चर्चित कलकार मनोज गजुरेलले खरिद गरे यामाहा रे–जेडआर १२५ स्कुटर

चर्चित हास्य कलाकार मनोज गजुरेलले यामाहा व्रान्डको रे–जेडआर १२५ एफआई स्कुटर खरिद गरेका छन् । उनले यामाहाको रातोपुलस्थित विक्रेता गोर्खा मनकामना अटो इन्टरप्राइजेजवाट केहि दिन अघि यो स्कुटर खरिद गरेका हुन् । गजुरेलले खरिद गरेको यो स्कुटर उच्च माइलेज र आकर्षक लुक्स तथा अत्याधुनिक विशेषताका कारण अहिले नेपाली बजारमा लोकप्रिय वनिरहेको छ ।

यो स्कुटरलाई यामाहाले ‘आइएम ५८ किलोमिटर प्रतिलिटर’ स्लोगन राखेर प्रमोशन गरिरहेको छ । यसमा जडान गरिएको एफआई इन्जिनका कारण यति धेरै माइलेज दिन सफल भएको कम्पनीको भनाइ छ । यही सेग्मेन्टका अन्य स्कुटरको तुलनामा सर्वाधिक माइलेज दिने दावी गरिएको यो स्कुटर प्रयोग गर्दा ग्राहकले तीन वर्षमा इन्धनबापत हुने खर्चबाट १ लाख रुपैयाँसम्म वचत गर्न सक्ने बताइएको छ ।

यो स्कुटरमा १२५ सीसी क्षमताको एफआई व्लुकोर इन्जिन जडान गरिएको छ । जसको अधिकतम पावर ८.२ पीएस र टर्क ९.७ एनएम रहेको छ । यो स्कुटरमा ५.२ लिटर क्षमताको इन्धन ट्यांकी छ ।

यो स्कुटरमा ‘एक्स–कनेक्ट’ टेक्नोलोजी दिइएको छ । जसले यो स्कुटरलाई प्रविधिमैत्री त वनाएको छ नै साथमा प्रयोग गर्न सजिलो र सहज समेत बनाएको छ । आकर्षक लुक्स तथा डिजाइनमा उपलब्ध यो स्कुटर २ भेरिएन्टमा उपलब्ध छ । जसको मूल्य रेगुलर भेरिएन्टको २ लाख ६१ हजार ९ सय र स्ट्रिट ¥यालीको २ लाख ८९ हजार ९ सय रुपैयाँ निर्धारण गरिएको छ ।

सम्बन्धित समाचारहरू

४ लाख ६० हजार मूल्य भएको यामाहा एमटी–१५ बीएस६ को बढ्दो क्रेज

४ लाख ६० हजार मूल्य भएको यामाहा एमटी–१५ बीएस६ को बढ्दो क्रेज

यामाहालाई धेरैले स्पोर्ट्स बाइक ब्रान्डको पर्यायबाचीको रुपमा लिन्छन् ।...

यामाहाको ‘महा एक्सचेन्ज मेला’ सुरु, अनमोल केसीले गरे उद्घाटन : यामाहा एफजेड–एक्स मुख्य आकर्षण

यामाहाको ‘महा एक्सचेन्ज मेला’ सुरु, अनमोल केसीले गरे उद्घाटन : यामाहा एफजेड–एक्स मुख्य आकर्षण

काठमाडौं — राजधानीको भृकुटीमण्डपमा यामाहाको ‘महा एक्सचेन्ज मेला’सुरू...

यामाहाले ल्याउने मिडिलवेट फुल्ली फेयर्ड सुपरस्पोर्ट बाइक आर७ को थप फिचर सार्वजनिक

यामाहाले ल्याउने मिडिलवेट फुल्ली फेयर्ड सुपरस्पोर्ट बाइक आर७ को थप फिचर सार्वजनिक

यामाहाले आगामी मे १८ मा नयाँ बाइक आर७ को ग्लोबल डेब्यु गर्ने भएको छ । केही...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...