निषेधाज्ञाबीच हुन्डाईले ल्यायो हटलाइन सेवा
काठमाडौं – हुन्डाईका लागि नेपालको आधिकारिक बिक्रेता लक्ष्मी...
हुन्डाईले आगामी सन् २०३० सम्ममा १८ भन्दा बढी हाइब्रिड सवारी साधनहरू बजारमा ल्याउने घोषणा गरेको छ । यी मोडलहरूमा लक्जरी ब्रान्ड जेनेसिस पनि समावेश हुनेछ । कम्पनीले आफ्नो लोकप्रिय मोडल प्यालिसेडलाई हाइब्रिड संस्करणमा प्रस्तुत गर्ने योजना बनाएको छ ।
भारतीय बजारका लागि पनि विशेष तयारी भइरहेको कम्पनीले जनाएको छ । पहिलो पटक भारतमै स्थानीय रूपमा डिजाइन गरिएको इलेक्ट्रिक कार प्रस्तुत गरिनेछ, जुन भारतीय चालकको आवश्यकता अनुसार किफायती र सुविधाजनक हुने दाबी गरिएको छ ।
हुन्डाईले लामो दूरीका इलेक्ट्रिक कार उत्पादनमा पनि जोड दिएको छ । फुल चार्जमा करिब ९६० किलोमिटर रेन्ज दिन सक्ने यी कारहरू साना तर किफायती ब्याट्रीसहित आउनेछ । साथै, कम्पनीले आफ्नो उच्च प्रदर्शन गर्ने एन लाइनअप विस्तार गर्दै उन्नत ड्राइभिङ मोडसहितको आयोनिक ६ एन पनि ल्याउने तयारी गरेको छ ।
प्रविधिको क्षेत्रमा हुन्डाईले सफ्टवेयर डिफाइन्ड भेइकल, रोबोटिक्सद्वारा सञ्चालित कारखाना, आवाज र स्वचालित ड्राइभिङका लागि एआई, साथै नयाँ प्लेओस इन्फोटेनमेन्ट सिस्टममा विशेष ध्यान दिइरहेको छ । सो सिस्टममा एप स्टोर र पर्सनलाइजेशनको सुविधा रहनेछ ।
कम्पनीले २०३० सम्ममा ३ लाख ५० हजार वार्षिक बिक्री पुर्याउने लक्ष्य लिएको छ । यसका लागि वेमो, जीएम र अमेजन अटोसँग रणनीतिक साझेदारी गर्दै अटोनोमस प्रविधि, संयुक्त रूपमा विकसित मोडल र अनलाइन किनमेल विकल्पमा काम भइरहेको छ ।
काठमाडौं – हुन्डाईका लागि नेपालको आधिकारिक बिक्रेता लक्ष्मी...
हुन्डाइको सर्बाधिक सफल एसयूभी क्रेटा पर्फमेन्स भर्सनमा आउने भएको छ । ‘एन...
हुन्डाईको थ्रीरो एसयूभी प्यालिसेडले सन् २०२६ नर्थ अमेरिकन युटिलिटी भेइकल...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...