लुयान स्कुटरको ‘देशको उर्जा देशमै खपत’ अभियान, स्कुटर किन्दा इन्डक्सन चुल्हो र कुकर सित्तैमा

लुयान इलेक्ट्रिक स्कुटरको नेपालका लागि आधिकारिक वितरक जेरो एमिसन राइड एनले ‘देशको उर्जा देशमै खपत’ अभियान संचालनमा ल्याएको छ । सो अभियान अन्तर्गत लुयान ब्रान्डको जुनसुकै इलेक्ट्रिक स्कुटर खरिद गर्दा ग्राहकले एकथान इन्डक्सन चुल्हो र कुकर सित्तैमा पाउनेछन् ।

लुयान स्कुटरको देशभर संचालनमा रहेका सोरुममा लागु हुने यो अभियानले स्वदेशमा उत्पादन हुने विद्युतको खपत बढाउन मद्धत पुग्ने विश्वास कम्पनीले लिएको छ । अभियान निश्चित अवधीका लागिमात्र लागु हुने जनाइएको छ ।

जेरो एमिसनले हाल एमएनके थ्री र एस३० मोडलका स्कुटर आयात गरी बिक्री गर्दै आएको छ । जसमध्ये कम्पनीले एमएनके थ्रीलाई हालसालै थप दुइ नयाँ भेरिएन्ट र नयाँ कलरमा नेपाली बजारमा भित्र्याएको हो । यो स्कुटर कम्पनीको वेस्ट सेलिङ मोडलमा पर्दै आएको छ ।

तीन भिन्न ब्याट्री अप्सनमा उपलबध यसको लिड एसिड भर्सनलाई १ लाख ७३ हजार ७००, ग्राफेनको १ लाख ८२ हजार ७०० र लिथियम आयोन भर्सनको २ लाख ४० हजार ३०० रुपैयाँ निर्धारण गरिएको छ । लिड एसिड ब्याट्रीको ७५ देखि ८५ किलोमिटर छ भने ग्राफिन ब्याट्रीले ९० देखि ११० किलोमिटर र लिथियम आयोन ब्याट्रीले ८५ देखि १०० किलोमिटर रेन्ज दिने कम्पनीको दावी छ ।

सो इलेक्ट्रिक स्कुटरमा १ हजार ५ सय वाट क्षमताको आयल कुल्ड हब मोटर जडान गरिएको छ जसलाई ७२ भोल्ट ५५ एम्प्यिरको कन्ट्रोलरको प्रयोगले पिक मोटर पावर २८०० वाटको आउटपुट निकालिएको छ । आयल कुल्ड हब मोटरमा प्रयोग भएको आयलले मोटरको तापक्रम ३० डिग्री सम्म कम गर्न मद्दत गर्दछ । जुन सेगमेन्टकै पहिलो रहेको कम्पनीको दावी छ ।

अर्को मोडल एस३० फिचरको मामलामा निकै मजवुत स्कुटर रहेको कम्पनीको भनाइ छ । सिंगल चार्जमा ८० देखि १०० किलोमिटरसम्म रेन्ज दिने दावी गरिएको सो स्कुटरको मूल्य २ लाख ५४ हजार ७०० रुपैयाँ निर्धारण गरिएको छ ।

सम्बन्धित समाचारहरू

रसुवागढी नाकाबाट १०० विद्युतीय कार आयात

रसुवागढी नाकाबाट १०० विद्युतीय कार आयात

यातायातको पहुँचलाई सरलीकृत गर्न नेपाली व्यापारी तथा व्यवसायीले उत्तरी...

टाटाका ईभीको अब हुनेछ नयाँ पहिचान, नयाँ ब्रान्ड हुनेछ Tata.ev

टाटाका ईभीको अब हुनेछ नयाँ पहिचान, नयाँ ब्रान्ड हुनेछ Tata.ev

टाटा मोटर्सले आफ्ना प्यासेन्जर ईभीका लागि नयाँ ब्रान्ड लन्च गरेको छ । सो...

के हाे ईभी बास मोडल ? कम मूल्यले इलेक्ट्रिक सवारी सर्वसाधारणसम्म पुग्ने संकेत

के हाे ईभी बास मोडल ? कम मूल्यले इलेक्ट्रिक सवारी सर्वसाधारणसम्म पुग्ने संकेत

इलेक्ट्रिक सवारी साधनको बढ्दो लोकप्रियतासँगै बास(ब्याट्री–एज–ए–सर्भिस)...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...