक्सयूभी ३०० टर्बो स्पोर्टको शुरुवाती मूल्य ४२ लाख ९५ हजार रुपैयाँ तोकिएको छ ।
मारुती सुजुकीले नेपाल ल्याएको ग्राण्ड भिटारा र नयाँ व्रेजाले समेत ग्राहकको मन जित्न सकिरहेको छैन । सीजी मोटो कर्पले ग्राण्ड भिटारलाई स्मार्ट र स्ट्रङ हाइव्रिड गरी दुई भेरिएन्टमा नेपाल ल्याएको थियो । जसको मूल्य ६३ लाख ९९ हजारदेखी ८८ लाख २९ हजार रुपैयाँसम्म निर्धारण गरिएको छ । यसअघि निकै नै सफल सव फोर मिटर एसयूभीका रुपमा परिचित भिटारा व्रेजाको नयाँ भर्सन व्रेजाको मूल्य ४५ लाखदेखी ५६ लाख २९ हजार रुपैयाँसम्म निर्धारण गरी बिक्री हुँदै आएको छ ।
महंगो र प्रिमियम सेग्मेन्टमा आएका जीप मेरिडियन र फोर्ड एभरेष्ट पनि गुमनामकै अवस्थामा रहेका छन् । जीप मेरिडियनलाई लाइफ अटोमावाइलले १ करोड ८० लाख ९० हजार र एभरेष्ट नेक्स्ट जेन मोडललाई जीओ अटोमोवाइलले २ करोड ४० लाख रुपैयाँ निर्धारण गरेर बिक्री गर्दै आएको छ । अर्थतन्त्रमा देखिएको चरम मन्दि र वैंक तथा वित्तिय संस्थाले अटोलोनमा गरेको कडाईको साथै उच्च व्याजदरका कारण अहिले करोड माथीको गाडी खरिद गर्न चाहने ग्राहक भेटिनै मुश्किल परेका कारण आफूहरुको बिक्री प्रभावित वनेको सम्वद्ध कम्पनी स्रोतहरुको भनाई छ ।
इभीमा देखिएको क्रेजको शिकार पछिल्लो समय नेपाल आएको फ्रेन्च अटो ब्रान्ड सिट्रोन सी३ समेत वन्ने देखिएको छ । सांग्रिला मोटर्सले आयत गरी ल्याएको यो नयाँ कारको मूल्य ३४ लाख ४९ हजार र ३६ लाख ४९ हजार रुपैयाँ तोकिएको छ । अटोबजार इभीमय वनेपछि यो नयाँ कार खरिद गर्न ग्राहकले खासै रुची देखाएका छैनन् ।
हुन्डाई इण्डियाले क्रेटाको कुल बिक्री १० लाख युनिट नाघेको घोषणा गरेको छ ।...
हुन्डाईले आफ्नो क्रेटा इलेक्ट्रिक भारत मोबिलिटी ग्लोबल एक्सपो २०२५ मा...
भारतमा आज मारुती सुजुकीले नयाँ बलेनो लन्च गर्न लागेको छ र यस पटक कम्पनीले...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...