कस्तो रहला निशान म्याग्नाइटको नेपाली बजार


भारतीय बजारमा अहिले क्रसओभर भनिने साना एसयुभीको माग उच्च छ । प्राय सबैजसो कम्पनीहरुले यस्ता एसयुभी उत्पादन गरिरहेका छन् । मिड साइज एसयुभीभन्दा केही सानो आकारको यस्ता गाडी सस्तो मुल्यका कारण समेत लोकप्रिय बनेका हुन् ।

भारतमा जस्तै नेपाली बजारमा समेत पछिल्लो समय यस्ता एसयुभीको माग बढिरहेको छ । ह्याचब्याक कारबाट अपग्रेड हुन चाहने अधिकांश मध्यम बर्गिय उपभोक्ताको रोजाइमा पर्न सफल क्रसओभर सेग्मेन्टको बजार बढ्न थालेपछि बितरक कम्पनीहरुले समेत यसै सेग्मेन्टमा बढी जोड दिइरहेका छन् । नेपाली बजारमा हुन्डाई, सुजुकी, किया, फोर्ड, महिन्द्रा र टाटा ब्रान्डका यस्ता एसयुभीले बढी चर्चा बटुलेका छन् । नेपालमा यस्ता एसयुभीको मुल्य ३५ लाखदेखी शुरु हुने गरेको छ । यो भनेको टप भेरियन्टको ह्याचब्याक कार भन्दा ५ लाख हाराहारीले मात्रै महंगो हो । ह्याचब्याकको मुल्यमा थोरै रकम थप गरेपछि एसयुभीकै झल्को दिने यस्ता साना एसयुभी खरिद गर्न सकिने अबस्थाका कारण पनि नेपालमा पछिल्लो समय यो सेग्मेन्टको बजार फस्टाइरहेको सहजै अनुमान लगाउन सकिन्छ ।

हाल यो सेग्मेन्टमा सुजुकी ब्रेजा र हुन्डाई भेनस बिच कडा प्रतिस्पर्धा भइरहेको छ । त्यसैगरी टाटा नेक्सन र फोर्ड इकोस्पोर्टले समेत राम्रै कारोबार गरिरहेका छन् । २ महिना अघिमात्र नेपाल भित्रिएको किया सोनेटले समेत यो सेग्मेन्टमा राम्रो बजार लिने यसको शुरुवाती बिक्री रेकर्डले देखाएको छ । २ महिनाको अबधीमा सोनेट २५० युनिट बिक्री भएको बितरक कम्पनी कन्टिनेन्टल इन्टरप्राइजेजले बताएको छ ।

यो सेग्मेन्टमा निशान समेत आक्रमक बजार रणनितिका साथ बजार प्रबेश गर्ने रणनितीमा छ । भारतीय बजारमा सार्बजनिक भइसकेको निशान म्याग्नाइटले त्याँहाको बजारमा एकपछि अर्को रेकर्ड कायम गरिरहेको छ । बुकिङ खुलेको १५ दिनमै १० हजार युनिट बुकिङ भएबाट यो एसयुभीले नेपाली बजारमा समेत राम्रै प्रभाव पार्ने अनुमान लगाउन सकिन्छ । नेपालमा जापनिज ब्रान्डप्रति उपभोक्ताको बिश्वास उच्च रहेका कारण उक्त बिश्वासको जगमा बजार बिस्तार गर्न निशानलाई सहज हुनेछ । जनवरीको अन्तिम अर्थात फेब्रुअरीको पहिलो साता म्याग्नाइटलाई प्रतिस्पर्धात्मक मुल्यका साथ बजारमा उतार्ने आधिकारिक बितरक पायोनियर मोटो कर्पले बताएको छ । म्याग्नाइट भित्रिएपछि यसले सुजुकी ब्रेजा, हुन्डाई भेनस, टाटा नेक्सन र किया सोनेटसंग सिधा प्रतिस्पर्धा गर्नुपर्ने छ ।

यस्तो छ निशान म्याग्नाइट
म्याग्नाइट एक्सई, एक्सएल, एक्सभी, एक्सभी प्रिमियम भेरिएन्टमा उपलब्ध रहेको छ । सबैभन्दा माथिल्लो भेरिएन्टमा एलईडी डीआरएलसहितको बाई–प्रोजेक्टर हेडल्याम्प, १६ इन्चको डायमन्ड कट अलोय ह्विल, इलेक्ट्रिकल्ली एड्जस्टेबल र फोल्डेबल विङ मिरर, रुफरेलका साथै फ्रन्ट र रियर फक्स स्किड प्लेट लगायतका विभिन्न इक्विपमेन्ट उपलब्ध छन् ।
त्यसैगरी यसमा ८.० इन्च टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम छ, जसमा सेगमेन्ट फर्स्ट वायरलेस एप्पल कारप्ले र एन्ड्रोइड अटो कनेक्टिभिटी छ । इन्स्ट्रयुमेन्ट क्लस्टरका लागि ७.० इनच टीएफटी डिस्प्ले छ । यी वाहेक भ्वाइस रिकग्निसन टेक्नोलोजी, पुस बटन स्टार्ट, क्रुज कन्ट्रोल, ३६० डिग्री अराउन्ड भ्यु क्यामेरा, टायर प्रेसर मोनिटर र इन्टेरियरमा सबै ब्ल्याक थिम रहेको छ

निसान म्याग्नाइट दुई इन्जिन अप्सनमा उपलब्ध छ । पहिलो १.० लिटर थ्री सिलिन्डर नेचुरल्ली एस्पिरेटेड इन्जिनले ७२ एचपी पावर र ९८ एनएम टर्क तथा अर्को टर्बो पेट्रोल इन्जिनले १०० एचपी पावर र १६० एनएम टर्क जेनेरेट गर्छ ।

 

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...