अटोमोबाइलमा अग्रणी लक्ष्मी ग्रुपले पुरा ग-यो ५० वर्ष, थप व्यवसाय विस्तार गर्ने योजना
प्रतिष्ठित व्यावसायिक घराना लक्ष्मी ग्रुपले ५० वर्ष पुरा गरेको छ ।...
इलेक्ट्रिक टु–ह्विलर ब्रान्ड लुयानका नेपाली बजारमा विभिन्न मोडलका स्कुटर उपलब्ध छन् । नेपालका लागि आधिकारिक वितरक जेरो एमिसन राइड एनले हाल यसको एमएनके–३ र एस–३० मोडललाई बिक्री गर्दै आएको छ । नवीनतम् फिचर, उच्च पावर एवं पर्फमेन्स र उत्कृष्ट रेन्जका कारण यी स्कुटर ग्राहकको रोजाइमा पर्न सफल भएको कम्पनी स्रोतले वताएको छ ।
लुयान स्कुटरमा केही यस्ता विशेषताहरु समेत दिइएको छ, जुन हाल बजारमा उपलब्ध अन्य स्कुटरमा पाइँदैनन् । यी स्कुटरमा ‘फर्स्ट–इन–सेग्मेन्ट’ फिचर अन्तर्गत आयल कुल्ड हव मोटर दिइएको छ । यो फिचर हाल बजारमा उपलब्ध कुनै पनि ब्रान्डको इलेक्ट्रिक स्कुटरमा नरहेको कम्पनी स्रोतले दावी गरेको छ ।
इलेक्ट्रिक स्कुटरमा मोटरले इन्जिनको जस्तै काम गर्ने हुँदा यसको टिकाउमा विशेष ध्यान दिइनु आवश्यक हुन्छ । मोटरलाई हिट हुन र खिया लाग्नबाट जोगाउन लुयान आफैले पहिलो पटक इलक्ट्रिक मोटरमा लिक्विड आयलको प्रयोग थालेको हो । यस्तो विशेषता सहितको मोटरलाई लुयान आँफैले विकास गरेको हो ।
लिक्विड आयल प्रयोग हुने हुँदा हव मोटर जेनेरेटका वखत उत्पन्न हुने तापक्रमलाई यसले ३० प्रतिशतसम्म कम गर्ने कम्पनीको भनाई छ । यसले मोटरलाई खिया लाग्नबाट बचाउनुको साथै लामो समयसम्म टिकाउ समेत वनाउँछ ।
प्रतिष्ठित व्यावसायिक घराना लक्ष्मी ग्रुपले ५० वर्ष पुरा गरेको छ ।...
एमजी मोटर इन्डियाले गत वर्ष फेस्टिभ सिजनमा आफ्नो मिड साइज एसयूभी एस्टर...
हेलमेट निर्माता कम्पनी एरोहले विश्वमै पहिलो पटक एयरब्याग भएको हेलमेट...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...