हुन्डाई ह्याप्पी मुभसँगको सहकार्यमा हेटौंडा ह्विल्सद्वारा बालबालिकालाई सामग्री प्रदान
हेटौंडा – हेटौंडा ह्विल्सले हुन्डाईको ह्याप्पी मुभसँगको सहकार्यमा...
काठमाडौं – नेपालका लागि हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले मेड इन नेपाल हुन्डाई भेन्यु ग्राहकलाई डेलिभरी गरेको छ । केही दिन पहिले नवलपरासीको रामग्राममा अवस्थित हुन्डाईको एसेम्बली प्लान्टमा मेड इन नेपाल हुन्डाई भेन्यु सार्वजनिक गरिएको थियो ।
हुन्डाईको बुटवलस्थित डिलरबाट हुन्डाई भेन्युको एस भेरिएन्ट डेलिभरी गरिएको हो । यद्यपि यसको मूल्य भने कम्पनीले सार्वजनिक गरेको छैन । ग्राहकको विशेष अनुरोधमा सो गाडीको मूल्य तोक्नु भन्दा पहिले नै डेलिभरी गरिएको कम्पनी स्रोतको भनाइ छ ।
हाल आयात गरिएको हुन्डाई भेन्युको एस भेरिएन्टको मूल्य ४८ लाख ९६ हजार मूल्य तोकिएको छ । करिव ४ लाख रुपैयाँ कम मूल्य उपलब्ध हुने अनुमानका साथ सो गाडी ग्राहकलाई डेलिभरी गरिएको बताइएको छ ।
हुन्डाईको इन्ट्री लेवल भेरिएन्टको २०२४ मोडलमा नेपालमा उपलब्ध भेरिएन्ट हुन्डाई भेन्यु ई हो । यसको मूल्य भने ४१ लाख ९६ हजार रुपैयाँ छ । हाल नेपालमा उत्पादन भएको र ग्राहकलाई डेलिभरी गरिएको एस भेरिन्ट हो ।
कम्पनीले करिव ५ लाख रुपैयाँ घटाउने तयारी गरेको भए पनि हालै बजेटमार्फत सार्वजनिक गरिएको सडक करले समेत यसमा प्रभाव पारेको छ । सरकारले आर्थिक विधेयकमार्फत पेट्रोलियम सवारीमा २ प्रतिशत सडक कर लगाएको छ ।
लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले आधिकारिक रुपमा मेड इन नेपाल हुन्डाई भेन्युको मूल्य तोकेको छैन । केही दिनमा यसको मूल्य सार्वजनिक हुने कम्पनीको भनाइ छ ।
हेटौंडा – हेटौंडा ह्विल्सले हुन्डाईको ह्याप्पी मुभसँगको सहकार्यमा...
हुन्डाईले आगामी सन् २०३० सम्ममा १८ भन्दा बढी हाइब्रिड सवारी साधनहरू...
काठमाडौं – हुन्डाई गाडीको नेपालका लागि आधिकारिक वितरक लक्ष्मी...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...