नेपालमै सबैभन्दा बढी रेन्ज दिने इलेक्ट्रिक स्कुटर राफ्ट इन्दस, ईभी नेपाल एक्सपोमा हेर्न सकिने

काठमाडौं – नेपाली बजारमै सबैभन्दा बढी अर्थात सिंगल चार्जमा ३२० किलोमिटर सम्म रेन्ज दिने स्कुटर भित्रिएको छ । आइएमई इलेक्ट्रिकले भित्र्याएको राफ्ट इन्दस स्कुटर भृकुटी मण्डपमा चलिरहेको ईभी नेपाल एक्सपो २०२२ मा अवलोकन र टेस्ट राइड गर्न सकिन्छ ।

राफ्ट इन्दस १००० र २००० वाट मोटर गरी दुई मोडलमा उपलब्ध छ । १००० वाटको इन्दसले सिंगल चार्जमा ३२० किलोमिटर र २००० वाटको इन्दसले ३०० किलोमिटर रेन्ज दिने कम्पनीको भनाइ छ ।

स्कुटरमा किलेस स्टार्ट, थेफ्ट अलार्म, रिभर्स गियर, डिजिटल डिस्प्ले, इन्डिकेटर बजर, अटोमेटिक चार्जर कट–अफ, १० एम्पियर फास्ट चार्जिङ, पोर्टेबल ब्याट्री, ३ ड्राइभिङ मोड आदि फिचर छन् । त्यसैगरी रिमोट लकिङ र रिजेनेरेटिभ ब्रेकिङ सिस्टम लगायतका विशेषता समेत उपलब्ध छन् ।

१३५ एएचको लिथियम आइरन फस्फेट ब्याट्री प्रयोग भएको सो स्कुटरको ब्याट्रीमा १ लाख किलोमिटर वा ३ वर्ष सम्म वारेन्टी उपलब्ध भएको कम्पनीको भनाइ छ ।

१००० वाट क्षमताको राफ्ट इन्दसको मूल्य ४ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । २००० वाट क्षमताको राफ्ट इन्दसको मूल्य ५ लाख २९ हजार रुपैयाँ छ । दुवै स्कुटरमा हाल १५ हजार रुपैयाँ छुटको व्यवस्था समेत छ ।

सम्बन्धित समाचारहरू

बीवाईडीले बेच्यो एक महिनामै ५ लाख बढी कार, आयमा पहिलो पटक उछिन्यो टेस्लालाई

बीवाईडीले बेच्यो एक महिनामै ५ लाख बढी कार, आयमा पहिलो पटक उछिन्यो टेस्लालाई

बीवाईडीले पहिलो पटक एक महिनामै ५ लाख भन्दा बढी युनिट कार बिक्री गर्न सफल...

ओमेगा सेइकी मोबिलिटीका तीन पांग्रे इलेक्ट्रिक सवारी नेपाल आउने, भयो सम्झौता

ओमेगा सेइकी मोबिलिटीका तीन पांग्रे इलेक्ट्रिक सवारी नेपाल आउने, भयो सम्झौता

काठमाडौं – भारतको प्रतिष्ठित इलेक्ट्रिक ब्रान्ड ओमेगा सेइकीका तीन...

गियरसहितको पहिलो ई–बाइक म्याटर एरा, सिंगल चार्जमा १२५ किमी चल्ने

गियरसहितको पहिलो ई–बाइक म्याटर एरा, सिंगल चार्जमा १२५ किमी चल्ने

ईभी स्टार्टअप कम्पनी म्याटर इनर्जीले गियर भएको पहिलो इलेक्ट्रिक बाइक एरा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...