चीनमा निर्मित इटालियन ब्रान्डका स्पोर्ट्स बाइक र स्कुटर नेपाली बजारमा

काठमाडौं – नेपाली बजारमा चीनमा निर्मित इटालियन ब्रान्ड ‘टारो’ का स्पोर्ट्स बाइक र स्कुटर भित्रिएका छन् । एसजी ग्रुप अन्तर्गतको ओम मोटोकर्पले यी मोटरसाइकल र स्कुटर नेपाली बजारमा उपलब्ध गराएको हो ।

नेपाली बजारमा टारो ब्रान्डका तीन मोटरसाइकल र दुई स्कुटर बिक्रीका लागि उपलब्ध हुनेछन् । यी मध्ये मोटरसाइकलमा २०० सीसीको जीपी २, २५० सीसीको जीपी १ र ४०० सीसीको जीपी १ रहेका छन् ।

त्यसैगरी स्कुटरमा १५० सीसीको एलेक्स वान र इमोला छन् । यी मध्ये हाल एलेक्स वान उपलब्ध छ र अर्को मोडल केही समयमै नेपाली बजारमा उपलब्ध हुने बताइएको छ ।

यी मोटरसाइकलमा ईएफआई सिस्टम, डबल डिस्क ब्रेक, एबीएस आदि फिचर उपलब्ध छ ।

टारोका यी मोटरसाइकल र स्कुटरको मूल्य ३ लाख ४५ हजार देखि ९ लाख ५० हजार रुपैयाा सम्म तोकिएको छ ।

स्कुटरमा १३ लिटरको इन्धन ट्यांकी छ । त्यसैगरी सामान राख्नका लागि अन्डर सिट स्टोरेज निकै नै ठूलो छ । यसको स्टाइल, लुक, ग्राफिक्स र प्रविधि निकै नै उत्कृष्ट छ । यो टुरिङका लागि निकै नै उपयोगी म्याक्सी स्कुटर हो ।

ओम मोटोकर्पले नक्साल नारायणचौरमा सोरुम स्थापना गरेको छ । आगामी दिनमा देशभर डिलर नेटवर्क विस्तार गर्ने र सर्भिस सेन्टर समेत स्थापना गर्ने बताइएको छ ।

एसजी ग्रुप अन्तर्गतका एसएलआर टेक्नो एन्ड ट्रेडले नेपाली बजारमा मोटरहेडका मोटरसाइकल समेत बिक्री–वितरण गरिरहेको छ । अब नयाँ ब्रान्डले नेपाली बजारमा कस्तो प्रतिक्रिया दिन्छ, त्यो हेर्न भने केही समय पर्खिनै पर्छ ।

सम्बन्धित समाचारहरू

नेपालमा प्रभाब बढाउँदै चाइनिज ब्रान्डका टु ह्विलर, कस्तो रहला अबको बजार

नेपालमा प्रभाब बढाउँदै चाइनिज ब्रान्डका टु ह्विलर, कस्तो रहला अबको बजार

नेपालको टु ह्विलर बजारमा पछिल्लो समय चिनियाँ ब्रान्डले बलियो पकड बनाउन...

आँबुखैरेनीमा खुल्यो मोटरहेडको आधिकारिक मर्मत केन्द्र, एक्सचेन्ज क्याम्पमार्फत गरियो बिक्री

आँबुखैरेनीमा खुल्यो मोटरहेडको आधिकारिक मर्मत केन्द्र, एक्सचेन्ज क्याम्पमार्फत गरियो बिक्री

तनहुँ – मोटरहेड ब्राण्डको आधिकारिक वितरक एसएलआर टेक्नो एन्ड ट्रेड...

मोटरहेडको नयाँ मोटरसाइकल टेक्कन आर २५० सार्वजनिक, मूल्य ४ लाख ५ हजार

मोटरहेडको नयाँ मोटरसाइकल टेक्कन आर २५० सार्वजनिक, मूल्य ४ लाख ५ हजार

काठमाडौं – मोटरहेड मोटरसाइकलको नेपालका लागि आधिकारिक बितरक एसएलआर टेक्नो...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...