ब्याट्री, रेन्ज, फिचर र मूल्यको हिसाबले महिन्द्रा बीई ६ र टाटा कर्भ ईभीमा कुन उत्कृष्ट

इलेक्ट्रिक एसयूभीको माग लगातार बढिरहेको छ । हालै महिन्द्राले बीई६ इलेक्ट्रिक एसयूभी लन्च गरेको थियो र अटो एक्सपो २०२५ मा यसको मूल्य घोषणा गरिसकेको छ । सो एसयूभीले भारतीय बजारमा टाटा कर्भ ईभीसँग प्रतिस्पर्धा गर्नेछ ।

महिन्द्राको गाडी नेपाल आउने समय निश्चित नभए पनि टाटा कर्भ ईभी भने करिव एक महिना पश्चात नै नेपाल आउने भएको छ ।

बीई६ इलेक्ट्रिक एसयूभीमा दुईवटा ब्याट्री प्याकको विकल्प छ । यसको बेस भेरिएन्ट प्याक वनमा कम्पनीले ५९ किलोमिटर क्षमताको ब्याट्री उपलब्ध गराएको छ, जसले फुल चार्जमा ५५७ किलोमिटरको रेन्ज दिन्छ । यसमा जडान गरिएको मोटरले १७९ किलोवाटको पावर र ३८० एनएम टर्क जेनेरेट गर्छ ।

टाटा कर्भ ईभीमा ४५ किलोवाट र ५५ किलोवाट क्षमताको ब्याट्री विकल्प रहेको छ । यसको लङ्ग रेन्ज भेरिएन्टले फुल चार्जमा ५८५ किलोमिटरको रेन्ज दिन्छ र ४५ किलोवाट ब्याट्रीले ५०२ किलोमिटरको रेन्ज प्रदान गर्छ । यसको ब्याट्री ७० किलोवाटको चार्जरबाट १० देखि ८० प्रतिशत मात्र ४० मिनेटमा चार्ज गर्न सकिन्छ भने १५ मिनेटको चार्जबाट १५० किलोमिटरसम्मको रेन्ज प्रदान गर्छ ।

महिन्द्राको बीई६ मा बाई-एलईडी प्रोजेक्टर हेडल्याम्प, १२.३ इन्चको दुई वटा  स्क्रिन, एलईडी डीआरएल, टर्न इन्डिकेटर, १८ इन्चको अलोय ह्विल, ६ स्पिकर अडियो सिस्टम, ओटीए अपडेट, वायरलेस एन्ड्रोइड अटो, एप्पल कार प्ले, पुश बटन स्टार्ट, टिल्ट र टेलिस्कोपिक स्टेयरिङ ह्विल, टाइप सी चार्जिङ पोर्ट, क्रुज कन्ट्रोल, मल्टि ड्राइभ मोड, अटो एसी, अटो हेडल्याम्प, अटो वाइपर, कन्सोल कुलिङ स्टोरेज जस्ता फिचर प्रदान गरिएको छ।

टाटा कर्भमा १८ इन्चको ह्विल, ४५० एमएम वाटर वेडिङ क्षमता, फ्लस डोर ह्यान्डल, कनेक्टेड एप, एलईडी लाइट, भेन्टिलेटेड सिट, मल्टि ड्राइभ मोड, एम्बियन्ट लाइट, प्यानोरामिक सनरुफ, जेस्टर एक्टिभेसनसहितको पावरेड टेलगेट, क्रुज कन्ट्रोल, एयर प्युरिफायर, रेन सेन्सिङ वाइपर, कुल्ड ग्लोब बक्स जस्ता फिचर प्रदान गरिएको छ ।

महिन्द्रा बीई६ को मूल्य १८ लाख ९० हजार भारु छ। यसको शीर्ष भेरिएन्टको मूल्य २६ लाख ९० हजार भारु छ । जबकि टाटा कर्भ ईभीको बेस भेरिएन्टको एक्स-शोरूम मूल्य १७ लाख ४९ हजार र शीर्ष भेरिएन्ट मूल्य २१ लाख ९९ हजार भारु छ ।

सम्बन्धित समाचारहरू

लन्च भएको १० महिनामै १ लाख युनिट पन्च उत्पादन, नेपाल आउने मिती अझै अनिश्चित

लन्च भएको १० महिनामै १ लाख युनिट पन्च उत्पादन, नेपाल आउने मिती अझै अनिश्चित

टाटा मोटर्सको माइक्रो एसयूभी पन्चले लन्च भएको १० महिना अवधिमा १ लाख युनिट...

टाटा ह्यारियर र हुन्डाई क्रेटा ईभीमा को अघि ? यस्तो छ भिन्नता

टाटा ह्यारियर र हुन्डाई क्रेटा ईभीमा को अघि ? यस्तो छ भिन्नता

टाटा मोटर्सले हालै आफ्नो बहुप्रतिक्षित इलेक्ट्रिक एसयूभी ह्यारियर लन्च...

टाटा स्कुल बस चेकअप क्याम्प शुरु, स्पेयर पार्टसमा छुटदेखी निशुल्क चेकअपको सुबिधा

टाटा स्कुल बस चेकअप क्याम्प शुरु, स्पेयर पार्टसमा छुटदेखी निशुल्क चेकअपको सुबिधा

टाटा मोटर्सको नेपालका लागि आधिकारिक बितरक सिप्रदी ट्रेडिङ प्रालिले स्कुल...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...