नयाँ वर्षको अवसरमा हुन्डाई गाडी किन्दै हुनुहुन्छ ? आयो ६ लाख छुट सहितको यस्तो अफर

काठमाडौं – हुन्डाई गाडीको नेपालका लागि आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नयाँ वर्ष २०८२ को अवसरमा ‘यो नयाँ वर्ष, चुज योर फ्युचर हुन्डाईसँग’ अफर सार्वजनिक गरेको छ ।

सो अफरबाट विशेषगरी इलेक्ट्रिक सवारी साधन (ईभी) का साथै आईसीई सवारी साधन समेत चाहने ग्राहकले लाभ लिनसक्ने छन् ।

नयाँ अफरअन्तर्गत ग्राहकले ६ लाख रुपैयाँसम्म छुट, एक वर्षको निःशुल्क बीमा, चालु आर्थिक वर्षको सडक कर छुट, स्वामित्व हस्तान्तरण र अन–द–स्पट भेइकल भ्यालुएसन तथा एक्सचेन्ज सुविधा पाउने कम्पनीले जनाएको छ ।

नेपाली बजारमा हुन्डाईले हालै क्रेटा ईभी बिक्रीका लागि उपलब्ध गराएको छ । त्यसैगरी आयोनिक ५ र कोना ईभी समेत उपलब्ध छन् । यी वाहेक आईसीईमा पनि क्रेटा, भेन्यु, ग्रान्ड आई१०, एक्सटर, टुसान र सान्ता फे लगायतका मोडल उपलब्ध छन् ।

हुन्डाईका ईभी गाडीहरू ८ वर्षको हाइ–भोल्टेज ब्याट्री वारेन्टी र दुई वर्षको कम्पोनेन्ट वारेन्टीसहित आउँछन् ।

कम्पनीले मोबिलिटीलाई प्रवर्द्धन गर्दै ग्राहकलाई सस्तो, भरपर्दो, र दिगो विकल्प दिन यो योजना अघि सारेको बताइएको छ ।

नेपाली बजारमा उपलब्ध हुन्डाई गाडी र मूल्य सूची यहाँ हेर्न सकिन्छ ।

सम्बन्धित समाचारहरू

आज नयाँ हुन्डाई भेन्यु लन्च हुँदै, के छ विशेषता ?

आज नयाँ हुन्डाई भेन्यु लन्च हुँदै, के छ विशेषता ?

भारतीय बजारमा आज हुन्डाईले भेन्युको नयाँ भर्सन लन्च गर्दैछ । कम्पनीले...

होन्डा, हुन्डाई र स्कोडाले नयाँ सेडान ल्याउँदै, यस्तो हुनेछ पावर र पर्फमेन्स

होन्डा, हुन्डाई र स्कोडाले नयाँ सेडान ल्याउँदै, यस्तो हुनेछ पावर र पर्फमेन्स

होन्डा, हुन्डाई र स्कोडाले भारतीय बजारलाई लक्षित गरी नयाँ सेडान ल्याउने...

टाटा नेक्सन, हुन्डाई भेन्यु र रेनो काइगर : यस्ता छन् तीन प्रतिस्पर्धी एसयूभीका विशेषता

टाटा नेक्सन, हुन्डाई भेन्यु र रेनो काइगर : यस्ता छन् तीन प्रतिस्पर्धी एसयूभीका विशेषता

नेपाली बजारमा एसयूभी सेगमेन्ट अन्तर्गत विभिन्न कम्पनी बीच प्रतिस्पर्धा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...