नेपालमा प्रभाब बढाउँदै चाइनिज ब्रान्डका टु ह्विलर, कस्तो रहला अबको बजार
नेपालको टु ह्विलर बजारमा पछिल्लो समय चिनियाँ ब्रान्डले बलियो पकड बनाउन...
चर्चित हास्य कलाकार मनोज गजुरेलले यामाहा व्रान्डको रे–जेडआर १२५ एफआई स्कुटर खरिद गरेका छन् । उनले यामाहाको रातोपुलस्थित विक्रेता गोर्खा मनकामना अटो इन्टरप्राइजेजवाट केहि दिन अघि यो स्कुटर खरिद गरेका हुन् । गजुरेलले खरिद गरेको यो स्कुटर उच्च माइलेज र आकर्षक लुक्स तथा अत्याधुनिक विशेषताका कारण अहिले नेपाली बजारमा लोकप्रिय वनिरहेको छ ।
यो स्कुटरलाई यामाहाले ‘आइएम ५८ किलोमिटर प्रतिलिटर’ स्लोगन राखेर प्रमोशन गरिरहेको छ । यसमा जडान गरिएको एफआई इन्जिनका कारण यति धेरै माइलेज दिन सफल भएको कम्पनीको भनाइ छ । यही सेग्मेन्टका अन्य स्कुटरको तुलनामा सर्वाधिक माइलेज दिने दावी गरिएको यो स्कुटर प्रयोग गर्दा ग्राहकले तीन वर्षमा इन्धनबापत हुने खर्चबाट १ लाख रुपैयाँसम्म वचत गर्न सक्ने बताइएको छ ।
यो स्कुटरमा १२५ सीसी क्षमताको एफआई व्लुकोर इन्जिन जडान गरिएको छ । जसको अधिकतम पावर ८.२ पीएस र टर्क ९.७ एनएम रहेको छ । यो स्कुटरमा ५.२ लिटर क्षमताको इन्धन ट्यांकी छ ।
यो स्कुटरमा ‘एक्स–कनेक्ट’ टेक्नोलोजी दिइएको छ । जसले यो स्कुटरलाई प्रविधिमैत्री त वनाएको छ नै साथमा प्रयोग गर्न सजिलो र सहज समेत बनाएको छ । आकर्षक लुक्स तथा डिजाइनमा उपलब्ध यो स्कुटर २ भेरिएन्टमा उपलब्ध छ । जसको मूल्य रेगुलर भेरिएन्टको २ लाख ६१ हजार ९ सय र स्ट्रिट ¥यालीको २ लाख ८९ हजार ९ सय रुपैयाँ निर्धारण गरिएको छ ।
नेपालको टु ह्विलर बजारमा पछिल्लो समय चिनियाँ ब्रान्डले बलियो पकड बनाउन...
यामाहाले भारतीय बजारमा डिजिटल माध्यमबाट आर१५ भी४ मोटरसाइकल लन्च गरेको छ ।...
काठमाडौं – यामाहा मोटरसाइकलको आधिकारिक वितरक एमएडब्लु इन्टरप्राइजेजले...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...