नयाँ ब्रान्डका लुब्रिकेन्ट्स थपिने र डिलरसिप परिवर्तन हुने क्रममा तीव्रता

लुब्रिकेन्ट्स बजारमा पछिल्लो समय नयाँ ब्रान्ड थपिने र डिलरसिप परिवर्तन हुने क्रमले तीव्रता पाएको छ । २ महिनायता बजारमा केही नयाँ ब्रान्ड भित्रिएका छन् भने तीनवटा चर्चित ब्रान्डको डिलरसिप परिवर्तन भएको छ ।

पछिल्लो समय बजारमा गुडइयर, किर्लोस्कर र आइसर जेन्युइन इन्जिन आयल भित्रिएका छन् भने यही अवधिमा स्वदेशी ब्रान्ड नेपाल गोल्डको समेत बिक्री सुरु भएको छ । नेपाल गोल्डलाई सत्यदिप ग्रुप अन्तर्गतको युनाइटेड लुब्रिकेन्ट इन्डष्ट्रिजले उत्पादन सुरु गरेको हो ।

टायर ब्रान्डका रुपमा विश्वभर चर्चित गुड इयर लुब्रिकेन्ट्सलाई डेल्टा डिस्ट्रिब्युटर्सले भित्र्याएको छ भने किर्लोस्कर इन्जिन आयललाई आदिशक्ति ग्लोबल ट्रेडर्सले बिक्री सुरु गरेको हो । साथै आइसर गाडीको जेन्युइन आयलका रुपमा बतास एमएडब्लु कमर्सियल भेइकलले सोही ब्रान्डको लुब्रिकेन्ट्स भित्र्याएर कारोबार थालेको छ ।

लुब्रिकेन्ट्सको माग बढ्दै गएपछि स्वदेशमै प्लान्ट स्थापना गरेर उत्पादन गर्ने ट्रेन्ड समेत बढिरहेको छ । नेपालमा हाल गल्फ, पीएलओ, कन्ट्रोल, स्मार्ट, एन ल्यूब र एमबी सहित १ दर्जन बढी ब्रान्डका लुब्रिकेन्ट्स स्वदेशमै उत्पादन भइरहेका छन् । यसैगरी विश्व प्रख्यात मल्टी नेसनल ब्रान्ड क्यास्ट्रोल, सेल, बीपी, डकहाम्स, भल्भोलिन, भिडोल, एड्नोक, इनोक, टोटल र मोटुल जस्ता ब्रान्ड समेत उपलब्ध छन् । भारतको चर्चित ब्रान्ड सर्बो, म्याक र एचपीले समेत बजारमा ठूलो हिस्सा ओगटेको छ ।

निकै नै प्रतिस्पर्धात्मक मानिने लुब्रिकेन्ट्स बजारमा डिलरसिप खोसिने क्रमले समेत तीव्रता पाइरहेको छ । पछिल्लो समय बजारमा मोटुल, भल्भोलिन र भिडोलको डिलरसिप परिवर्तन भएका हुन् । यसअघि विशाल ग्रुपले बिक्री गर्दै आएको मोटुल र भिडोलको डिलरसिप परिवर्तन भई आईएमई ग्रुप र सत्यदिप ग्रुपमा पुगेको छ भने ओम्नी इन्टरनेसनलले बिक्री गर्दै आएको भल्भोलिनको डिलरसिप जगदम्बा मोटर्सले खोसेको छ ।

गाडी र मोटरसाइकलको जस्तै लुब्रिकेन्ट्स र स्पेयर पार्ट्सको डिलरसिप समेत खोसिने क्रमले तीव्रता पाउँदै गएको हो ।

सम्बन्धित समाचारहरू

डकहम्स आयल र नेपाल – एक ऐतिहासिक सम्बन्ध

डकहम्स आयल र नेपाल – एक ऐतिहासिक सम्बन्ध

काठमाडौं – विश्वप्रसिद्ध र प्रतिष्ठित लुब्रिकेन्ट ब्रान्ड ‘डकहम्स’...

नेपाल भित्रिदै किर्लोस्कर इन्जिन आयल, सबै रेन्जमा उपलब्ध हुने

नेपाल भित्रिदै किर्लोस्कर इन्जिन आयल, सबै रेन्जमा उपलब्ध हुने

काठमाडौं – नेपाली बजारमा किर्लोस्कर ब्रान्डको नयाँ लुब्रिकेन्ट अर्थात...

कोभिड असर : बेस आयलको मूल्य लगातार बढ्दा नेपालमा फेरि बढ्दै लुब्रिकेन्टको मूल्य

कोभिड असर : बेस आयलको मूल्य लगातार बढ्दा नेपालमा फेरि बढ्दै लुब्रिकेन्टको मूल्य

काठमाडौं – निषेधाज्ञा भन्दा पहिले एक पटक बढेको लुब्रिकेन्टको मूल्य नेपाली...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...