बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
काठमाडौं – नेपालका ख्यातिप्राप्त क्रिकेटर र नेपाली क्रिकेट टिमका पूर्व कप्तान तथा अग्नि इंकका ब्रान्ड एम्बेसेडर पारस खड्काले ‘महिन्द्रा उत्सव’ अन्तर्गत योजनाको एक अंशका रूपमा आयोजित ‘लक्की ड्र’ कार्यक्रममार्फत ३ बम्पर पुरस्कार विजेताहरूको घोषणा गरे ।
यस अन्तर्गत भाग्यशाली ड्र विजेताहरूको रुपमा शहिदभूमि, धनकुटाका योगराज राई र नेपालगन्जका निरन्जना चौधरी र रामबहादुर कामी विजेता बनेका छन् ।
नेपालका लागि महिन्द्रा अटोमोबाइल र ट्रयाक्टरहरूको अधिकृत वितरक, अग्नि इन्कर्पोरेटेडले आफ्ना ग्राहकहरूलाई लक्षित गर्दै चाडपर्वका अवसरमा ‘महिन्द्रा उत्सव’ नारासहित विशेष योजना अघि सारेको थियो । यस योजनाअन्तर्गत महिन्द्राले आफ्ना ग्राहकहरूलाई खेतीसम्बन्धी लाभदायक योजनाहरू उपलब्ध गराएको थियो, जसले वर्तमान महामारीको स्थितिमा पनि कृषि क्षेत्रमा योगदान पु¥याएका छन् ।
यस योजना अन्तर्गत जीवन बिमा (रु ५ लाखको दुर्घटना बिमा र १ लाख रुपैयाँको स्वास्थ्य बिमा) सहित रोटाभेटरमा ५० प्रतिशत छुट वा तीन वर्षको निःशुल्क सर्भिसिङसहितका पक्का उपहार राखिएको थियो । यसका साथै, रोमाञ्चक बम्पर पुरस्कारका रुपमा महिन्द्रा पावरोल फाइभ केभीए डीजी (डिजल जेनरेटर)े ३ जना भाग्यशाली विजेताहरुलाई लक्की ड्र कार्यक्रममार्फत प्रदान गरिने व्यवस्था गरिएको थियो ।
दशैं, तिहार, छठ र विश्वकर्मा पूजाको शुभ अवसरमा महिन्द्रा ट्रयाक्टर खरिद गर्ने ग्राहकहरूका लागि ‘महिन्द्रा उत्सव’ योजना सञ्चालत गरिएको थियो । यो योजना ३० भाद्र २०७७ (१५ सेप्टेम्बर) देखि १५ मंसिर २०७७ (३० नोभेम्बर २०२०) सम्म मान्य थियो ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...