महिन्द्राले सन् २०२७ मा नयाँ इलेक्ट्रिक एसयूभी लन्च गर्ने, एक पटक चार्जमा ६७९ किमीसम्मको रेन्ज दाबी

महिन्द्राले सन् २०२७ मा आफ्नो नयाँ इलेक्ट्रिक एसयूभी लन्च गर्ने पुष्टि गरेको छ। कम्पनीले हाल यसलाई बीओ७ कोडनाम दिएको छ ।

महिन्द्राको नयाँ बीओ७ एसयूभी सन् २०२२ मा पहिलो पटक सार्वजनिक गरिएको बीई.०७ कन्सेप्टमा आधारित हुने अपेक्षा गरिएको छ। कम्पनीले त्यसबेला नै एक्सयूभी.ई८, एक्सयूभी.ई९, बीई.०५, बीई.०७ र बीई.०९ गरी ५ वटा इलेक्ट्रिक कन्सेप्ट प्रस्तुत गरेको थियो । तीमध्ये ३ मोडल प्राेडक्सन भर्सनमा आइसकेको छ । बीई.०५ अहिले बीई६ का रूपमा बजारमा उपलब्ध छ भने एक्सयूभी.ई८ र एक्सयूभी.ई९ क्रमशः एक्सईभी ९एस र एक्सईभी ९ई का रूपमा बिक्रीमा छन्।

नयाँ बीओ७ मा महिन्द्राको विशेष इङ्लो प्लेटफर्म प्रयोग हुने अपेक्षा गरिएको छ। डिजाइन पेटेन्टबाट सार्वजनिक भएका संकेतअनुसार बीओ७ को लुक बीई.०७ मोडलसँग धेरै हदसम्म मिल्दोजुल्दो हुनेछ । बीई६ को तुलनामा बीओ७ मा परम्परागत एसयूभी शैली बढी देखिनेछ । यसमा सी आकारका एलईडी हेडल्याम्प र टेलल्याम्प समावेश गरिनेछ ।

नयाँ कन्सेप्ट बीओ७ मोडलको लम्बाइ करिब ४५६५ एमएम, चौडाइ १९०० एमएम र उचाइ १६६० एमएम रहेको थियो भने ह्विलबेस २७७५ एमएम थियो । यस आधारमा बीओ७ मारुती ई भिटारा, हुन्डाई क्रेटा ईभी र टाटा सिएरा ईभी जस्ता प्रतिस्पर्धी मोडलभन्दा माथिल्लो सेग्मेन्टमा रहनेछ ।

ब्याट्री विकल्पका रूपमा बीओ७ मा ५९ किलोवाट आवर र ७९ किलोवाट आवर क्षमताका दुई प्याक उपलब्ध हुन सक्ने अनुमान गरिएको छ। कम्पनीले यसको रेन्ज ६७९ किलोमिटर दाबी गरेको छ । यसको पावर आउटपुट करिब २३० पीएस र टर्क ४०० एनएमको हुने सम्भावना छ ।

महिन्द्राले सन् २०२७ सम्ममा आफ्नो इलेक्ट्रिक सवारी रणनीतिलाई थप आक्रामक बनाउँदै प्रिमियम इलेक्ट्रिक एसयूभी सेगमेन्टमा मजबुत उपस्थिति स्थापित गर्ने संकेत दिएको छ।

सम्बन्धित समाचारहरू

१३ सयभन्दा धेरै दुईपांग्रे सवारीसाधन विद्युतीयमा रूपान्तरण

१३ सयभन्दा धेरै दुईपांग्रे सवारीसाधन विद्युतीयमा रूपान्तरण

सुन्दर यातायात प्रालिको भगिनी संस्था सुन्दर अटो इन्जिनीयरिङ प्रालि छोटो...

५७ लाख मूल्यमा फोटोनको १५ सिटे इलेक्ट्रिक भ्यान नेपालमा, ८० प्रतिशत फाइनान्स सुविधा

५७ लाख मूल्यमा फोटोनको १५ सिटे इलेक्ट्रिक भ्यान नेपालमा, ८० प्रतिशत फाइनान्स सुविधा

काठमाडौं – फोटोनको हाई रुफ ईभी भ्यान नेपालमा सार्वजनिक गरिएको छ । एक...

लेभ्निङ इलेक्ट्रिक स्कुटरको भिडियो बनाएर ट्याग गर्दा स्कुटर पाइने

लेभ्निङ इलेक्ट्रिक स्कुटरको भिडियो बनाएर ट्याग गर्दा स्कुटर पाइने

काठमाडौं – कुनै पनि ग्राहकले अब लेभ्निङ इलेक्ट्रिक स्कुटरको भिडियो बनाएर...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...