बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
पोखरा – फोर्स मोटर्सको लागि नेपालको आधिकारिक बिक्रेता हिमालय अर्गनाइजेसन अन्तर्गतको आयाम इन्टरकन्टिनेन्टल प्रालि र माछापुच्छ्रे बैंकबीच सहकार्य गर्ने सम्झौता भएको छ । बिहीबार एक कार्यक्रमबीच सम्झौता पत्रमा आयाम इन्टरकन्टिनेन्टल प्रालिका अध्यक्ष ध्रुवबहादुर थापा र माछापुच्छ्रे बैंकका गण्डकी प्रदेश प्रमुख दिनेश दवाडीले हस्ताक्षरण गरेका छन् ।
फोर्स मोटर्सका गाडी खरिद गर्ने ग्राहकलाई बैंकले देशभरका शाखाबाट सहज रुपमा फाइनान्स सुविधा उपलब्ध गराइने सम्झौतामा उल्लेख छ । फोर्स मोटर्सका सबै प्रकारका गाडीमा माछापुच्छ्रे बैंकले ७५ प्रतिशतसम्म फाइनान्स सुविधा उपलब्ध गराउनेछ । फोर्स मोटर्ससँग सहकार्य गर्न पाउँदा खुसी लागेको बैंकका प्रदेश प्रमुख दवाडीले बताए ।
आयामले विगत ६ वर्षदेखि नेपालमा फोर्स मोटर्सका गाडीहरु बिक्री वितरण गरिरहेको छ । काठमाडौं, हेटौंडा, पोखरा र इटहरीमा आयामको आफ्नै शोरुम छन् भने नेपालका विभिन्न शहरमा डिलर नेटवर्क विस्तार गरी फोर्सका गाडी बिक्री वितरण भइरहेका छन् ।
बैंकसँगको सम्झौताले ग्राहकलाई थप सुविधा उपलब्ध हुने आयाम इन्टरकन्टिनेन्टल प्रालिका अध्यक्ष ध्रुवबहादुर थापाले बताए । धेरै सिट क्षमता, इन्जिनको वारेन्टी ३ वर्ष वा ३ लाख किमी, मर्सिडिज इन्जिनको लाइसेन्स प्राप्त लगायतका विशेषताले फोर्स मोटर्सप्रति ग्राहकको आकर्षण राम्रो भएको बताइएको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...