लुयानले ल्यायो प्रि-मनसुन अफर, एस ७० प्रो किन्दा ३० हजार छुट

काठमाडौं–लुयान स्कुटरको नेपालका लागि आधिकारिक वितरक जिरो इमिसन राइड एनले प्रि-मनसुन अफर ल्याएको छ । आजदेखी सुरु भएको उक्त अफर जेठ महिनाभरी संचालनमा रहने कम्पनीले जनाएको छ । एस ७० प्रो मोडेलका ेविद्युतीय स्कुटर खरिद गर्न चाहने ग्राहकलाई लक्षित गर्दै यो अफर सँचालन गरिएको हो ।

अफर अन्तर्गत लुयानको एस सेभेन्टी ७० प्रो मोडेलको विद्युतीय स्कुटर खरिद गर्ने ग्राहकले ३० हजार नगद छुट सहित अन्य सुविधाहरु समेत प्राप्त गर्न सक्ननेछन् ।
कम्पनीका अनुसार एउटा प्रिमियम हेलमेट, रेनकोट तथा बाइक कभर समेत ग्राहकले निशुल्क प्राप्त गर्न सकिनेछ । साथै, सधैं झैं चालु आर्थिक बर्षको कर, ६ पटकसम्म फ्रि सर्भिस तथा स्कुटरका विभिन्न कम्पोनेन्टमा वारेन्टी समेत पाइनेछ ।

अन्य कुनैपनि कम्पनीका पुराना बाइक तथा स्कुटरसँग साटेर लुयानका नयाँ स्कुटर लैजान समेत पाइने र फाइनान्सको सुविधा समेत रहेको कम्पनीले जनाएको छ । स्किम लुयानको मुख्य शोरुम नागपोखरी लगायत अन्य शोरुम तथा डिलरहरुमा समेत लागु हुनेछ ।

लिक्विड कुल्ड मोटर प्रयोग गरिएका कारण लुयान ब्राण्डका स्कुटरको तान्ने क्षमता बढि हुनुको साथै मोटरको आयु पनिअन्य सामान्य मोटर भन्दा बढी हुने कम्पनीको भनाई छ । साथै यी स्कुटरमा रन फ्ल्याट टायरको प्रयोग गरिएको हुन्छ । टायर पन्चर भएर त्यसमा हावा कत्ति नभएपनि ४० देखि ५० किलोमिटरसम्म चलाउँदा पनि रिम र टायरमा असर पर्दैन ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...