शुरु भयो ट्रान्स हिमालय एड्भेन्चर, मुस्ताङका लागि प्रस्थान गरे बाइकर
काठमाडौं – मुस्ताङ सम्म पुग्नका लागि काठमाडौबाट बाइकरको टोली प्रस्थान...
काठमाडौं - ११५औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा सिप्रदी ट्रेडिङ प्रालिअन्तर्गतको म्याक लुब्रिकेन्ट्सले महिलालक्षित बाइक र्याली आयोजना गरेको छ ।
शनिबार सिप्रदी ट्रेडिङ थापाथली शिखर बिजबाट एन्फा कम्प्लेक्स सातदोबाटोसम्म ‘एक्सिलेट एक्सन हर डे हर वे’ भन्ने नाराका साथ बाइक र्याली आयोजना गरिएको हो । महिला दिवसमा थप ऊर्जा जोडेर भव्यताका साथ सम्पन्न गर्नका लागि विशेषगरी महिलाहरुकै लागि बाइक र्याली आयोजना गरिएको म्याक लुब्रिकेन्ट्सका बिजनेस हेड दिनेश केसीले जानकारी दिए ।
र्यालीमा म्याक लुब्रिकेन्ट्सको प्रोडक्ट म्याक ४० स्कुटेक एनएक्सटी र म्याक ४० एनएक्सटी प्रयोग गरिएको थियो । यी दुवै साधनले महिलाहरुको हरेक यात्रा सुरक्षित बनाई सफलतामा पुग्न सहयोग पुर्याउने भएकाले यसले महिला सशक्तिकरणमा भूमिका खेल्ने बिजनेस हेड केसीले विश्वास व्यक्त गरे ।
म्याक लुब्रिकेन्ट्सद्वारा उत्पादित सवारी साधनले सफलताको लागि संघर्ष गरिरहेका हरेक महिलाहरुलाई जहाँ पनि सहजता र सुरक्षाका साथ पुर्याइदिने उनको भनाई छ । साथै महिलाहरुको मनोबल उच्च बनाउन, घरेलु हिंसा कम गर्न, समान अवसर र सहभागिता प्रदान गर्ने उद्देश्यले यो र्याली आयोजना गरिएको हाे ।
र्यालीमा २० जना लेडी बाइकरहरुको सहभागिता रहेको थियो । जसमा वर्षा बस्नेत र सुरक्षा केसीलगायतका चर्चित लेडी बाइकरहरुका साथै उनकै टिमको लेडी बाइकरहरु पनि उपस्थित थिए ।
महिला लक्षित र्यालीपछि एन्फा कम्प्लेक्समा सुरक्षित ड्राइभिङसम्बन्धी विभिन्न प्रतियोगिताहरु पनि आयोजना गरिएको थियो ।
काठमाडौं – मुस्ताङ सम्म पुग्नका लागि काठमाडौबाट बाइकरको टोली प्रस्थान...
काठमाडौं–स्मार्ट लुब्रिकेन्ट्सको तेस्रो वार्षिक साधारणसभा...
मोटुल लुब्रिकेन्ट विश्वमै गुणस्तरीय लुब्रिकेन्टको रुपमा परिचित छ ।...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...