नेपालकै पहिलो प्रिमियम ७ सिटर एमपीभी बीवाईडी एम६ को बुकिङ खुला भएको घोषणा

बीवाईडीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंकले बहुप्रतीक्षित बीवाईडी एम६ को बुकिङ खुला भएको घोषणा गरेको छ । कम्पनीले एक विज्ञप्ति जारी गर्दै नेपालकै पहिलो प्रिमियम ७ सिटर इलेक्ट्रिक एमपीभीको रुपमा यो पारिवारिक र व्यापारिक दुवै प्रयोजनका लागि उपयुक्त हुने र अतुलनीय कम्फर्ट, परफर्मेन्स र सस्टेनेबिलिटी प्रदान गर्ने तरिकाले डिजाइन गरिएको जानकारी दिएको छ ।

बीवाईडी एम६ एउटा क्रान्तिकारी एमपीभी (मल्टी युटिलिटी भेइकल) हो, जसमा नेपाली परिवार र व्यापारिक घरानाको चाहना पुरा गर्ने गरी लक्जरी, फङ्सनालिटी र सस्टेनेबिलिटी उपलब्ध छ ।

बीवाईडी एम६ मा अतुलनीय कम्फर्ट र स्पेस रहेको छ । यसमा भएका ७ प्रिमियम सिट, प्यानोरामिक ग्लास रुफ र ५८० लिटर सम्मको फ्लेक्जिबल लगेज क्यापासिटीको स्टोरेजले एम६ मा गरिने यात्रालाई कम्फर्ट र प्राक्टिकल बनाउँछ ।

पावरफुल परफर्मेन्स यसको अर्को विशेषता हो । यसमा भएको १०० किलोवाट हाई–पर्फमेन्स इलेक्ट्रिक मोटर र ४४० किलोमिटर (डब्लुएलटीसी) सम्मको रेन्जका कारण अपहिल ड्राइभ र लङ रुटको यात्रा प्रभावकारी हुन्छ ।

यसममा फास्ट चार्जिङ विकल्प पनि छ । बीवाईडी एम६ ले ११५ किलोवाटको फास्ट चार्जिङ सपोर्ट गर्छ । यसबाट ३७.४ मिनेटमै फुल चार्ज गर्न सकिन्छ । यसकारण व्यस्त दैनिकी भएकाहरुका लागि यो परफेक्ट सवारी छ ।

एड्भान्स्ड सेफ्टी अर्को विशेषता हो । एम६ मा भएका ६ एयरब्याग, एडेप्टिभ क्रुज कन्ट्रोल, लेन किपिङ असिस्ट र पार्किङ सेन्सर लगायतका एड्भान्स्ड सेफ्टी फिचरका कारण यसमा गरिने प्रत्येक यात्रा सेफ्टी स्ट्यान्डर्ड अनुसार उच्च स्तरीय बन्छ ।

गाडी टेक–फरवार्ड डिजाइन सहित उपलब्ध छ । यो गाडीमा रहेका १२.८ इन्चको रोटेटेबल इन्फोटेनमेन्ट डिस्प्ले, वायरलेस फोन चार्जिङ र बीवाईडीको लेभल २ एडास टेक्नोलोजी लगायतका नयाँ स्तरीय प्रविधिले यसलाई अन्य गाडी भन्दा फरक बनाउँछ ।

नेपालको इलेक्ट्रिक मोबिलिटीलाई अर्को फड्कोमार्फत रुपान्तरण गर्ने कार्यका लागि बीवाईडी एम६ ले प्रतिनिधित्व गरेको कम्पनीको भनाइ छ । कम सञ्चालन खर्च, शून्य उत्सर्जन र बहु–उपयोगी कार्यका कारण परिवारका साथै हस्पिटालिटी र पर्यटन व्यवसायका लागि बीवाईडी एम६ छनोट बन्न सक्छ ।

हाल बीवाईडी एम६ बुकिङ गर्ने ग्राहकले नगद १ लाख ५० हजार छुट पाउने छन् । आगामी डिसेम्बर २४ अर्थात पुस ९ सम्मका लागि उपलब्ध यो अफरमार्फत अविश्वसनिय मूल्यमा प्रिमियम इलेक्ट्रिक एमपीभी प्राप्त गर्न कम्पनीले अनुरोध गरेको छ ।

बीवाईडी एम६ को प्रारम्भिक मूल्य ६० लाख १५ हजार रुपैयाँ हुनेछ । हाल गाडी बुकिङ गर्ने ग्राहकलाई सीमित समयका लागि १ लाख ५० हजार रुपैयाँ नगद छुट समेत उपलब्ध हुनेछ । यो आकर्षक अफरका कारण शुरुमा गाडी किन्न चाहने ग्राहकले नेपालकै सबैभन्दा भर्सटाइल र इको–फ्रेन्ड्ली एमपीभी अविश्वसनिय मूल्यका साथ प्राप्त गर्न सक्ने छन् ।

सम्बन्धित समाचारहरू

पारिवारिक उपयोगका लागि उत्तम इलेक्ट्रिक स्कुटर एथर रिज्टा, यस्तो छ विशेषता

पारिवारिक उपयोगका लागि उत्तम इलेक्ट्रिक स्कुटर एथर रिज्टा, यस्तो छ विशेषता

एथर इनर्जीले अन्ततः आफ्नो पहिलो पारिवारिक इलेक्ट्रिक स्कुटर एथर रिज्टा...

पैदल यात्रु बचाउन खोज्दा बीवाईडी एट्टो २ दुर्घटना, विष्फोट भएको भनेर फेक भिडियो भाइरल

पैदल यात्रु बचाउन खोज्दा बीवाईडी एट्टो २ दुर्घटना, विष्फोट भएको भनेर फेक भिडियो भाइरल

काठमाडौं – सामाजिक सञ्जालमा अहिले बीवाईडी एट्टो २ ईभी विष्फोट भएको...

एथर रिज्टाले भारतीय बजारमा पार गरेको ऐतिहासिक सफलता : दुई वर्षमै ३ लाख युनिट बिक्री

एथर रिज्टाले भारतीय बजारमा पार गरेको ऐतिहासिक सफलता : दुई वर्षमै ३ लाख युनिट बिक्री

भारतीय बजारमा लन्च भएको दुई वर्षमै एथर रिज्टाले ३ लाख युनिटको बिक्री आँकडा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...