भन्सार तिर्न नसकिएकाले चीनबाट ल्याइएका १८ विद्युतीय बस भारतमा बेच्ने तयारी
भन्सार महसुललगायतका कर तिर्न नसकेको भन्दै चीनबाट ल्याइएका १८ वटा...
काठमाडौं – कुनै पनि ग्राहकले अब लेभ्निङ इलेक्ट्रिक स्कुटरको भिडियो बनाएर ईभी नेपाल मोटर्सको इन्स्टाग्राम, फेसबुक, टिकटक पेजमा ट्याग गर्दा लेभ्निङ इलेक्ट्रिक स्कुटर पाउन सक्ने भएका छन् ।
नेपालका लागि लेभ्निङ इलेक्ट्रिक स्कुटरको आधिकारिक वितरक बज्र ग्रुप अन्तर्गतको ईभी नेपाल मोटर्सले सो अफर ल्याएको हो । यसरी भिडियो बनाएर ट्याग गर्ने ग्राहक मध्ये उत्कृष्ट भिडियो बनाउने ग्राहकले सो अवसर पाउने छन् ।
फेब्रुअरी १४ मा मनाइने भ्यालेन्टाइन डेको अवसरमा कम्पनीले सो अफर ल्याएको हो । ग्राहकले सो वारेमा आवश्यक जानकारीको लिंक ९८०२३०८५१२ वा ९८०१००२८२१ मा पठाउन पनि सक्ने छन् ।
कलेजको विद्यार्थी देखि कार्यालयमा कार्यरत कर्मचारी तथा कृषक देखि अपांग सम्म सबैका लागि उपयुक्त इलेक्ट्रिक स्कुटर उपलब्ध गराइरहेको ईभी नेपाल मोटर्सले हाल १२ फरक मोडलका स्कुटर बिक्री-वितरण गरिरहेको छ । यी स्कुटरको मूल्य २ लाख ४५ हजार रुपैयाँ देखि प्रारम्भ हुन्छ ।
स्कुटरमा २ वर्षको वारेन्टीका साथै शून्य प्रतिशत ब्याजदरमा ८० प्रतिशत सम्मको फाइनान्स सुविधा उपलब्ध हुन्छ । यसका साथै एक्सचेन्ज र फाइनान्सको समेत सुविधा उपलब्ध छ ।
ईभी नेपाल मोटर्सले नक्साल, भैसेपाटी, गाबहाल, पेप्सीकोला, बनेपा, चितवन, विर्तामोड, जनकपुर लगायतका मुख्य सहरबाट लेभ्निङ इलेक्ट्रिक स्कुटर बिक्री–वितरण गरिरहेको कम्पनीका एजीएम एनके शरदले जानकारी दिए ।
बज्र ग्रुपले विगत ३३ वर्ष देखि विभिन्न बहुराष्ट्रिय कम्पनीका सामग्री समेत बिक्री–वितरण गरिरहेको छ भने वुलिङ ईभी समेत हाल बिक्री गर्दै आएको छ ।
भन्सार महसुललगायतका कर तिर्न नसकेको भन्दै चीनबाट ल्याइएका १८ वटा...
एमजी मोटर्सको नेपालका लागि आधिकारिक वितरक पारामाउन्ट मोटर्सले अर्को नयाँ...
बजारमा इलेक्ट्रिक एसयूभीको माग वढ्न थालेसंगै नयाँ ब्रान्डका इभी भित्रिने...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...