आयोनिक ५ को पहिलो लट भयो पुरै बुक, नयाँ ग्राहकले कम्तीमा ३ महिना कुर्नुपर्ने
हुन्डाईले नेपाल ल्याएको नयाँ इलेक्ट्रिक कार आयोनिक ५ को पहिलो लट पुरै बुक...
काठमाडौं – लुयान इलेक्ट्रिक स्कुटरको नेपालका लागि आधिकारिक वितरक जिरो इमिसन राइड (एन) ले विभिन्न पर्वहरूको अवसरमा लुयानले चाडपर्व अफर उपलब्ध गराउने भएको छ।
लुयान चाडपर्व अफर अन्तर्गत लुयानका कुनै पनि इलेक्ट्रिक स्कुटर खरिद गर्दा १० हजार नगद छुटका साथै एउटा एयर फ्रायर उपहार पाइनेछ। यो अफर भदौ १ गते देखि भदौ मसान्तसम्म जारी रहने बताइएको छ।
लुयानका अनुसार चालु आर्थिक बर्षको कर, एउटा प्रिमियम हेल्मेट र ६ पटक फ्रि सर्भिस उपलब्ध गराइन छ। कुनैपनि पुराना बाइक अथवा स्कुटर ल्याएर लुयानका नयाँ स्कटुरसँग साटफेर गरेर पनि लान सकिने एक्सचेन्जको सुविधा पनि उपलब्ध रहेको छ।
यस्तै, पुराना बाइक अथवा स्कटुर पेट्रोलवाला भएपनि अथवा इलेक्ट्रिक भएपनि एक्सचेन्ज गर्न सकिनेछ। नियमित आम्दानीको आधारमा फाइनान्सको पनि सुविधा उपलब्ध गराइने छ। आम्दानीको स्तरको आधारमा कमसकेम २० प्रतिशत डाउन पेमेन्टमा अधिकतम २ बर्षसम्मको फाइनान्स सुविधा दिन सकिने बताइएको छ।
लुयानका स्कुटरहरुमा लिक्विड कुल्ड मोटर हुने हुँदा अन्य सामान्य हब मोटरवाला स्कुटर भन्दा तान्ने क्षमता बढी हुने गर्दछ भने यसको लाइफ पनि बढी हुने लुयानले जनाएको छ। जसमा आईपी ६७ वाटर एण्ड डस्ट रेसिस्टेन्टयुक्त स्कटुर भएकाले लुयानका स्कुटरहरुलाई बर्षा याममा चलाउन कुनै समस्या पर्ने छैन।
हाल काठमाडौं उपत्यकाभित्र मात्र ७ स्थानमा सर्भिस सेन्टरको व्यवस्था गरेका जनाएको छ । हरेक सर्भिस सेन्टरमा चार्जिङ प्वाइन्ट पनि रहेकोले आवश्यक परेमा ग्राहकले आफ्नो स्कुटर चार्ज गर्न सकिने छ।
लुयान ब्रान्ड इलेक्ट्रिक स्कुटरको लागि विश्व विख्यात नाम हो। यसको स्थापना करिब २७ बर्ष पहिला चीनमा भएको हो।
आजको हालसम्म आइपुग्दा विश्वका करिब ८० बढी मुलुकहरुमा लुयानका इलेक्ट्रिक स्कुटरहरुको बिक्री–वितरण भइरहेको छ। दशेको उर्जा देशमै खपत भन्ने नाराका साथ लुयान नेपालले विगत ५ बर्षदेखि नेपालमा लुयान ब्रान्डका इलेक्ट्रिक स्कुटर बिक्री गर्दै आइरहेको बताएको छ ।
हुन्डाईले नेपाल ल्याएको नयाँ इलेक्ट्रिक कार आयोनिक ५ को पहिलो लट पुरै बुक...
बीवाईडीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंकले बहुप्रतीक्षित...
काठमाडौं– भृकुटीमण्डपमा जारी अटो शोमा निसानले तीनवटा नयाँ मोडल...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...