यसपालीको दशैं तिहारः यी गाडीमा धेरै आकर्षण

सवारीसाधनको मुख्य सिजन दशैं तिहारलाई लक्षित गरी बिभिन्न अटोमोबाइल कम्पनीहरुले नयाँ गाडी सार्वजनिक गरेका छन् । मिठो खाने र नयाँ लाउने पर्वका रुपमा लिइने दशैं तिहारमा नयाँ गाडी किन्ने ग्राहकहरु समेत उत्तिकै मात्रामा भेटिन्छन् । यो सिजनमा प्रायः सबैजसो कम्पनीहरुले आकर्षक स्किम तथा अफरहरु सार्बजनिक गर्ने हुँदा पनि ग्राहकहरु नयाँ सवारीसाधन खरिद गर्नकै लागि भनेर दशैं तिहारलाई कुर्ने गरेको पाइन्छ ।

विजया दशमी अर्थात टिकाको नौ दिनअघि पर्ने घटस्थापनाको दिनदेखि नेपालमा दशैं शुरु भएको मानिन्छ । त्यसैले दशैंमा नयाँ सवारीसाधन भित्र्याउने सोचाइमा रहेका अधिकांश ग्राहकहरु यसै दिनदेखि नयाँ गाडी खरिद गर्न थाल्छन् । घटस्थापना देखि सप्तमी अर्थात फुलपातीको दिनसम्म शोरुमहरुलाई नयाँ गाडी डेलिभरी दिन भ्याई नभ्याई हुन्छ । दशैं तिहारमा कुन कम्पनीले कतिवटा गाडी बिक्री गरे भनेर यसको चर्चा पछिसम्म हुने हुँदा यो अवधिमा बढीभन्दा बढी गाडी डेलीभरी गर्न शोरुमहरुले ठूलै कसरत गरिरहेका हुन्छन् ।

कोरोना महामारीका कारण प्रायः सबै क्षेत्र प्रभावित बनिरहेको अहिलेको विषम परिस्थितिमा सवारीसाधनको बिक्री विगतका वर्षहरुमा झै नभए पनि केही ब्रान्डका नयाँ कारहरुले भने राम्रै चर्चा बटुल्न सफल देखिन्छन् । महामारीकै बीचमा हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले ३ वटा नयाँ मोडल सार्वजनिक ग¥यो । कम्पनीले कम्प्याक्ट सेडान औरा, ग्रान्ड आई १० नियोस र चर्चित कम्प्याक्ट एसयूभी क्रेटाको नयाँ जेनेरेसन सार्बजनिक गरेको हो ।

जसमध्ये नयाँ क्रेटा अहिले सर्बाधिक चर्चामा छ । प्रतिकूल समयका बाबजुद राम्रै संख्यामा नयाँ क्रेटा बिक्री भइरहेको कम्पनी स्रोतले बताएको छ । त्यसैगरी ग्रान्ड आई १० नियोसको बिक्री समेत उल्लेख्य मात्रामा भइरहेको भनाइ छ ।

टाटा गाडीको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले सार्वजनिक गरेको प्रिमियम ह्याचब्याक अल्ट्रोज समेत अहिले लोकप्रिय बनिरहेको छ । यो गाडी केहीदिन पहिले मात्र नेपाली बजारमा सार्बजनिक गरिएको हो । अहिले यो गाडीमा ग्राहकहरुको आकर्षण बढिरहेको बताइएको छ । टाटाकै अर्को चर्चित क्रसओभर नेक्सन अहिले राम्रै संख्यामा बिक्री भइरहेको सिप्रदी स्रोतले बताएको छ । ग्लोबल क्र्यास टेष्टमा ५ स्टार सेफ्टी रेटिङ हात पारेको नेक्सन सुरक्षित गाडी भएको भन्दै ग्राहकहरु यसमा आकर्षित बनेका हुन् ।

निसान र ड्याट्सन गाडीको आधिकारिक वितरक पायोनियर मोटोकर्प प्रालिले रेडी गो फेसलिफ्ट सार्वजनिक गरेको छ । पुरानो रेडी गोको एक्सटेरियरमा केही परिवर्तत गरी सार्वजनिक गरिएको नयाँ कारमा अहिले ग्राहकहरुले रुचि देखाएको कम्पनीले बताएको छ । कम मूल्यमा स्तरीय ह्याचब्याक प्रयोग गर्न चाहने ग्राहकहरु यो कारमा आकर्षित देखिएका छन् । त्यसैगरी निसानको लोकप्रिय कम्प्याक्ट एसयूभी किक्स अहिलेको परिस्थितिमा समेत राम्रै संख्यामा बिक्री भइरहेको पायोनियर स्रोतले बताएको छ । बलियो, आरामदायी र जापनिज ब्रान्डको लिगेसीका कारण किक्स एसयूभी पारखीको रोजाइमा पर्दै आइरहेको छ ।

उता यसपालीको दशैं तिहारलाई लक्षित गरी कुनैपनि नयाँ मोडल सार्बजनिक नगरेको मारुती सुजुकीका पुराना मोडलका कारहरु स्विफ्ट, ब्रेजा र बलेनोको बिक्री समेत दशैं तिहार शुरु भएसँगै बढ्न थालेको छ । यी गाडी सेग्मेन्टमै सर्बाधिक बिक्री हुने मोडल हुन् । सुजुकीका कारहरु आधुनिक फिचर्स र बलियो तथा मबजुत इन्जिनको साथै अन्य किफायती विशेषताका कारण ग्राहकमाझ लोकप्रिय छन् ।

किया गाडीको आधिकारिक वितरक कन्टिनेन्टल इन्टरप्राइजेज दशै अगाडि नै किया सोनेट सार्बजनिक गर्ने तयारीमा जुटिरहे पनि हालसम्म उक्त क्रसओभर नेपाल आउन सकिरहेको छैन । भारतीय बजारमा बढी माग भएका कारण दशै अगाडि यो गाडी नेपाल भित्रिने सम्भावना न्यून देखिन्छ । यद्यपि कम्पनीले हाल बुकिङ भने लिइरहेको छ । कम्पनीले सोनेटको बुकिङको साथै सेल्टोस एसयूभी राम्रै संख्यामा बिक्री गरिरहेको बताइएको छ । भारतमा र नेपालमा सेल्टोसले हुन्डाई क्रेटासँग प्रतिस्पर्धा गरिरहेको छ ।

त्यसैगरी रेनो क्विड, महिन्द्रा स्कर्पियो र एक्सयूभी ३००, फक्सवागन पोलो बीएस ६, जिप कम्पास, फोर्ड इकोस्पोर्ट जस्ता चर्चित गाडीहरुमा समेत ग्राहकको आकर्षण बढिरहेको बताइएको छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...