डोङफेङ नामी र भिगो ईभीको बढ्यो मूल्य, नयाँ मूल्य कति ?
काठमाडौं – नेपालका लागि डोङफेङ नामी र भिगो ईभीको आधिकारिक वितरक एमएडब्लु...
सुन्दर यातायात प्रालिको भगिनी संस्था सुन्दर अटो इन्जिनीयरिङ प्रालि छोटो समयमै १३ सयभन्दा धेरै दुईपांग्रे सवारीसाधनलाई विद्युतीयमा परिणत गर्न सफल भएको छ ।
वातारणमैत्री सवारीसाधनको प्रयोग बढाउँदै पेट्रोलियम पदार्थको खपत घटाउने उद्देश्यले कम्पनीले एक महीनाअघि सवारीसाधनलाई विद्युतीयमा परिणत गर्ने काम थालेको थियो ।
आर्थिक अभियान दैनिक अनुसार यस अवधिमा कम्पनीले १ हजार ३२८ ओटा विद्युतीय सवारीसाधन तयार गरेको छ । कम्पनीले उपत्यकाभित्रका लागि काठमाडौंको धुम्बाराही र उपत्यका बाहिरका लागि बुटवलको कालिकानगरमा रहेका आफ्नै एसेम्बल प्लान्टबाट मोटरसाइकल र स्कुटरलाई विद्युतीयमा रूपान्तरण गर्दै आएको छ ।
विदेशबाट पार्टपुर्जा आयात गरी विद्युतीय सवारीसाधन उत्पादन गर्ने उद्देश्यले सुन्दर अटोले करीब १ अर्ब लागतमा २ वर्षपहिले नै बुटवलको कालिकानगरमा एसेम्बल प्लान्ट स्थापना गरेको थियो । पेट्रोलियम पदार्थबाट चल्ने बाइक, स्कुटर र कारलाई समेत विद्युतीयमा रूपान्तरण गर्ने उद्देश्य राखेको कम्पनीले हाललाई दुईपांग्रे सवारीसाधनमा मात्र काम गर्दै आएको छ । केही महीनाभित्रै चारपांग्रे गाडी पनि विद्युतीयमा रूपान्तरण गर्न शुरू गरिने कम्पनीले बताएको छ ।
सुन्दर यातायात प्रालिका सञ्चालक भेषबहादुर थापाले उत्पादन शुरू गरेको छोटो समयमै ठूलो संख्यामा विद्युतीय गाडी उत्पादन गर्न पाउनु कम्पनी र सवारीसाधन प्रयोगकर्ताका लागि पनि उत्साहको विषय भएको बताए । ‘हामीले वैशाख पहिलो सातातिर काम शुरू गरेका थियौं ।
ठूलो संख्यामा माग आयो । पेट्रोलियमबाट चल्ने सवारीसाधनलाई विद्युतीयमा परिणत गर्दा एकपटकको चार्जमा उपत्यकाभित्र ९० देखि १०० किलोमिटरसम्म कुदाउन सकिन्छ,’ उनले भने, ‘योभन्दा बढी दूरीमा चलाउन कि फेरि चार्ज गर्नुपर्छ या त पुनः इन्धनबाटै चलाउनुपर्छ ।’
प्रयोगकर्ताको बढ्दो आकर्षणका कारण कम्पनीलाई थप ऊर्जा मिलेको उनले बताए । विद्युतीयमा परिणत गरिएका कुनै पनि सवारीसाधनमा हालसम्म गुनासो नआएको पनि उनले जानकारी दिए । उकालो–ओरालो जस्तोसुकै बाटोमा समेत सहजै कुदाउन मिल्ने भएकाले प्रयोगकर्ताको आकर्षण बढेको हुन सक्ने कम्पनीले बताएको छ ।
बाइक र स्कुटरलाई विद्युतीयमा रूपान्तरण गर्न ७० देखि ८० हजार रुपैयाँसम्म खर्च लाग्ने कम्पनीले बताएको छ । यस्तै ८०० सीसीसम्मको कारलाई विद्युतीयमा रूपान्तरण गर्न १४ लाख रुपैयाँसम्म खर्च लाग्ने सुन्दर अटोका इन्जिनीयर पाण्डव पौडेलले जानकारी दिए ।
काठमाडौं – नेपालका लागि डोङफेङ नामी र भिगो ईभीको आधिकारिक वितरक एमएडब्लु...
फाइनान्स सुविधामा नेटा भी खरिद गर्न चाहने ग्राहकले मासिक किस्ता ५२ हजार...
काठमाडौँ – यस वर्षको क्रिसमसका अवसरमा नेपालका लागि टाटा मोटर्सको...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...