लुयान स्कुटर किन्दा २० हजार नगद छुट, १ वर्षको सडक कर र हेल्मेट निशुल्क पाइने

काठमाडौं– लुयान इलेक्ट्रिक स्कुटरको नेपालका लागी आधिकारिक वितरक जेरो एमिसन राईड एनले दशैं अफर ल्याएको छ । सो अफर अन्तर्गत ग्राहकले लुयान स्कुटरको खरिदमा २० हजार नगद छुटको साथै १ वर्षको सडक कर र आकर्षक हेल्मेट निशुल्क पाउनेछन् । अफर लुयानको सवै शोरुममा उपलब्ध हुनेछ ।

लुयानको नेपाली बजारमा एमएनके–३, एस–३० र एस–७० प्रो गरी तीनवटा मोडलका स्कुटर उपलब्ध छन् । जसमध्ये सबैभन्दा लोकप्रिय एमनके३ मा ग्राहकले लीड एसिड, ग्राफिनी र लिथियम आयोन ब्याट्रीको विकल्प पाउन सक्नेछन् ।

एमएनके थ्रीमा ७३ भोल्ट ३५ एम्पियर क्षमताको ब्याट्री जडान गरिएको छ । चार्ज साइकिल ८०० रहेको यसको ब्याट्री लामो समयसम्म टिक्ने दावी छ । स्कुटरले सिंगल चार्जमा १२० किलोमिटरसम्म रेन्ज दिने कम्पनीले जनाएको छ ।

यसैगरी, हालैमात्र नेपाल आएको नयाँ स्कुटर एस–७० प्रोमा ९६ भोल्ट २३ एम्पियरको ग्राफिनी ब्याट्री र २.८ किलोवाटको लिक्विड कुल्ड हव मोटर जडान गरिएको छ । सो ब्याट्रीलाई एकपटक फुल चार्ज गर्दा ८० किलोमिटरसम्म रेन्ज पाउन सकिने दावी कम्पनीले गरेको छ ।

यसको दुवै चक्कामा डिस्क ब्रेक, डिआरएल सहितको एलईडी हेडलाइट, एलइडी डिस्प्ले, एनएफसी सेन्सर किलेस इन्ट्रि र एन्टी थेप्ट सिस्टम लगायत फिचर पाउन सकिन्छ ।

सम्बन्धित समाचारहरू

यामाहाको ‘म्याक्सी स्पोर्ट्स’ स्टाइलको पहिलो इलेक्ट्रिक स्कुटर एरोक्स लन्च

यामाहाको ‘म्याक्सी स्पोर्ट्स’ स्टाइलको पहिलो इलेक्ट्रिक स्कुटर एरोक्स लन्च

यामाहा मोटरले आफ्नो पहिलो इलेक्ट्रिक स्कुटर एरोक्स लन्च गरेको छ । सो मोडल...

सन् २०२१ : सबैभन्दा मूल्यवान कम्पनी टोयोटा र तीव्र गतिमा बढिरहेको कार ब्रान्ड बन्यो बीवाईडी

सन् २०२१ : सबैभन्दा मूल्यवान कम्पनी टोयोटा र तीव्र गतिमा बढिरहेको कार ब्रान्ड बन्यो बीवाईडी

सन् २०२१ को अटोमोबाइल ब्रान्ड सम्बन्धी नयाँ तथ्य सार्वजनिक भएको छ । यो वर्ष...

टाटाको नयाँ वर्ष २०८२ एक्सचेन्ज उत्सव सुरु, २० प्रतिशत डाउन पेमेन्टमै गाडी लिन सकिने

टाटाको नयाँ वर्ष २०८२ एक्सचेन्ज उत्सव सुरु, २० प्रतिशत डाउन पेमेन्टमै गाडी लिन सकिने

काठमाडौं – नेपालका लागि टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...