लिड एसिड र लिथियम आयोन व्याट्री अप्सनमा उपलब्ध ल्यूयानको एमएनके३ इलेक्ट्रिक स्कुटर

चीनीयाँ व्रान्ड ल्यूयानको इलेक्ट्रिक स्कुटर एमएनके३ लिड एसिड र लिथियम आयोन व्याट्री अप्सनमा उपलब्ध रहँदै आएको छ । यो स्कुटरमा ७२ भोल्ट ३२ एम्पियर आवरको व्याट्री प्याक जडान गरिएको छ ।

यसको रेटेड मोटर पावर १५०० वाट तथा पिक मोटर पावर २८०० वाट रहेको छ । यो स्कुटरलाई एकपटक फूल चार्ज गर्दा ८५ किलोमिटरसम्म गुडाउन सकिने आधिकारिक वितरक जीरो इमिसन राइड एनले दावी गरेको छ ।

स्कुटरमा प्रयोग गरिएको मोटर विशेष रहेको कम्पनीको भनाई छ । उसका अनुसार यसमा मोटर आयल प्रयोग गर्नुपर्ने र जसले गर्दा मोटरलाई सधै ३० डिग्रीभन्दा कम तापक्रममा राख्न मद्धत गर्दछ । यसले थर्मल बढी भई स्कुटरमा आगालागी हुने लगायत समस्या निम्तिदैन ।

यो स्कुटरलाई ७२ भोल्टको चार्जरले ६ देखी ८ घन्टामा सजिलै चार्ज गर्न सकिन्छ । स्कुटरको टप स्पिड ६५ किलोमिटर र ग्राउन्ड क्लिरियन्स १५५ एमएम रहेको छ । स्कुटरमा रन फ्ल्याट टायर दिइएको छ । जुन पंचर भएर खाल्डाखुल्डीमा पर्दा समेत यसको रिम हवमा कुनै खरावी निम्तिदैन । स्कुटरको अगाडी डिस्क र पछाडी सेरामिक ड्रम व्रेक जडान गरिएको छ ।

यसमा सुरक्षाका लागी एन्टि थेप्ट अलार्म दिइएको छ । चार्जिङ पोर्ट समेत उपलब्ध रहेको यो स्कुटरमा आकर्षकर रियर भ्यू मिरर र डिआरएल हेडलाईट उपलब्ध छ । यो स्कुटर कालो, निलो, सेतो, खैरो र रातो रङमा उपलब्ध रहँदै आएको छ ।

सम्बन्धित समाचारहरू

फ्रान्समा पहिलो पटक पेट्रोल कारभन्दा ईभीको बिक्री बढी

फ्रान्समा पहिलो पटक पेट्रोल कारभन्दा ईभीको बिक्री बढी

फ्रान्सको इतिहासमा पहिलो पटक पेट्रोलको भन्दा इलेक्ट्रिक कारको बिक्री...

साझाका विद्युतीय बस अपांगमैत्री हुने, सिंगल चार्जमा २ सय किमी चल्ने

साझाका विद्युतीय बस अपांगमैत्री हुने, सिंगल चार्जमा २ सय किमी चल्ने

काठमाडौं – साझाले नेपालमा परीक्षणका लागि भित्र्याइरहेको विद्युतीय बस...

नानोभन्दा सानो इलेक्ट्रिक कार ल्याउँदै भिनफास्ट, एमजी कमेटलाई दिनेछ कडा चुनौती

नानोभन्दा सानो इलेक्ट्रिक कार ल्याउँदै भिनफास्ट, एमजी कमेटलाई दिनेछ कडा चुनौती

भिनफास्टले भारतीय बजारमा आफ्नो दुई नयाँ इलेक्ट्रिक एसयूभी भीएफ६ र भीएफ७...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...