मोटर स्पोर्ट्समा क्रियाशील ९ व्यक्ति च्याम्पियन्स अवार्डद्वारा सम्मानित
काठमाडौं – मोटर स्पोर्ट्सको क्षेत्रमा काम गर्ने संस्था अटोमोबाइल्स...
काठमाडौं - ११५औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा सिप्रदी ट्रेडिङ प्रालिअन्तर्गतको म्याक लुब्रिकेन्ट्सले महिलालक्षित बाइक र्याली आयोजना गरेको छ ।
शनिबार सिप्रदी ट्रेडिङ थापाथली शिखर बिजबाट एन्फा कम्प्लेक्स सातदोबाटोसम्म ‘एक्सिलेट एक्सन हर डे हर वे’ भन्ने नाराका साथ बाइक र्याली आयोजना गरिएको हो । महिला दिवसमा थप ऊर्जा जोडेर भव्यताका साथ सम्पन्न गर्नका लागि विशेषगरी महिलाहरुकै लागि बाइक र्याली आयोजना गरिएको म्याक लुब्रिकेन्ट्सका बिजनेस हेड दिनेश केसीले जानकारी दिए ।
र्यालीमा म्याक लुब्रिकेन्ट्सको प्रोडक्ट म्याक ४० स्कुटेक एनएक्सटी र म्याक ४० एनएक्सटी प्रयोग गरिएको थियो । यी दुवै साधनले महिलाहरुको हरेक यात्रा सुरक्षित बनाई सफलतामा पुग्न सहयोग पुर्याउने भएकाले यसले महिला सशक्तिकरणमा भूमिका खेल्ने बिजनेस हेड केसीले विश्वास व्यक्त गरे ।
म्याक लुब्रिकेन्ट्सद्वारा उत्पादित सवारी साधनले सफलताको लागि संघर्ष गरिरहेका हरेक महिलाहरुलाई जहाँ पनि सहजता र सुरक्षाका साथ पुर्याइदिने उनको भनाई छ । साथै महिलाहरुको मनोबल उच्च बनाउन, घरेलु हिंसा कम गर्न, समान अवसर र सहभागिता प्रदान गर्ने उद्देश्यले यो र्याली आयोजना गरिएको हाे ।

र्यालीमा २० जना लेडी बाइकरहरुको सहभागिता रहेको थियो । जसमा वर्षा बस्नेत र सुरक्षा केसीलगायतका चर्चित लेडी बाइकरहरुका साथै उनकै टिमको लेडी बाइकरहरु पनि उपस्थित थिए ।

महिला लक्षित र्यालीपछि एन्फा कम्प्लेक्समा सुरक्षित ड्राइभिङसम्बन्धी विभिन्न प्रतियोगिताहरु पनि आयोजना गरिएको थियो ।

काठमाडौं – मोटर स्पोर्ट्सको क्षेत्रमा काम गर्ने संस्था अटोमोबाइल्स...
क्रसफायर मोटरसाइकल तथा इटालिका मोटो स्कुटरको नेपालका लागि आधिकारिक वितरक...
काठमाडौं–हेटौडा अटोमोबाइल्स एसोसिएसनका पदाधिकारी तथा सम्पूर्ण...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...