५७ लाख मूल्यमा फोटोनको १५ सिटे इलेक्ट्रिक भ्यान नेपालमा, ८० प्रतिशत फाइनान्स सुविधा

काठमाडौं – फोटोनको हाई रुफ ईभी भ्यान नेपालमा सार्वजनिक गरिएको छ । एक कार्यक्रम आयोजना गर्दै उक्त भ्यान सार्वजनिक गरिएको हो ।

५७ लाख रुपैयाँमा उपलब्ध हुने १५ मिटर सो भ्यानको मूल्यमा फोटोन नेपालले ८० प्रतिशत फाइनान्सिङको सुबिधा पनि प्रदान गरिने जनाइएको छ । यी ईभी भ्यानहरू युरोपियन युनियन डब्लूभीटिए प्रमाणित सवारी साधनहरू हुन् । जसको परीक्षण र निरीक्षण प्रख्यात जर्मन संस्था टीयूभी रेनल्याण्डद्वारा गरिएको छ ।

फोटोन नेपालका सेल्स हेड नविन आचार्यका अनुसार धेरै फिचर र फराकिलो क्याविनको कारण यसलाई सहज रुपमा उपयोग गर्न सकिन्छ । साथै, अत्यन्त कम सर्भिस खर्च लाग्ने भएको कारण सवारीधनीले थप बचत गर्न सक्छन् ।

विश्वका १३० भन्दा धेरै देशमा बिक्री हुँदै आएको फोटोनका उत्पादन नेपाल ल्याएको जानकारी दिदै एमएडब्लूका कार्यकारी निर्देशक विष्णुकुमार अग्रवालले भने, ‘फोटोन गाडी मात्रै बनाउँदैन, लगातार प्रविधिसँग अद्यावधिक रहने इनोभेसन आर्किटेक्चर पनि हो । हामी गाडी बिक्री मात्रै गर्दैनौ, चार्जिङ पूर्वाधार विस्तार पनि गर्दैछौं । यसले यातायात क्षेत्रमा ठूलो परिवर्तन ल्याउने छ ।’

फोटोनले गाडीको स्थायित्वका लागि तीन लाख किमी वा ५ वर्षको वारेन्टी प्रदान गर्दछ । हाई रुफ ईभी भ्यानमा ८५ किलोवाटको पावर फराकिलो भित्री भाग र आरामदायी सवारीको लागि फुल एसी रहेको छ । कम्पनीका अनुसार यो गाडीमा ५०.२३ किलोवाट पावरको क्याटल ब्याट्री रहेको छ ।

सम्बन्धित समाचारहरू

भारतमा संघीय बजेट २०२६ प्रस्तुत, भारतीय अटो र नेपालका लागि खुसीका खबर

भारतमा संघीय बजेट २०२६ प्रस्तुत, भारतीय अटो र नेपालका लागि खुसीका खबर

भारतकी अर्थमन्त्री निर्मला सीतारमणले आइतबार फेब्रुअरी १ मा प्रस्तुत...

एनआईयूका विद्युतीय स्कुटर खरिद गर्न राइडरलाई टुटलले ५० हजार सहयोग गर्ने

एनआईयूका विद्युतीय स्कुटर खरिद गर्न राइडरलाई टुटलले ५० हजार सहयोग गर्ने

काठमाडौं – राइड सेयरिङ प्लेटफर्म टुटलले राइडरहरुलाई एनआईयू ब्रान्डका...

दीगोको ४ दिने अटो कार्निभल सुरु, स्पटमै गाडी साट्न सकिने

दीगोको ४ दिने अटो कार्निभल सुरु, स्पटमै गाडी साट्न सकिने

काठमाडौं – विद्युतीय सवारीसाधनको प्रबद्र्धनमा अग्रणी भूमिका खेल्दै आएको...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...