कपनमा मोटरहेडको आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा
काठमाडौं – मोटरहेड मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक एसएलआर टेक्नो...
काठमाडौं – नेपाली बजारमा चीनमा निर्मित इटालियन ब्रान्ड ‘टारो’ का स्पोर्ट्स बाइक र स्कुटर भित्रिएका छन् । एसजी ग्रुप अन्तर्गतको ओम मोटोकर्पले यी मोटरसाइकल र स्कुटर नेपाली बजारमा उपलब्ध गराएको हो ।
नेपाली बजारमा टारो ब्रान्डका तीन मोटरसाइकल र दुई स्कुटर बिक्रीका लागि उपलब्ध हुनेछन् । यी मध्ये मोटरसाइकलमा २०० सीसीको जीपी २, २५० सीसीको जीपी १ र ४०० सीसीको जीपी १ रहेका छन् ।
त्यसैगरी स्कुटरमा १५० सीसीको एलेक्स वान र इमोला छन् । यी मध्ये हाल एलेक्स वान उपलब्ध छ र अर्को मोडल केही समयमै नेपाली बजारमा उपलब्ध हुने बताइएको छ ।
यी मोटरसाइकलमा ईएफआई सिस्टम, डबल डिस्क ब्रेक, एबीएस आदि फिचर उपलब्ध छ ।
टारोका यी मोटरसाइकल र स्कुटरको मूल्य ३ लाख ४५ हजार देखि ९ लाख ५० हजार रुपैयाा सम्म तोकिएको छ ।
स्कुटरमा १३ लिटरको इन्धन ट्यांकी छ । त्यसैगरी सामान राख्नका लागि अन्डर सिट स्टोरेज निकै नै ठूलो छ । यसको स्टाइल, लुक, ग्राफिक्स र प्रविधि निकै नै उत्कृष्ट छ । यो टुरिङका लागि निकै नै उपयोगी म्याक्सी स्कुटर हो ।
ओम मोटोकर्पले नक्साल नारायणचौरमा सोरुम स्थापना गरेको छ । आगामी दिनमा देशभर डिलर नेटवर्क विस्तार गर्ने र सर्भिस सेन्टर समेत स्थापना गर्ने बताइएको छ ।
एसजी ग्रुप अन्तर्गतका एसएलआर टेक्नो एन्ड ट्रेडले नेपाली बजारमा मोटरहेडका मोटरसाइकल समेत बिक्री–वितरण गरिरहेको छ । अब नयाँ ब्रान्डले नेपाली बजारमा कस्तो प्रतिक्रिया दिन्छ, त्यो हेर्न भने केही समय पर्खिनै पर्छ ।
काठमाडौं – मोटरहेड मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक एसएलआर टेक्नो...
काठमाडौं – मोटरहेडको नयाँ अपग्रेड गरिएको एमएच १५० आर बाइक नेपाली जेठको...
काठमाडौं – मोटरहेड मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक एसएलआर टेक्नो...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...